अमृता आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमृता आचार्य
अमृता आचार्य सन् २०१४ मा
जन्म (1987-07-31) ३१ जुलाई १९८७ (उमेर ३६)
काठमाडौँ, नेपाल
राष्ट्रियताबेलायती
अन्य नामअमृता आचार्य डुन्ने
पेशाअभिनेत्री
उल्लेखनीय कार्य
गेम अफ थ्रोन्स
उचाइ१.५७ मिटर[१]

अमृता आचार्य एक नेपाली – युक्रेनी मूलकी बेलायती अभिनेत्री हुन्।[२] उनी एचबिओ शृङ्खला 'गेम अफ थ्रोन्स'मा आइरी नामक पात्रको रूपमा र आइटिभी शृङ्खला 'द गुड कर्मा हस्पिटल'मा डा. रुबी वाकरको भूमिकामा आफ्नो अभिनयको कारण दर्शकमाझ लोकप्रिय छिन्।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

आचार्यको जन्म काठमाडौँ, नेपालमा भएको थियो। उनको बुवा गणेश आचार्य, स्त्री रोग विशेषज्ञ हुन् भने उनकी आमा लरिसा आचार्य, युक्रेनी वास्तुकार हुन्। उनको बुवा गणेश आचार्य, किभको मेडिकल विद्यालयमा अध्ययन गर्दै गर्दा अमृताकी आमा लरिसा आचार्यसँग भेटेका थिए।[३] उनी काठमाडौँ, युक्रेन, इङ्ल्यान्डनर्वेमा हर्केकी हुन्। आचार्यले आफ्नो वाल्यकालको पहिलो सात वर्ष नेपालमा बिताएकी थिइन्। उनको बुवाको जागिर इङ्ल्यान्डमा भएपछि उनी आफ्नो परिवारसहित त्यहाँ सरेकी थिइन् र त्यपछि उनी १३ वर्षको हुँदा नर्वे गइन्।[४][५]

१९ वर्षको उमेरमा नर्वेमा आफ्नो उच्च विद्यालयको शिक्षा सकेर उनी अभिनय क्षेत्रमा आफ्नो करियर बनाउन इङ्ल्यान्ड गइन्। उनी इङ्ल्यान्डको एएलआरए प्रतिष्ठानबाट अभिनय कलामा प्रशिक्षित भएकी हुन्।[६][७][१]

करियर[सम्पादन गर्नुहोस्]

आचार्यले 'गेम अफ थ्रोन्स' नामक टेलिभिजन शृङ्खलाको पहिलो दुई सिजनमा डेनेरिस टार्गेरियनको घरमा काम गर्ने नोकर 'आइरी'को भूमिकामा अभिनय गरेकी थिइन्। दोस्रो सिजनमा उनले अभिनय गर्ने पात्रको मृत्यु भएको थियो।[८] प्रसारण कार्यक्रमबाट काटिएको उक्त दृश्यमा, आइरीलाई उसको समकक्षी ह्यान्डमेडन डोरहाले (रोक्सेन म्याककिनद्वारा अभिनीत) घाँटी थिचेर मारेका थिए।[४]सो दृश्यको छायांकन गर्दा आचार्यलाई घाँटीमा चोट लागेको थियो।[४]

सन् २०११ मा, आचार्यले बिबिसीद्वारा निर्मित क्रिसमस टिभी चलचित्र 'ल्यापल्यान्ड'मा अभिनय गरेकी थिइन्।[९]उनले जीवनीमाथि आधारित चलचित्र 'द डेभिल्स डबल'मा विद्यालयकी एक जना केटीको भूमिकामा अभिनय गरेकी थिइन्।

आचार्यले नर्वेली भाषाको मुख्यधाराको चलचित्र 'आई एम योर्स'मा मुख्य पात्रको भूमिकामा अभिनय गरेकी थिइन्, जस भूमिकाको कारण उनले नर्वेको अमान्डा पुरस्कारको लागि सर्वश्रेष्ठ अभिनेत्रीको नामाङ्कन प्राप्त गर्न सफल भएकी थिइन्। यो चलचित्रलाई विदेशी भाषा विधातर्फ एकेडेमी पुरस्कारमा प्रस्तुत गर्नको लागि नर्वेबाट छानिएको थियो।[१०]

