नेत्रविक्रम चन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेत्रविक्रम चन्द "विप्लव"
विप्लव (दायाँबाट दोस्रो स्थानमा) अन्य नेताहरूको साथ
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष
पद बहाली
वि.सं २०७१
व्यक्तिगत विवरण
जन्म२०२४ साल फागुन ११ गते
केवरी, रोल्पा जिल्ला
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी[१] (वि.सं २०७१-हाल)
अन्य राजनीतिक
संलग्नता
चौथो महाधिवेशन
नेपाल कम्युनिष्ट पार्टी-मसाल
नेपाल कम्युनिष्ट पार्टी-मशाल
नेपाल कम्युनिष्ट-एकता केन्द्र
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)

नेत्रविक्रम चन्द ‘विप्लव’ एक नेपाली माओवादी राजनीतिज्ञ र विद्रोही नेता हुन्।[२] उनी माओवादी नेता रामबहादुर थापा (बादल) र प्रचण्डका साथ माओवादी जनयुद्धमा मुख्य सेनापतिको रूपमा रहेका थिए। नेकपा माओवादीबाट अलग भएसँगै उनी २०७१ सालदेखि नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष बनेका छन्।[३] त्यसबेलादेखि उनी सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गर्दै आइरहेका छन्। उनले सुभद्रा मल्लसँग बिहे गरेका थिए। उनका दुई छोरा र एक छोरी रहेका छन्।

जनयुद्ध सुरु हुँदा ताका उनी अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्षका साथै पार्टीको ललितपुर जिल्ला सचिवको जिम्मेवारी लिएका थिए। तात्कालिक समयका नेता तथा तात्कालिक समयमा प्रचण्डका विश्वासका पात्र यानप्रसाद गौतमसँग कार्यशैलीको विषय उठाइएर गरिएको विषयमा आएको विवादमा उनी फसेका थिए र उनलाई उक्त पदबाट हटाइँदै कर्णाली पुर्‍याइएको थियो। पछि, कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनेका थिए र राजनीतिमा थप सक्रिय भएका थिए।[४]

उनले प्रतिनिधिसभा निर्वाचन, २०७४ को बहिष्कार गरेका थिए।[५] २०७४ जेठमा, बिप्लव नेतृत्वको समूहले बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमणलाई "नेपाली भूमिमा सांस्कृतिक हस्तक्षेपको विस्तार" भनेर उद्धृत गर्दै रद्द गरेको थियो।[६][७] एक जनाको ज्यान जाने गरि, ११ फागुन २०७५ मा, ललितपुरको नख्खुमा रहेको एनसेलको प्रधान कार्यालयको प्रवेशद्वारमा गरिएको विष्फोटको[८] जिम्मा लिएसँगै सरकारले उनको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।[९]

बाल्यकाल र शिक्षा[सम्पादन गर्नुहोस्]

नेत्रविक्रम चन्दको जन्म २०२४ साल फागुन ११ गते रोल्पा जिल्लाको केवरी भन्ने ठाउँमा भएको थियो। उनको बुबाको नाम चित्रबहादुर चन्द हो भने आमाको नाम खुसीमाया घर्ती हो भने उनी परिवारका कान्छो सन्तान हुन्।[१०] उनको मध्यम वर्गीय परिवारमा जन्मिएका थिए। बाल्यकाल रोल्पा मैँ बिताएका उनले सदरमुकाम लिवाङ स्थित बालकल्याण माध्यमिक विद्यालयबाट १९ वर्षको उमेरमा प्रवेशिका परिक्षा उतिर्ण गरेका थिए।[११] उच्च शिक्षा हासिल गर्ने उद्देशका साथ उनी काठमाडौँ गएका थिए जहाँ उनले नेपाल कानुन क्याम्पसमा कानुन विषयमा भर्ना भएका थिए। उनी पूर्व सभामुख कृष्णबहादुर महराका विद्यार्थी समेत थिए।[१२]

जीवनी[सम्पादन गर्नुहोस्]

