सामग्रीमा जानुहोस्

द डार्क नाइट राइजेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
द डार्क नाइट राइजेज
The Dark Knight Rises
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकक्रिस्टोफर नोलन
पटकथा
कथा
आधारितCharacters appearing in comic books published
लेखक: DC Comics
निर्माता
मुख्य कलाकार
छायाङ्कनवाली फिस्टर
सम्पादनली स्मिथ
सङ्गीतहान्स जिमर
वितरक
कम्पनीहरू
वितरकवार्नर ब्रोस पिक्चर्स
प्रदर्शन मिति
  • १६ जुलाई २०१२ (2012-07-16) (न्यु योर्क सहर)
  • २० जुलाई २०१२ (2012-07-20) (संयुक्त राज्य र संयुक्त अधिराज्य)
अवधि
१६५ मिनेट
राष्ट्र
  • संयुक्त राज्य अमेरिका
  • संयुक्त अधिराज्य
भाषाअङ्ग्रेजी
बजेट
  • $२५०–३०० मिलियन (कुल)
  • $२३० मिलियन (नेट)
बक्स अफिस$१.०८१ बिलियन

द डार्क नाइट राइजेज (अङ्ग्रेजी: The Dark Knight Rises) क्रिस्टोफर नोलनद्वारा निर्देशित सन् २०१२ को सुपरहिरो चलचित्र हो, जसले आफ्नो भाइ जोनाथन नोलनसँग पटकथा र डेभिड एस गोयरसँग कहानी लेखेका थिए।[] डिसी कमिक्स चरित्र ब्याटम्यानमा आधारित, यो नोलनको 'द डार्क नाइट ट्रिलोजी'मा अन्तिम भाग, र 'द डार्क नाइट' (२००८) को उत्तरकथा हो। माइकल केन, गेरी ओल्डमन, एनी ह्याथवे, टम हार्डी, मारियोँ कोतियार, जोसेफ गोर्डन-लेविट, र मोर्गन फ्रिम्यानको साथ, क्रिस्टियन बेलले ब्रुस वेन / ब्याटम्यानको रूपमा अभिनय गरेका छन्। 'द डार्क नाइट'को घटना भएको आठ वर्ष पछि, क्रान्तिकारी बेनको कारणले ब्रुस वेन आठ वर्षपछि ब्याटम्यानको रूपमा आउँछन् र गोथम सिटीलाई आणविक विनाशबाट बचाउँछन्।. दशक र सबै समयको उत्कृष्ट चलचित्रहरू मध्ये एक मानिन्छ [] [] []

नकाबधारी आतंककारी तथा लिग अफ स्याडोको पूर्व सदस्य, बेनले उज्वेकिस्तानमाथि उडान भरिरहेको सी.आइ.ए को जहाजबाट परमाणु भौतिकशास्त्री डा. लियोनिड पावेललाई अपहरण गर्छ र जहाजलाई क्र्यास गराउँछ।

टम हार्डी बेनको रूपमा

द डार्क नाइट राइजेज फिल्म क्रिस्टोफर नोलनको ब्याटम्यान ट्रिलोजीको दोश्रो फिल्म द डार्क नाइट (चलचित्र) को अनुसार ८ वर्ष पछीको घटना हो। दिवंगत न्याधिवक्ता (डिस्ट्रिक अटर्नी), हार्वी डेन्टलाई श्रद्धान्जलि स्वरूप डेन्ट एक्ट (डेन्ट कानुन) द्वारा गोथम पुलिस डिपार्टमेन्टलाई संगठित अपराधलाई समूल अन्त्यको लागि पूर्णतः अधिकार दिइन्छ। पुलिस कमिश्नर जेम्स गर्डन (ग्यारी ओल्डम्यान) लाई डेन्टको अपराधमाथि तथाकथित आदर्शद्वारा ढाकछोप गर्न संकोच महशुस हुन्छ। गर्डन राजीनामा दिएर सत्य कुरा बताउने कोसिस पनि गर्छन्, तर विद्यमान अवस्थालाई मध्यनजर गर्दै यस्तो काम गर्ने यो निर्णय उनी टारिदिन्छन् ।

उता सबै कृयाकलापबाट टाढा भएर ब्रुस वेयन (क्रिश्चियन बेल) पनि रेचल डब्स (म्यागी गिलेनहल)को मृत्यु बाट विचलित भएका थिए। र ब्याटम्यानको रुपमा आफ्नो आवस्यकता महसुस नभएकाले ऊ गुपचुप भएर बसेका थिए। तर यस समय सेलिना काईल (एना हाथवे) जो एक चोर थिइन्, ऊ ब्रुस वेयनको घरबाट ब्रुसको फिंगरप्रिन् चोरेर कंग्रेसम्यान (अमेरिकी सांसद) बायरन गिली (ब्रेट कुल्यान)लाई अपहरण गरिन्। अनि त्यो फिङ्गरप्रिन्टस फिलिप फिलीप स्ट्राइवर (बर्न गरम्यान)लाई दिइन्, जो ब्रुसका प्रतिद्वन्दी जोन ड्यागेटका (बेन मेण्डेल्सन)का असिस्टेन्ट थिए। यसको लागि सेलेना आफ्नो आपराधिक रेकर्ड मेटाउन चाहन्थिन्।

