सामग्रीमा जानुहोस्

युरोपेली सङ्घका संस्थाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Circle of 12 gold stars on a blue background
युरोपेली सङ्घ को झन्डा

युरोपेली सङ्घका संस्थाहरू युरोपेली सङ्घको निर्णय गर्ने सात प्रमुख निकायहरू हुन्। यी संस्थाहरूको सञ्चालन युरोपेली सङ्घको सन्धी र युरोपेली सङ्घ कानुनअनुसार हुन्छ। तिनीहरू, युरोपेली सङ्घको सन्धि धारा १३मा सूचीबद्ध छन्ः

संस्थाहरू युरोपेली सङ्घका दुवै सल्लाहकार निकाय र युरोपेली सङ्घका एजेन्सीहरू भन्दा अलग छन्।

युरोपेली संसद

[सम्पादन गर्नुहोस्]

युरोपेली संसद ले सङ्घको व्यवस्थापिका र बजेट अधिकार युरोपेली सङ्घ परिषद (सम्बन्धित राष्ट्रिय सरकारका मन्त्रीहरूको) सँग साझा गर्दछ। यसका ७०५ [] सदस्यहरू हुन्छन् जुन प्रत्येक पाँच वर्षमा विश्वव्यापी मताधिकारद्वारा निर्वाचित हुन्छन् र राजनीतिक निष्ठाको आधारमा बस्छन्। उनीहरूले लगभग ५० करोड नागरिक (विश्वको दोस्रो ठुलो प्रजातान्त्रिक मतदाता)को प्रतिनिधित्व गर्छन् र सङ्घमा एक मात्र प्रत्यक्ष निर्वाचित निकाय गठन गर्दछ। सङ्घको दुई विधायिका कक्षहरू मध्ये एक भए पनि, यससँग केही संवेदनशील क्षेत्रहरूमा परिषद् भन्दा कमजोर शक्तिहरू छन्, र विधायिकी पहल अधिकार छैन। तर, आयोगमा संसदको अधिकार छ जुन परिषद्सँग छैन। यसको प्रजातान्त्रिक प्रकृति र बढ्दो शक्तिहरूले यसलाई संसारको सबैभन्दा शक्तिशाली व्यवस्थापिकाहरू मध्ये एक बनाएको बताइन्छ।[][][]

युरोपेली परिषद

[सम्पादन गर्नुहोस्]

युरोपेली परिषद युरोपेली सङ्घ सदस्य राष्ट्रहरूको राष्ट्र प्रमुख वा सरकार प्रमुखहरूको समूह हो। यसको बैठक वर्षमा चार पटक बस्छ। सङ्घको नीति एजेन्डा परिभाषित गर्न र एकीकरणलाई प्रोत्साहन दिनु यसको जिम्मेवारी हो। युरोपेली काउन्सिलको अध्यक्ष संस्थाको कामको अध्यक्षता र अगाडि बढाउन जिम्मेवार व्यक्ति हो, जसलाई युरोपेली सङ्घको सर्वोच्च राजनीतिक निकायको रूपमा वर्णन गरिएको छ।[]

यूरोपीय सङ्घ परिषद

[सम्पादन गर्नुहोस्]

युरोपेली सङ्घको परिषद् (अनौपचारिक रूपमा मन्त्रिपरिषद् वा केवल परिषदको रूपमा चिनिन्छ) विधायिका र केही सीमित कार्यकारी अधिकारहरू भएको निकाय हो र त्यसकारण सङ्घको मुख्य निर्णयकारी निकाय हो। यसको अध्यक्षता प्रत्येक छ महिनामा राज्यहरू बीच आलोपालो हुन्छ, तर अब प्रत्येक तीन राष्ट्रपतिहरूले साझा कार्यक्रममा सहयोग गर्छन्। यो निकाय युरोपेली परिषदबाट अलग छ, जुन समान निकाय हो, तर राष्ट्रिय नेताहरू मिलेर बनेको हुन्छ।[]

युरोपेली आयोग

[सम्पादन गर्नुहोस्]

युरोपेली आयोग सङ्घको कार्यकारी शाखा हो। युरोपेली आयोग प्रत्येक राज्यबाट एक जना, गरी हाल कुल २७ जना, नियुक्त व्यक्तिले बनेको निकाय हो। तर राष्ट्रिय हितमा स्वतन्त्र हुन निर्माण गरिएको हो। युरोपेली आयोगसंग युरोपेली सङ्घका सबै कानूनको मस्यौदा तयार गर्न जिम्मेवार छ र नयाँ कानून (विधेयक ) प्रस्ताव गर्ने हुन्छ।[] यसले सङ्घको दिन-प्रतिदिन प्रशासन गर्दछ र कानून र सन्धिहरूलाई समर्थन गर्ने काम यसको हो। (यस भूमिकामा यसलाई "सन्धिहरूको संरक्षक" भनेर चिनिन्छ)।[]