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

उनले २०३९ सालमा अखिल छैठौँ नामक विद्यार्थी सङ्गठनबाट राजनीति यात्रा सुरु गरेका थिए भने उनले ४ वर्ष मै विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै रोल्पा जिल्लाको अध्यक्ष बनेका थिए। तात्कालिक समयमा एकता मसालको सदस्य बनेका चन्द सक्रिय राजनीतिमा अगाडि बढेका थिए। २०४५ सालमा उनको परिवार रोल्पाबाट कपिलवस्तु बसाइँ सरेको थियो। माओवादीले जनयुद्ध सुरु गर्दा विप्लव विद्यार्थी सङ्गठनका उपाध्यक्ष थिए। जनयुद्धलाई प्रत्यक्ष रूपमा समर्थन गरेका उनले यसका लागि हातहतियार समेत सङ्कलन गर्न सुरु गरेका थिए। तत्कालीन माओवादीले २०५२ फागुन १ गतेबाट सशस्त्र द्वन्द्वको थालनी गर्दा उनले विद्यार्थी राजनीतिसँगै पार्टीको ललितपुर सचिवको जिम्मेवारी बहन गरेका थिए। २०५४ सालमा, कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनेका उनले त्यस उता आफूलाई सक्रिय राजनीतिमा अगाडि बढाउँदै लगेका थिए।[१३]

माओवादीले २०५५ सालको भदौमा गरेको चौथो विस्तारित बैठकका उनी केन्द्रीय सदस्य बनेका थिए भने २०५९ सालमा माओवादीका नीति निर्माता समितिको सदस्य बनेका उनी २०६१ सालमा रोल्पा, रूकुम आधार क्षेत्रको ब्युरो इन्चार्ज भएका थिए। कर्णाली क्षेत्रको जिम्मेवारी बहन गरेको समयमा उनले विभिन्न तरिकाहरूबाट प्रहरीहरूको हातहतियार लुट्न सफल भएका थिए। हातहतियार लुट्ने कामबाट सफलता प्राप्त गरेको उनलाई कामलाई पार्टी भित्र प्रशंसा गरिएको थियो भने उनी प्रचण्डका विश्वासका पात्र बनेका थिए। कालीकोट जिल्लाको पदमघाट प्रहरी चौकीका आक्रमण गर्दै १३ प्रहरीको राइफल खोसेको घटना सार्वजनिक भएसँगै उनी पार्टीभित्र चर्चित हुँदै गएका थिए।

२०४६ सालको जनआन्दोलन पछि तत्कालीन चार कम्युनिष्ट पार्टीहरू 'मशाल', चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही मसाल मिलेर बनेको एकता केन्द्रको बनेको थियो जसको महामन्त्री प्रचण्ड बनेका थिए।[१४] त्यसपछि २०५१ सालमा पुन: एकताकेन्द्र छुट्टीएर दुईवटा दलमा विभाजन भएपछि प्रचण्ड समूह चाहिँ नेकपा माओवादीका रूपमा देखा परेको थियो जसले एक वर्षपछि सशस्त्र विद्रोहको सुरुवात गरेको थियो। जनयुद्धको ५ मङ्सिर २०६३ मा सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौता पश्चात् पुष्पकमल दाहाल, बाबुराम भट्टराईसँग उनको सम्बन्ध बिग्रिएको थियो। विस्तृत शान्ति सम्झौता गर्नु अघि आफूहरूसँग कुनैपनि छलफल नगरेको भन्दै विप्लव प्रचण्डसँग रूष्ट भएका थिए।[१५] दाहाल र बाबुराम भट्टराईसँग त्यतिबेलादेखि उनको अन्तरविरोध रहेको थियो।[१६]

१८ देखि २२ साउन २०६४ मा, काठमाडौँको बालाजुमा भएको विस्तारित बैठकमा उनको अगुवाइ रहेको बहुमतको प्रतिनिधिले विद्रोहको कार्यनीतिबाट नेतृत्व पछि हटेको भन्दै विरोध गरेको थियो जसलाई तात्कालिक समयमा, मोहन वैद्य लगायका नेताहरूले समर्थन गरेका थिए।