सन् २०१७ देखि हालसम्म उनले आइटिभी शृङ्खलाको 'द गुड कर्मा हस्पिटल'मा डा. रूबी वाकरको रूपमा अभिनय गर्दै आएकी छिन्। आचार्यले सो टेलिभिजन शृङ्खलामा एकजना एनएचएस जुनियर डाक्टरको भूमिकामा काम गरेकी छिन्, जसले आफ्नो निजी जीवनमा काम र व्यक्तिगत दुविधाको सामना गरेकी थिइन्।[४] शृङ्खलामा उनले दक्षिण भारतीय राज्य केरलको एउटा सार्वजनिक अस्पतालमा काम गर्दा बखत आउने समस्याहरूलाई समाधान गर्न पहल गर्दैछिन् (यद्यपि कार्यक्रमको छायाङ्कन चाहि वास्तवमा भारतमा नभएर श्रीलङ्कामा भएको थियो)। यस शृङ्खलामा आफ्नो स्तरीय भूमिकाको कारण उनलाई सर्वश्रेष्ठ ड्रामा प्रदर्शन विधामा सन् २०१९ को राष्ट्रिय टेलिभिजन पुरस्कारको लागि उनलाई मनोनयन गरिएको थियो।[११]

उनी ब्रिटिस मनोवैज्ञानिक थ्रिलर 'वेलकम टु क्युरियोसिटी'मा मुख्य पात्रको भूमिकामा देखा परेकी थिइन्। यो चलचित्र निर्माण गर्न चाहिने आर्थिक भार, विश्वमा सम्भवत जन सहयोगमार्फत जम्मा गरिएको पहिलो अवसर थियो। यस चलचित्रका निर्माताहरूले जन सहयोग मार्फत लगभग £२,००,००० जोड्न सफल भएका थिए। यो चलचित्रमा एकजना शृङ्खलावद्ध हत्यारा जो जेलबाट भाग्न सफल भएको थियो, त्यसैको आधारमा ४ वटा परस्पर जोडिएको कथावस्तुसँग सम्बन्धित छ।[१२] यो चलचित्रले खराब समीक्षा प्राप्त गरेकी थियो।[१३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

आचार्यले सन् २०१६ को लन्डन म्याराथनमा भाग लिएकी थिइन् जसमा उनले ०३:४६:०७ मा दौड पूरा गरेकी थिइन्।[१४]

उनी छोराछोरी नामक परोपकारी संस्थाको राजदूत हुन्, जसले भारतबाट विस्थापित र बेचिएका नेपाली बच्चाहरूलाई उद्धार गर्न काम गर्दछ।[१५] उनलाई युक्रेनी, रूसी, अङ्ग्रेजी, र नर्वेली भाषाको ज्ञान छ।[८][१६] उनलाई नेपाली बोल्न आउँदैन तर उनले नेपाली भाषा सिक्ने योजना गरिरहेकी छिन्।[१७][४]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

टेलिभिजन भूमिका
वर्ष शीर्षक भूमिका टिप्पणीहरू
सन् २०१० क्याजुआलिटी निला सरिन एपिसोड: "अ लेसर गड"[१८]
सन् २०११ डक्टर्स ससकिया ट्रेमलेट एपिसोड: "क्यान्डिडेट"
सन् २०११ ल्यापल्यान्ड बेहुली टिभी चलचित्र
सन् २०११- सन् २०१२ गेम अफ थ्रोन्स आइरी पुनरावृति (सिजन १-२)
सन् २०१५ पेन एन्ड पेपर एन्ड लेजर गन्स एबी (अप्रमाणित) १ एपिसोड वेब सिरिज[१९]
सन् २०१६ एक्विटेड अमिना सहिर पुनरावृति
सन् २०१७ रेड ड्वार्फ ग्रेटा एपिसोड: "टाइमवेभ"
सन् २०१७-वर्तमान द गुड कर्मा हस्पिटल डा. रुबी वाकर मुख्य पात्र
सन् २०१८ सिबी एन्ड ड्यान केट टिभी पायलट
चलचित्र भूमिका
वर्ष शीर्षक भूमिका टिप्पणीहरू
सन् २०१० इन कम्पनी अफ वुलभ्स रिटा छोटो चलचित्र
सन् २०१० कलेक्टेबल्स छोटो चलचित्र
सन् २०११ द डेभिल्स डबल विद्यालय केटी
सन् २०१३ आई एम योर्स मिना
सन् २०१४ डेड सो २: रेड भर्सेज डेड रेडन
सन् २०१४ केमोफ्लेग अमिरा
सन् २०१५ अमर अकबर एन्ड टोनी ऋचा
सन् २०१५ अफ हर आई ड्रिम सार्जा छोटो चलचित्र
सन् २०१५ क्विन्स माइल आनिया छोटो चलचित्र
सन् २०१६ किस द डेभिल इन द डार्क लिली / लिली डेमन छोटो चलचित्र
सन् २०१६ अराइभल्स सोयराया
सन् २०१८ ह्वाइट चेम्बर[२०] रुद
सन् २०१८ जेनेसिस[२१] एलेक्सा ब्रुक्स
सन् २०१८ वेलकम टु क्युरियोसिटी[१२] जोए
सन् २०१९ मिसिङ लिङ्क एमा लाहुमा (स्वर)[२२]