युरोपेली सङ्घ को न्याय अदालत

[सम्पादन गर्नुहोस्]

युरोपेली सङ्घ न्याय अदालत युरोपेली सङ्घको न्यायिक शाखा हो। यसको जिम्मेवारी इयु कानुन तथा सन्धिको व्याख्या गर्नु हो।

न्याय अदालत लक्जेम्बर्गमा स्थित छ।

युरोपेली केन्द्रीय बैङ्क

[सम्पादन गर्नुहोस्]
फ्रान्कफर्टमा युरोपेली केन्द्रीय बैङ्कको मुख्यालय

युरोपेली केन्द्रीय बैङ्क (ECB) सन्धिमा नै आफ्नो अधिकार भएको ७ संस्थाहरू मध्ये एक अन्तर्राष्ट्रिय संस्था हो। यो केन्द्रीय बैङ्कहरूको युरोपेली प्रणालीको केन्द्र हो जसमा सबै युरोपेली सङ्घ राष्ट्रिय बैङ्कहरू समावेश छ। बैङ्क सञ्चालन राष्ट्रिय बैङ्कका गभर्नरहरूको बोर्ड र अध्यक्षद्वारा हुन्छ।[१०][११] यो यूरोजोन (यूरो अपनाएका राज्यहरू) को लागि केन्द्रीय बैङ्क पनि हो र यसरी मूल्य स्थिरता कायम राख्न एजेन्डाको साथ त्यो क्षेत्रमा मौद्रिक नीति नियन्त्रण गर्दछ।

युरोपेली केन्द्रीय बैङ्क फ्रान्कफर्ट मा स्थित छ।

वर्तमान अध्यक्ष क्रिस्टिन लागार्ड हुन्।

युरोपेली लेखापरीक्षकको अदालत

[सम्पादन गर्नुहोस्]

युरोपेली लेखापरीक्षकको अदालत (ECA), यसको नाम भए पनि, कुनै न्यायिक शक्ति छैन। यसले युरोपियन युनियनको बजेटबाट करदाता कोषहरू सही रूपमा खर्च भएको छ भन्ने सुनिश्चित गर्दछ। अदालतले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन परिषद् र संसदलाई उपलब्ध गराउँछ। संसदले यस प्रतिवेदनको प्रयोग आयोगको बजेटको व्यवस्थापनलाई स्वीकृत गर्ने कि नगर्ने भन्ने निर्णय गर्न गर्छ। अदालतले वित्तीय कानून र ठगी विरुद्धका कार्यहरू बारे राय र प्रस्तावहरू पनि दिन्छ।[१२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Consolidated versions of Treaty on European Union and of Treaty on the Functioning of the European Union", Eur-lex, मूलबाट २७ मे २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ डिसेम्बर २००९ 
  2. Anonymous (२०१६-०६-१६), "European Parliament", European Union, अन्तिम पहुँच २०२१-०७-२६ 
  3. "Parliament's powers and procedures", European Parliament, अन्तिम पहुँच १२ जुन २००७ 
  4. "Parliament – an overview. Welcome", Europa (web portal), अन्तिम पहुँच १२ जुन २००७ 
  5. "Professor Farrell: "The EP is now one of the most powerful legislatures in the world"", Europa (web portal), १८ जुन २००७, मूलबाट १८ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुलाई २००७ 
  6. van Grinsven, Peter (सेप्टेम्बर २००३), "The European Council under Construction", Netherlands Institution for international Relations, मूलबाट २८ सेप्टेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अगस्ट २००७ 
  7. "Institutions: The Council of the European Union", Europa (web portal), मूलबाट ३ जुलाई २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २००७ 
  8. The Lisbon Treaty gives the European Parliament and the member states the right to ask the Commission to submit bills, and NGOs and other organisations do so also; only 10% of all legislative proposals come only from the Commission.
  9. "Institutions: The European Commission", Europa (web portal), मूलबाट २३ जुन २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २००७ 
  10. "Draft treaty modifying the treaty on the European Union and the treaty establishing the European community", Open Europe, २४ जुलाई २००७, मूलबाट ८ अगस्ट २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुलाई २००७ 
  11. "ECB, ESCB and the Eurosystem", European Central Bank, अन्तिम पहुँच २ सेप्टेम्बर २००७ 
  12. "Institutions: Court of Auditors", Europa (web portal), मूलबाट २२ डिसेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ फेब्रुअरी २०१० 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]