दलको गठन र प्रतिबन्ध[सम्पादन गर्नुहोस्]

विसं २०६९ असारमा तात्कालिक समयमा पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरेका एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी नामक पार्टीबाट छुट्टिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा एक छुट्टै दल गठन गरेका थिए भने वैद्यले नेतृत्व गरेको नेकपा-माओवादी पनि 'क्रान्तिकारी हुन नसकेको' भन्दै विसं २०७१ मङ्सिरमा उनले दल टुक्राउने[१७] घोषणा गरेका थिए भने यस दलको आधिकारिक नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको थियो जसलाई सामान्यतया विप्लव माओवादी भनेर पनि चिन्ने गरिन्छ। सरकारले नेकपा विप्लव समूहलाई आपराधिक सङ्गठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो। मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टीलाई २९ फागुन २०७५ मा, समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारहरू माथि बम विस्फोट गरेको[१८] र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने लगायतका कार्यहरू गरेको भन्दै सरकारले यस दललाई प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध अगाडि पनि यस समूह कुनै पनि चुनावमा सहभागी भएको छैन।[१९] प्रतिबन्धसँगै उनी भूमिगत भएको समाचारहरू प्रकाशित भएका थिए। प्रतिबन्धसँग विभिन्न स्थानहरूबाट उनी निकटका व्यक्तिहरू प्रकाउ पर्ने क्रम जारी रहेको छ। पक्राउ परेकाहरूलाई रिहा गर्न र दल माथि लागेको प्रतिबन्ध फुकुवा गरेको खण्डमा सरकारसँग वार्ता गरिने उनले बताएका छन्।[२०]

राजनीतिक शैली[सम्पादन गर्नुहोस्]

नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको दलको मुख्य कार्यसूची भनेको वैज्ञानिक समाजवाद हो।[२१] सोही शीर्षक राखेर उनले पुस्तक समेत प्रकाशन गरिसेका छन्। उनका अनुसार, मार्क्सले परिकल्पना गरेको वैज्ञानिक समाजवादको अभ्यास भ्लादिमिर लेनिनले गरेको उनले बताएका थिए भने सोही परिकल्पनाकाको समाजवादी राज्य व्यवस्था नै दलको प्रमुख कार्यसूची मानिन्छ।[२२] शिलापत्रमा प्रकाशित एक लेख अनुसार, नयाँ दलको गठन गरेका विप्लवसँग साङ्गठनिक संरचना निकै कम रहेको जानकारी प्राप्त हुन्छ भने विप्लव वैचारिक र साङ्गठनिक कार्यहरूमा दक्ष नरहेको बताइन्छ। कार्यशैलौ अनुसार, उनको नेतृत्व रहेको दलमा आवद्ध कार्यकर्ताहरूको कार्यशैली पनि निकै कमजोर र प्रभावहीन देखिन्छ जसलाई पार्टीका कार्यकर्ताहरू पनि स्वीकार गरेका थिए।[२३] दलको एजेन्डा अनुसार, एकीकृत जनक्रान्ति राष्ट्रका प्रमुख शक्ति र सुरक्षा निकायहरूसँग समन्वय गरेर अगाडि बढ्ने भएतापनि उनको आपराधिक र बिस्फोटका कार्यहरू नियन्त्रण गर्ने गरेको सुरक्षा निकायसँग उनको द्वन्द्व रहेको छ।[२४] प्रहरीले आपराधिक क्रियाकलाप गरेको भन्दै पक्राउ गरि हत्या (दाबी गरिएको) गरेको भन्दै उनले मानव अधिकारवादीबाट आवाज उठाउने पहल गरेका थिए।[२५]