रङ्गमञ्च[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका स्थान
सन् २०१० एलिभेटर सी न्यु डायोरामा थिएटर[२३]
सन् २०१४ एट द इन्ड अफ एभ्रिथिङ एल्स इका युनिफर्म थिएटर[२४]
सन् २०१५ द क्रोनिकल्स अफ कल्की कल्की गेट थिएटर[२५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Amrita Acharia cv[dead link] Conway van Gelder Grant. Retrieved 26 July 2019.
  2. "Nepalese actress Amrita Acharya born in Nepal", १८ जुन २०१३, अन्तिम पहुँच २४ डिसेम्बर २०१७ 
  3. "हलिउडमा उदाउँदै अमृता", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०६ 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ Gilbert, Gerard (२०१७-०२-०१), "Actress Amrita Acharia talks Game of Thrones, Nordic noir and The Good Karma Hospital", The Independent, अन्तिम पहुँच २०१९-०७-२६ 
  5. "एचबिओपछि अमृताको अर्को फड्को, वेलायती सिरियलमा मुख्य भूमिका", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०६ 
  6. Tommy H. Brakstad (२४ जनवरी २०१२), "Her er Norges ukjente filmstjerne" [Here is Norway's unknown film star], Verdens Gang (noमा), अन्तिम पहुँच २४ डिसेम्बर २०१७ 
  7. Dhungana, Smriti, "Coming back home after 16 years…", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-०५ 
  8. ८.० ८.१ Daniel Feinberg (२९ अप्रिल २०१२), "Amrita Acharia talks Game of Thrones", Uproxx, अन्तिम पहुँच २४ डिसेम्बर २०१७ 
  9. "Lapland – Christmas Special", The British Comedy Guide, अन्तिम पहुँच २४ डिसेम्बर २०१७ 
  10. Wiseman, Andreas (२०१३-०९-२४), "I Am Yours gets Norway Oscar nod", Screen InternationalProQuest Music & Performing Arts Collectionद्वारा। 
  11. Moran, Michael (२०१८-१०-१६), "National Television Awards 2019 nominations revealed in full - as Susanna Reid brands the whole thing sexist", The Daily Mirror, अन्तिम पहुँच २०१९-०७-२६ 
  12. १२.० १२.१ Ames, Daryl (२०१८-०६-०७), "Jurassic World: Fallen Kingdom out this week", Craven Herald (Skipton, England), अन्तिम पहुँच २०१९-०७-२६ 
  13. "Welcome To Curiosity Reviews", Rotten Tomatoes, Open Publishing, अन्तिम पहुँच २०१९-०७-२५ 
  14. "Amrita Acharya Dunne 52826", Runpix, २०१६-०४-२४, अन्तिम पहुँच २०१९-०७-२६ 
  15. "Nepal Children's Charity", Encyclopedia of Things, Open Publishing, अप्रिल ३०, २००५, अन्तिम पहुँच २०१९-०७-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-०६ मिति
  16. "Norske Amrita (23) i ny HBO-satsing" [Norwegian Amrita (23) in a new HBO initiative], Dagbladet (noमा), ७ सेप्टेम्बर २०१०, अन्तिम पहुँच २४ डिसेम्बर २०१७ 
  17. Bhattarai, Sewa, "Amrita Acharia comes home" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-०५ 
  18. Casualty Series 24 Episode 40 वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-२६ मिति Radio Times, retrieved 27 July 2019.
  19. Pen & Paper & Laser Guns - Season 1 Episode 1 by Bruce Monarch. (Acharia is featured at around 18:10.)
  20. "White Chamber", British Film Council, अन्तिम पहुँच २०१९-०७-२५ 
  21. Genesis 2 - 2018 Official Movie Trailer Obsidian Ross, 16 April 2018. Retrieved 26 July 2019.
  22. Kay, Jeremy (२०१८-०६-२८), "Annapurna sets 2019 release for Laika's 'Missing Link'", Screen InternationalProQuest Music & Performing Arts Collectionद्वारा। 
  23. Haydon, Andrew (२०१०-०५-११), "Elevator", Time Out, अन्तिम पहुँच २०१९-०७-२५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-२६ मिति
  24. Haydon, Ronnie (२०१४-०४-१०), "At The End of Everything Else", The Stage (16-17) – ProQuest Music & Performing Arts Collectionद्वारा। 
  25. Tripney, Natasha (२०१५-०१-१५), "The Chronicles of Kalki", The Stage (16) – ProQuest Music & Performing Arts Collectionद्वारा। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]