तर स्ट्राइवरले यो कुराबाट पन्छिएर सेलेनालाई मार्ने प्रयास गर्यो। तब गिलीको फोनबाट पुलिसलाई उनको लोकेसनको बारेमा सुचना दिइन्। गोर्फन आफ्नोक पुलिस बलको साथ मन्त्री गिलीको खोजी गर्छ र भागीरहेका स्ट्राइवरको मानिसको पिछ गर्दै गोर्डन एक गटरमा छिरे।

त्यहीँ मौकामा सेलेना पनि फरार भइन्। तर गटरमा गोर्डनलाई नकाबधारी हत्यारा बेन (टम हार्डी)को मानिसले समाउँछन् र उनको खानतलासी गर्दा उनीहरूले गोर्डनको राजीनामाको प्रति पाउँछन् ।

गोर्डन कुनै तरिकाले त्यहाँबाट निस्केर पेट्रोल अफिसर जोन ब्लेक (जोसेफ गरदन-लेभिट)सँग मिल्छन्। पछी गोर्डनले जोनलाई डिटेक्टिभ नियुक्त गर्छन् ताकी ब्लेक हरेक मामिलाको सिधा रिपोर्टिङ उनलाई गरुन् । र गोर्डनको भनाइ अनुसार नै जरुरी मुद्दामा अनुसन्धान गर्न ब्रुसको घरमा जान्छ। ब्लेकले ब्रुसलाई सहरमा ब्याटम्यानको आवस्यकता परेको बताउँछन्।

ब्रुस तब गोर्डन सँग भेट्न अस्पताल पुग्छ। गोर्डनले ब्याटम्यानलाई सहरको गटर नालीमा अपराध मौलाइरहेको र सहरमा ब्याटम्यानको आवश्यकता परेको बताउँछ। र ब्रुसको मिरांडा टेट (मारियो कटिलार्ड)को चैरिटी पार्टीमा सेलिनासँग पनि भेट हुन्छ, जो उनलाई आउनेवाला एक अनिश्चित घटनाको सङ्केत दिन्छिन्।

अर्को साँझ बेन आफ्नो दलबल सहित स्टक एक्सचेन्जमा हमला गर्छ। उनले ब्रुस वेयनको फिङ्गरप्रिन्ट्सद्वारा कयौं बेनामी शेयर खरिद गरेर उनलाई दामासाही परिदिन्छ। उनलाई रोक्ने ब्याटम्यानको प्रयास असफल हुन्छ, यद्यपि उनलाई यो कारोबारमा ड्यागेटको हात रहेको कुरा थाहा हिन्छ। ड्यागेटको अपार्टमेन्टमा क्याट्वुमन (सेलिना)को सामना बेनका मानोसहरूसँग हुन्छ। ब्याटम्यान र क्याट्वुमन त्यहाँबाट भाग्छन् र क्याटवुमन यी सबैको पछाडि एक ठूलो षड्यन्त्र रहेको इसारा गर्छिन्।

त्यसैबेला अलफ्रेड पेनीवर्थ (माइकल केन) ब्रुसलाई रेचलको मृत्यु हुनुभन्दा अगाडि उनले हार्वी डेन्टलाई आफ्नो जीवनसाथी तोजेको कुरा बताउँछन्। र ब्रुस फेरी ब्याटम्यान बन्ने जोखिमको कोसिसको लागी ऊ वेयन मेनर छाडेर जान्छ। त्यहीँ वेयन इंटरप्राइज दामासाहीमा परेपछि ब्रुसलाई फ्युजन रियाक्टरको कोरको शस्त्रीकरणको चिन्ताले सताउँछ। आफ्नो कर्मचारी ड्यागेटको गलत हातमा पुग्ने डरले ब्रुसले त्यो रियाक्टरलाई वेयन इंटरप्राइजको बोर्ड मेम्बरलाई मिरान्डाटेटको कम्पनीको जिम्मामा सुम्पिदिन्छ। उता क्याटवुमन पनि ब्याटम्यानलाई बेनको अखाडामा पुर्याउन सहमत हुन्छे तर ब्याटम्यान बेनको जालमा फस्छ। बेन उनलाई रा'श अल गुल (लियाम निसन) द्वारा गौथमलाई बिनाश गर्ने अधुरो इच्छाको बारेमा बताउँछ, जसलाई अब बेन "लिग अफ स्याडो" को समुहबाट पुरा गर्ने बताउँछ। दुवै बीच आपसी भिडन्त हुन्छ र बेनले ब्यात्म्यानको ढाडको हड्डी भाँचीदिन्छ, र


र उसलाई एक सुदुर कैदखानामा बन्द गर्छ, जहाँ जो कोही बन्दीलाई भाग्ने कुनै आशा हुँदैन।

त्यहीँ ब्रुसलाई अन्य कैदीबाट रा'श अल गुलको बच्चाको कथाको बारेमा थाहा पाउँछ। उनको बच्चालाई उनी फरार हुनु अगाडि सम्म यहीका कैदीहरूले हेरचाह गरेका थिए। र त्यसपछि त्यहाँ बाट अरु कोही पनि बाहिर निस्कन सकेका थिएनन्। ब्रुस त्यहीँ बच्चा नै बेन हो भन्ने सोचीरहेका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]