उनको नेतृत्वको दलले राज्यलाई अर्बौँ रूपैयाँ कर नतिरेको एनसेललाई कारबाहीको स्वरुप विभिन्न स्थानमा रहेका कम्पनीको टावरमा बम हमला गरेका थिए भने फागुन २०७५ मा, ललितपुरको नख्खुमा रहेको एनसेलको प्रधान कार्यालयको प्रवेशद्वारमा गरिएको विष्फोटको जिम्मा लिएको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको थियो।[२६] यसका साथै विकास निर्माणका काममा समेत यस समूहले आक्रमण गर्ने गरेको छ भने नेपाल बन्द[२७], बम हमला र आगजनी गर्दै आतङ्क मच्चाउने पनि गरेको छ। देशमा भएको भ्रष्टाचार कम गर्ने, घुसखोरी नियन्त्रण गर्ने र शिक्षा, स्वास्थ्य र अन्य क्षेत्र भएको अनियमितता रोक्ने उनको प्रमुख उद्देश रहेको बुझिन्छ भने उनी आफ्नो भाषामा दलाल पुँजीपति भनिएकाहरूलाई कारबाही गर्ने पक्षमा रहेको बताइन्छ।[२८] तथापि, राजनीतिक विश्लेषकहरू र मन्त्रीहरू विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन सुझाव दिने गरेका छन्।[२९]

बम विस्फोट तथा आतङ्क[सम्पादन गर्नुहोस्]

विप्लव नेतृत्वको पार्टीले देशका विभिन्न ठूला सहरहरूमा बम विस्फोट गराउँदै आएको छ भने विष्फोटन पश्चात् प्रहरीले उनका कार्यकर्ताहरूलाई प्रकाउ गर्ने गरेको छ। २८ फागुन २०७६ मा, दल माथि लागेको प्रतिबन्धको विरुद्धमा समूहले राजधानीमा, १२ जेठ २०७६ मा, शक्तिशाली बम विस्फोट गराएको थियो जसमा चार जनाको मृत्यु भएको थियो भने विस्फोटमा परि ८ जना घाइते भएका थिए।[३०]

स्थानीय तहको निर्वाचन बहिष्कार गरेको समूहले यसको विरुद्धमा पनि विभिन्न स्थानहरूमा बम विस्फोट गराएको थियो। समूहले चुनावमा एमालेबाट उठेका उम्मेदवार शेरधन राई चढेको गाडीमाथि बम प्रहार गरे थियो।[३१] विभिन्न समयमा नेपाल बन्दको आह्वान गर्ने समूहले सवारी साधनमा आगजनी गर्ने कार्य समेत गरेको छ।[३२] नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले विभिन्न ठूला तथा साना उद्योग, कम्पनी, नाम चलेका शैक्षिक संस्था, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माण सम्बन्धितका परियोजनाहरूबाट पनि चन्दा असुल गर्ने प्रहरी स्रोतको अनुमान छ। समूहले वैदेशिक लगानीका बहुराष्ट्रिय कम्पनीहरूसँग पनि धम्की युक्ति सन्देश पठाएर चन्दा माग्ने गरेको समाचारहरूमा उल्लेख छ।[३३] तात्कालिन माओवादी जनयुद्धको जस्तो फौजी आक्रमणलाई थाती राखेर समूहले नवीन प्रविधिहरूको प्रयोगमा प्राथमिकता दिँदै आक्रमणहरू गर्ने गरेको छ।[३४] सशस्त्र सङ्घर्षलाई नै प्रमुख माध्यम बनाउनु दलको प्रमुख कमजोरी मानिएको छ।[३५] फागुनमा प्रतिबन्ध लगाएपछि देशका विभिन्न ठाउँबाट ५ सयभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरी स्रोत अनुसार, हालसम्म उनी निकटका ५०० भन्दा बढी कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।[३६]

शान्ति प्रक्रिया[सम्पादन गर्नुहोस्]

