एएफसी महिला एसिया कप
स्थापना | १९७५ |
---|---|
क्षेत्र | एसियाली फुटबल महासङ्घ (एसिया) |
समूह सङ्ख्या | ८ |
वर्तमान विजेता | जापान (२ औँ उपाधि) |
सबैभन्दा सफल टोली | चीन (८ औँ उपाधि) |
२०१८ एएफसी महिला एसिया कप |
एएफसी महिला एसिया कप (पहिला एएफसी महिला च्याम्पियनसिपको रूपमा पनि चिनिने) एसियाली फुटबल महासङ्घद्वरा आयोजना गरिने महिला राष्ट्रिय फुटबल टोलीहरूका लागि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । यस प्रतियोगिता ४-४ वर्षको अन्तरालमा आयोजना हुने गरेको छ । यो महिला राष्ट्रिय फुटबल टोलीहरूका लागि एएफसी क्षेत्रको प्रमुख महिला फुटबल प्रतियोगिता हो । यस प्रतियोगिता एसिया महिला फुटबल च्याम्पियनसिप वा एसियाली महिला च्याम्पियनसिपको रूपमा पनि चिनिन्छ । १९ औँ संस्करणको बिजेता जापान हो । यो प्रतियोगिताले फिफा महिला विश्वकपको लगि छनोट खेलको रूपमा सेवा गरेको छ । यो प्रतियोगिताको बिजेता टोली फिफा महिला विश्वकपमा स्वचालित रूपमा छनोट हुने गरेका छन् ।
अवलोकन
[सम्पादन गर्नुहोस्]प्रतियोगिता महिला फुटबलको लागि जिम्मेवार एएफसीको एक भाग, एसियाली महिला फुटबल सङ्घ (एएलएफसी) द्वारा आयोजना गरिन्छ । पहिलो प्रतिस्पर्धा १९७५ मा आयोजित भएको थियो र यसपछि हरेक दुई वर्षको अन्तरालमा आयोजन भएको थियो, १९८० मा भने यस प्रतियोगितामा हरेक तीन वर्ष आयोजित भएको थियो । एसियाली महिला फुटबल सङ्घ (एएलएफसी) सुरुमा एक अलग सङ्गठन थियो तर १९८६ मा एएफसीमै गाभिएको थियो र त्यस पछिका खेलहरूका ढँचा बनाउने कामका लागि यहि एसियाली फुटबल महासङ्घले नै तय गर्ने गरेको छ । यो प्रतियोगिता १९७५मा सुरु भएको थियो जहाँ आयोजक हङकङ रहेकोे थियो भने, न्युजिल्यान्डले प्रथम एएफसी एसिया कपको उपाधि चुमेको थियो ।
यस प्रतियोगिता जनबादी गणतन्त्र चीनले ८ पटकका उपाधि जितेको छ जसमा चीनले ७ पटक निरन्तर बिजयी भएको आफुलाई एक उत्कृष्ट टोलीका रूपमा उभ्याउन सफल भएको छ । यस प्रतियोगितामा चीनले यस बाहेक प्रत्येकमा सेमिफाइनल सम्मको यत्रामा आफुलाई डोर्याएको छ ।
यो प्रतियोगिताले २०१५ फिफा महिला विश्वकपको छनोट खेलको रूपमा सेवा गरेको थियो । १९७५ देखि १९८१ सम्म खेलहरू जम्मा ६० मिनेटको हुने गरेको थियो र त्यसपछि हालकै ९० मिनेटको समय अवधि कायम गरिएको थियो ।[१]
नेपालको प्रदर्शन
[सम्पादन गर्नुहोस्]एएफसी महिला एसिया कपमा हालसम्म नेपालको प्रदर्शन खराब रहेकोे छ । नेपाल १९८६ मा नेपाल पहिलो पटक छनोट भएको थियो र हालै १९९९ मा । नेपाल अहिलेसम्म ३ वटामा छनोट भएको छ र सबै खेलहरूमा नेपाल समुह चरणको सम्मको यात्रा तय गरेको थियो ।
एएफसी महिला राष्ट्र कपमा भाग लिएका राष्ट्रहरूका विवरण
[सम्पादन गर्नुहोस्]बरियता | राष्ट्र | बिजेता | उप-बिजेता | तेस्रो स्थान | चौथो स्थान | जम्मा |
---|---|---|---|---|---|---|
१ | चीन | ८ | १ | ३ | १ | १४ |
२ | उत्तर कोरिया | ३ | ३ | २ | १ | ९ |
३ | चिनियाँ ताइपेई | ३ | २ | २ | २ | ९ |
४ | जापान | २ | ४ | ५ | ३ | १४ |
५ | अस्ट्रेलिया | १ | ३ | २ | १ | ७ |
६ | थाइल्यान्ड | १ | ३ | १ | १ | ६ |
७ | न्युजिल्यान्ड | १ | ० | ० | ० | १ |
८ | भारत | ० | २ | १ | ० | ३ |
९ | दक्षिण कोरिया | ० | ० | १ | ३ | ४ |
१० | मलेसिया | ० | ० | १ | १ | २ |
सिङ्गापुर | ० | ० | १ | १ | २ | |
१२ | हङकङ | ० | ० | ० | ३ | ३ |
१३ | इन्डोनेसिया | ० | ० | ० | २ | २ |
जम्मा | १९ | १९ | १९ | १९ | ७६ |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "एसियाली महिला च्याम्पियनसिप", मूलबाट २०११-१०-२१-मा सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)