पिपल्स क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पिपल्स क्याम्पस
पिपल्स क्याम्पसको प्रशाासनिक भवन
नेपालीमा आदर्श वाक्य
Quality Education For All
प्रकारसामुदायिक
स्थापनासन् १९८१(वि.स २०३८)
सम्बन्धनत्रिभुवन विश्वविद्यालय
सभाध्यक्षलक्ष्मी दास मानन्धर
उप-सभापतिमङ्गल दास प्रधानाङ्ग
क्याम्पस प्रमुखछत्र मङ्गल बज्राचार्य
स्थान
काठमाडौँ
,
वाग्मतीप्रदेश ३
,
नेपाल
सम्बन्धनहरूत्रिभुवन विश्वविद्यालय,नेपाल परीक्षा बार्ड
वेबसाइटhttp://peoplescampus.edu.np

पिपल्स क्याम्पस (अङ्ग्रेजी: People's Campus) सामुदायिक शिक्षण संस्था हो।समाजमा शिक्षाको गुणस्तर सुधारको उद्देश्यका साथ यस क्याम्पसको स्थापना सन् १९८१ मा भएको थियो । यो क्याम्पस काठमाडौँको पकनाजोलमा अवस्थित छ भने यस संस्थाको पूर्वाधारका रूपमा ६० भन्दा बढी कक्षा कोठाहरू रहेका छन्।[१] त्रिभुवन विश्वविद्यालय तथा नेपाल परीक्षा बोर्डको सम्बन्धन प्राप्त यस क्याम्पसमा व्यवस्थापन संंकायमा प्रमाणपत्र, स्नातक तह तथा स्नातकोत्तर तहको पठनपाठन हुन्छ। गुणस्तरीय शिक्षाको लागि आवश्यक पर्ने पूर्वाधारहरूमा यो क्याम्पस आत्मनिर्भर रहेको छ। यो क्याम्पसले राम्रो शिक्षाको साथसाथै विद्यार्थीहरूको प्रेरणा जगाउनको निम्ति विभिन्न सेमिनार, वर्कसप तथा अन्य कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। यो क्याम्पस सुरुवातदेखि नै विद्यार्थीहरूलाई व्यवसायिक रूपमा परिपक्क बनाउनमा लागेको छ। व्यवस्थापन शिक्षामा उत्कृष्ट नतिजा हासिल गरेकोमा यस क्याम्पसले नियमित रूपमा नेपाल चेम्बर अफ कमर्स एक्सिलेन्स अवार्डजस्तो प्रतिष्ठित पुरस्कार पाइरहेको छ भने धेरै पटक वि.वि.एस. र एम.वि.एस मा त्रिभुवन विश्वविद्यालय टप गरेकोमा अवार्ड प्राप्त गरेको छ। [स्रोत नखुलेको]

यस क्याम्पसले क्याम्पसका विद्यार्थीहरू रोजगार, उध्यमशीलता तथा अवसरका लागि तयार छन् कि छैनन् भनी सुनिश्चित गर्दछ। यस क्याम्पसले विद्यार्थीहरूलाई विभिन्न पाठ्यक्रम तथा गतिविधिहरू मार्फत शैक्षिक सीपहरू प्रदान गरी भविष्यको लागि सफलतापूर्वक सीपहरू विकास गर्न मद्दत गर्दछ। यस क्याम्पसले नियमित रूपमा प्रतिष्ठित "नेपाल चेम्बर अफ कमर्स एक्सिलेन्स अवार्ड" जित्नुको साथै वि.वि.एस. र एम.वि.एस मा त्रिभुवन विश्वविद्यालय टप गरेकोमा पुरस्कार प्राप्त गरेको छ।

  • यस क्याम्पसमा; क्याम्पस र एन.ई.बी वा टि.यु. परीक्षा बोर्डमा उत्कृष्ठ अङ्क ल्याउनेहरूलाई छात्रवृत्तिको प्रावधान छ।
  • विशिष्ट कलाकार र खाँचोमा परेका विद्यार्थीहरूलाई पनि छात्रवृत्ति प्रदान गरिन्छ।
  • यस क्याम्पसको हरेक स्तरका विद्यार्थीहरूलाई उच्च स्थिति हासिल भएमा गुड्विल फाइनान्स अवार्ड प्रदान गरिन्छ।[१]

पाठ्यक्रम[सम्पादन गर्नुहोस्]

पिपल्स क्याम्पसमा पढाई हुने पाठ्यक्रम

  • +2 कार्यक्रम
  • BBS कार्यक्रम
  • BBA कार्यक्रम
  • BBM कार्यक्रम
  • MBS कार्यक्रम[२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ [१] वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-१५ मिति
  2. http://peoplescampus.edu.np/about-us/about-the-campus/ वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-१५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]