११ फागुन २०७५ मा, प्रतिबन्धित भएको विप्लव नेतृत्वको नेकपा २१ फागुन २०७७ मा, शान्ति प्रक्रियामा आएको थियो।[३७] गृहमन्त्री रामबहादुर थापा "बादल" को नेतृत्वमा सरकारले वार्ता टोली गठन गरेको थियो[३८] भने उनको पक्षबाट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा "प्रकाण्ड"को नेतृत्वमा वार्ता टोली गठन भएको थियो।[३९] दुबै पक्ष बीचको वार्ता २० फागुुुन २०७७ मा, सम्पन्न भएको थियो भने त्यसको भोलिपल्ट यसको राष्ट्रियसभा गृहमा हस्ताक्षर समारोह रहेको थियो जहाँ प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै मञ्चबाट सम्बोधन गरेका थिए।[४०] प्रतिबन्धित भएपछि दुई वर्ष पश्चात्, उनी २१ फागुन २०७७ मै सार्वजनिक भएका थिए। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएसँगै प्रधानमन्त्री केपी ओलीले बधाई समेत दिएका थिए।[४१] दुबै पक्षबीच २१ फागुन २०७७ मा, तीन बुँदे सम्झौता हस्ताक्षर भएको थियो[४२] जहाँ उक्त सम्झौतामा पक्राउ भएका सबै दलका नेता र कार्यकर्ताहरूको रिहाइ, विप्लवको शान्तिपूर्ण राजनीति र प्रतिबन्धको फुकुवा[४३] लगायतका विषयहरू समावेश गरिएको थियो।[४४]

पुस्तकहरू[सम्पादन गर्नुहोस्]

