भियाडियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भियाडियो
Logo de Viadeo
व्यवसायको प्रकारसार्वजनिक
साइटको प्रकार
व्यवसायीक सञ्जाल सेवा
उपलब्ध भाषाअङ्ग्रेजी, फ्रान्सेली, जर्मनेली, इटालीयाली, पोर्चुगाली, स्पेनी, रूसी
संस्थापितफ्रान्सपेरिस, फ्रान्स
सेवा क्षेत्रविश्वव्यापी
संस्थापक (हरू)डान सर्फाटि, तियरी लुनाती
आय$४० मिलियन (सन् २००९) अनुमानित)[१]
कर्मचारीहरू४००
युआरएलआधिकारिक वेबसाइट
अलेक्सा क्रमNegative increase ११,०११ मार्च १०१९[२]
व्यवसायिकहो
दर्ताचाहिन्छ

भियाडियो एक वेब २.० व्यावसायिक सामाजिक सञ्जाल हो जसको सदस्यहरूमा व्यवसायी, उद्यमी र प्रबन्धकहरू समावेश छन्।[३] सन् २०१४ सम्ममा, साइटको ६ करोड ५० लाख सदस्यहरू रहेका थिए।[४]

कम्पनीको जानकारी[सम्पादन गर्नुहोस्]

सन् २०१० मा महादेशका अनुसार भियाडियोको प्रयोग

भियाडियोको स्थापना यसको मूल नाम, भियाडुकका साथ मे २००४ मा डेन सर्फ्याटी, पेरिसको एचइसी व्यवस्थापन विश्वविद्यालयबाट स्नातक हासिल गरेका र इकोले सेण्ट्राले पेरिसबाट स्नातक हासिल गरेका विद्यार्थी थिअरी लुनाटिद्वारा संयुक्त रूपमा गरिएको थियो।[५] यसको नाम नोभेम्बर २००६ मा भायाडियोमा परिवर्तन गरिएको थियो।

नोभेम्बर २००६ देखि अगष्ट २००७ सम्म, भियाडियोले लगानीकर्ता एजिएफ प्राइभेट इक्विटी र भेण्टेकबाट दुई पटकको कोष सङ्कलनमा ५ मिलियन युरो उठाएको थियो।[६] त्यस वर्ष पछि, भियाडियोले टियाञ्जी डटकम, एक चिनियाँ व्यापार सामाजिक सञ्जालको अधिग्रहण गर्ने घोषणा गरेको थियो।

टियाञ्जी खरीद गरेको ६ महिना पछि, जुलाई २००८ मा भियाडियोले यसको स्पेनी प्रतिस्पर्धी आइसिटिनेटलाई अधिग्रहण गरेको थियो। सन् १९९५ मा सुरू गरिएको, आइसिटिनेटका ३,००,००० सदस्यहरू रहेका थिए भने यो दक्षिण अमेरिकामा लोकप्रिय थियो।[७]

सन् २००९ को सुरुमा, भियाडियोले, एक भारतीय व्यवसायीक सामाजिक सञ्जाल सेवाहरू, अपना सर्कलको पनि अधिग्रहण गरेको थियो।[८] अधिग्रहणको समयमा यसमा लगभग ३,००,००० सक्रिय सदस्यहरू रहेका थिए। आपना सर्कल योगेश बन्सलले स्थापना गरेका थिए र पछि हटमेलका सह-संस्थापक सबिर भाटिया विभागका सदस्यको रूपमा उनीसँग सहकार्य गरेका थिए।

१३ अक्टोबर २००९ मा, भायाडियोले एक क्यानडाली सम्पर्क व्यवस्थापन वेबसाइट, युनिक डटकमको अधिग्रहण गर्ने घोषणा गरेको थियो। त्यतिखेर, युनिकसँग विश्वभरि १ करोड ६० लाख सदस्यहरू रहेका थिए र यसले भियाडियोलाई कुल सदस्यताको आधारमा यसको मुख्य प्रतिस्पर्धी लिङ्क्डिनमा दोस्रो स्थानमा राखेको थियो।[९]

कम्पनीको प्रधान कार्यालय फ्रान्सको राजधानी पेरिसमा अवस्थित छ र यसमा हाल ४५० भन्दा बढि विश्वव्यापी कर्मचारीहरू कार्यरत छन्। यसका कार्यालयहरू लण्डन, म्याड्रिड, बार्सिलोना, मिलान, बेइजिङ, नयाँ दिल्ली , मेक्सिको सहर , मोण्ट्रियलसान फ्रान्सिस्कोमा अवस्थित छन्।[१०][११] सन् २००९ मा, भायाडियोले, ४ करोड अमेरिकी डलरको वार्षिक कारोबार गरेको अनुमान गरिएको थियो। [१] सन् २००९ को अन्तिम त्रैमासिकदेखि यो पूर्ण रूपमा लाभदायक छ।[१०]