  1. महापतन[४५]
  2. विप्लव सङ्कलित रचना[४६]
  3. वैज्ञानिक समाजवाद[४७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "विप्लवले गरे नयाँ पार्टीको घोषणा" (नेपाली) भाषा)। नेपाली हेडलाइन्स। सङ्ग्रह मिति २५ डिसेम्बर २०२० 
  2. "विप्लव : सधै विद्रोही"नेपाल टक (नेपाली) भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  3. "नयाँ पार्टी घोषणा गर्दै विप्लवले भने– नेपालमा बन्दुक उठ्न सक्छ"नमस्ते पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  4. "को हुन् नेत्रविक्रम चन्द 'विप्लव' ?"नेपाल टाइम्स (नेपाली) भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  5. "चुनाव बहिष्कार गर्ने विप्लव पार्टीको घोषणा"एभरेस्ट दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  6. "विप्लवको चेतावनीले सलमान खान डराए, नेपाल भ्रमण स्थगित"एभरेस्ट दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  7. "विप्लबकाे चेतावनी पछि सलमान खान नेपाल नअाउने"मकालु खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  8. "एनसेलको गेटमा बिष्फोट : घाइते एक जनाको मृत्यु"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  9. "विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको घोषणा"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  10. "शान्ति सम्झौतादेखि नै प्रचण्डसँग रूष्ट थिए विप्लव"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  11. केशरमणि कटुवाल। "विप्लवले रोजेको 'अप्ठ्यारो' बाटो"शिलापत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  12. "महरा सरका विद्यार्थी : पासाङ चौतर्फी, अनन्त धेरै अङ्क ल्याउने, विप्लव साहसी (भिडियोसहित)"नागरिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  13. "को हुन् नेत्रविक्रम चन्द 'विप्लव' ?, लाहुरेका नातिको जनयुद्ध यात्रा" (नेपाली) भाषा)। हाम्रो इकोनोमी। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  14. "नेपाल कम्युनिष्ट पार्टीको ७० वर्षे फुट र जुटको कथा"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  15. "शान्ति सम्झौतादेखि नै प्रचण्डसँग रूष्ट थिए विप्लव"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  16. "बाबुरामले पनि "विप्लव" नै नाम राखेका थिए बाबुराम–विप्लव सम्बन्ध कस्तो ?"न्युज अभियान (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  17. "१० वर्षमा ६ टुक्रामा विभाजित भयो माओवादी"काठमाडौँ टुडे (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  18. "नेपालमा विप्लव आतङ्क, प्रतिबन्ध फुकवा गर्ने तयारी अन्योलमा"विश्व न्युज (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  19. "विप्लव माओवादीको हिंसा के का लागि?" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  20. "हामी भूमिगत छैनौं, खुलामञ्चमा आउन तयार छौं: विप्लव"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  21. "के हुन् विप्लवका राजनीतिक एजेन्डा ?"शिलापत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  22. "वैज्ञानिक समाजवाद–साम्यवादको खोज : विप्लव, महासचिव, नेकपा"ईरातो खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  23. "के चाहन्छन् विप्लव ?"काठमाडौँ टुडे (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  24. "विप्लव समूहद्वारा अरुण तेस्रो आयोजनाको विद्युत गृहमा बम विस्फोट"शिलापत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  25. "विप्लवलाई मानवअधिकार आयोगले भन्यो- हिंसात्मक गतिविधि तत्काल रोक (प्रेस विज्ञप्ति सहित)"रिपोटर्स नेपाल (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  26. "विप्लव समूहले लियो नख्खु बिस्फोटको जिम्मेवारी,सर्वसाधारणलाई लक्षित गरेर बिस्फोट गराउने कुनै लक्ष्य नभएको भनाई"नेपाल टाइम्स (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  27. "विप्लवको बन्द : सहरमा बम आतंक, ठाउँ ठाउँमा आगजनी, कहाँ के भयो?"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  28. "चितवनको भाटभटेनीमा विप्लव समूहद्वारा बम विस्फोट (भिडियोसहित)"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  29. "विप्लवलाई शान्तिपूर्ण राजनीति गर्न मन्त्री पुनको आग्रह"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  30. "राजधानीमा बम आतंक : चारको मृत्यु, आठ घाइते"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  31. "चुनाव अगाडि के–के गर्ने रणनीति छ विप्लव पार्टीको ?"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  32. "विप्लवको बन्द : सहरमा बम आतंक, ठाउँ ठाउँमा आगजनी, कहाँ के भयो?" (नेपाली) भाषा)। अन्नपूर्ण पोस्ट। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  33. "चन्दा आतंक मच्चाउँदै विप्लव समूह, अधिकतम दर २० लाख"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  34. "सडकमा 'विप्लव आतंक' : जताततै भेटियो बम"सनराइज खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  35. "विप्लव नेकपामाथि प्रतिबन्ध लागेको ४ महिनामा १० जना मारिए"खबर हब (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  36. "विप्लव समूहका कार्यकर्ता पक्राउ"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  37. "औपचारिक रूपमा सार्वजनिक 'विप्लव'ले भने - 'सरकारसँगको सहमति पालना गर्छौँ'"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  38. "नेत्रविक्रम चन्द समूह र सरकारद्वारा वार्ता टोली गठन्, दुवै पक्ष 'सम्पर्क'मा"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  39. "सरकारले वार्ता टोली गठन गरे लगत्तै विप्लवले बनाए समिति" (नेपाली) भाषा)। अन्नपूर्ण पोस्ट। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  40. "आज सार्वजनिक हुँदै विप्लव : प्रधानमन्त्रीले पनि एउटै मञ्चबाट सम्बोधन गर्ने" (नेपाली) भाषा)। रातोपाटी। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  41. "नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्‍यो, प्रधानमन्त्रीले दिए विप्लवलाई बधाई" (नेपाली) भाषा)। रातोपाटी। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  42. "हामीबीच सहमतिको तीन बुँदा नै काफी छ : प्रधानमन्त्री"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  43. "विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने सरकारको निर्णय"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  44. "तस्विरमा हेर्नुहोस्, सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर समारोह" (नेपाली) भाषा)। रातोपाटी। सङ्ग्रह मिति ५ मार्च २०२१ 
  45. "'महापतन' पुस्तकको सङ्क्षिप्त समीक्षा"ईरातो खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  46. "वैज्ञानिक समाजवादको सफलता : विप्लव"ईरातो खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२० 
  47. "वैज्ञानिक समाजवाद के हो ?"काइट संसार (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२०