अगष्ट २०१५ मा, भायाडियोले उनीहरूले 'नयाँ दर्शन' लाई बढावा दिनका लागि फ्रान्समा विज्ञापन अभियानमा भाग लिएको र फ्रान्समा यसका प्रयोगकर्ताले १ करोड पार गरेको जनाएको थियो।[१२]

सन् २०१६ मा, अन्तर्राष्ट्रिय बजारहरू कब्जा गर्न असफल भएपछि, कम्पनीलाई लि फिगारोले ओगटेको थियो।[१३]

साझेदारीहरू[सम्पादन गर्नुहोस्]

  • गुगल ओपन सोसल: सन् २००७ यसको सुरुवात लगत्तैको एक साझेदार हो।[१४]
  • आइबिएम लोटस नोट्स: भियाडियो आइबिएम लोटस नोट्स प्रयोग गर्ने व्यवसायीहरूका लागि उपलब्ध छ।[१५]
  • माइक्रोसफ्ट आउटलुक कनेक्टर: भियाडियो आउटलुकमा उपलब्ध छ।[१६]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "फेसिर रिसर्च -भियाडियो: व्यवसायीक सञ्जाल", फेरिस रिसर्च, १६ डिसेम्बर २००९, अन्तिम पहुँच १० जुलाई २०१०  वेब्याक मेसिन अभिलेखिकरण १४ नोभेम्बर २०१० मिति
  2. "भियाडियो डटकम - वेबसाइटको जानकारी", अलेक्सा इण्टरनेट, अन्तिम पहुँच २०१९-०३-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२७ मिति
  3. "Viadeo lève 32 millions de dollars pour étendre son réseau social professionnel en Chine, en Russie et au-delà", टेक क्रञ्च, अन्तिम पहुँच १७ जुलाई २०१२ 
  4. "Viadeo poursuit sa croissance: 65 millions de membres dans le monde, dont 25 millions en Chine", भियाडियो एसए, ११ डिसेम्बर २०१४, अन्तिम पहुँच २४ फेब्रुअरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१४ मिति
  5. "Réseaux sociaux: Viaduc devient Viadeo pour attaquer l'international," ZDnet.fr, 27 Nov. 2006
  6. "LinkedIn Competitor Viadeo Raises €5 Million", mashable.com, ३१ अगस्ट २००७, अन्तिम पहुँच १० जुलाई २०१० 
  7. "Viadeo acquiert le réseau social professionnel espagnol ICTnet" (फ्रान्सेलीमा), टेक क्रञ्च, १२ जुलाई २००८, मूलबाट ४ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जुलाई २०१० 
  8. "El sitio francés de redes comerciales Viadeo adquiere ApnaCircle", भिसी सर्कल, १४ फेब्रुअरी २००९, मूलबाट ४ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जुलाई २०१०  वेब्याक मेसिन अभिलेखिकरण १३ अक्टोबर २०१३ मिति
  9. "Viadeo buys Unyk, second only to LinkedIn", रेउटर्स, १३ अक्टोबर २००९, अन्तिम पहुँच १३ जुलाई २०१० 
  10. १०.० १०.१ "Viadeo looking for buys, opens U.S. office", रेउटर्स, १८ मे २०१०, अन्तिम पहुँच १० जुलाई २०१० 
  11. "Viadeo opens Asia/Pacific headquarters in San Francisco", भियाडियो, १९ मे २०१०, अन्तिम पहुँच १० जुलाई २०१० [dead link]
  12. "भियाडियो: सन् २०१५ देखिको प्रतिवेदन", अन्तिम पहुँच २०१५-०९-११ 
  13. "Figaro Classifieds, la filiale petites annonces du groupe de médias, reprend Viadeo", अन्तिम पहुँच २०१९-०३-२४ 
  14. "Échec et mat? MySpace, Bebo et SixApart pour rejoindre Google OpenSocial (confirmé)", टेक क्रञ्च, १ नोभेम्बर २००७, अन्तिम पहुँच १६ जुलाई २०१०, "MySpace et Six Apart rejoignent Orkut, Salesforce, LinkedIn, Ning, Hi5, Plaxo, Friendster, Viadeo et Oracle, comme annoncé par Google." 
  15. "Le réseau social B2B "Global-Yet-Local" de Viadeo s'intègre au logiciel IBM Lotus pour fournir des outils de collaboration aux professionnels", आइबिएम, अन्तिम पहुँच १६ जुलाई २०१० 
  16. "Viadeo signe un accord de partenariat avec Microsoft pour le lancement mondial d'Office 2010", भियाडियो, १३ मे २०१०, अन्तिम पहुँच १६ जुलाई २०१० [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:सामाजिक सञ्जाल

ढाँचा:सूक्ष्म ब्लगिङ