कम्पनी सचिव
पेशा | |
---|---|
नाम |
|
Synonyms | Company Secretary |
पेशाको किसिम | सङ्गठन सचिव, पेशा |
क्रियाकलाप क्षेत्र | सबै समूहमा |
विवरण | |
शैक्षिक आवश्यकता | |
सम्बन्धित कार्य |
कम्पनी सचिव संस्थाको एक वरिष्ठ पद हो, जसले वैधानिक र नियामक आवश्यकताहरूको पालना सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यो पद विशेष गरी सामान्य कानून क्षेत्राधिकारहरूमा निगमहरूको कुशल कार्यको लागि अभिन्न अङ्ग हो। कम्पनी सचिवले अनुपालनको संरक्षक, सञ्चालक समिति र अन्य सरोकारवालाहरू बीच सञ्चारको सहजकर्ता र व्यावसायिक अभिलेखको संरक्षकको रूपमा काम गर्दछ।[१]
कम्पनी |
---|
कम्पनी ऐन २०६३को दफा १८५ अनुसार एक करोड रुपैया वा सोभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीले योग्यता पुगेको नेपाली नागरिकलाई कम्पनी सचिवको पदमा नियुक्त गर्नु पर्ने कानूनी व्यवस्था छ। सम्बन्धित कम्पनीको सञ्चालक त्यस्तो कम्पनीको सचिवको रूपमा नियुक्त हुन सक्ने छैन।
योग्यता
[सम्पादन गर्नुहोस्]कम्पनी सचिव सम्बन्धी व्यावसायिक प्रमाणपत्र जारी गर्ने अधिकारप्राप्त स्वदेशी वा विदेशी निकायबाट कम्पनी सचिवको व्यावसायिक प्रमाणपत्र प्राप्त गरी कम्तीमा दुई वर्षसम्म सम्बन्धित क्षेत्रमा काम गरेको वा कानून, व्यवस्थापन, वाणिज्य वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातकोपाधि हासिल गरी कम्तीमा तीन वर्षसम्म सम्बन्धित क्षेत्रमा वा कम्पनी व्यवस्थापन क्षेत्रमा काम गरेको नेपाली नागरिक कम्पनी सचिव पदमा नियुक्त हुन सक्नेछ।
कम्पनी सचिवको काम, कर्तव्य र अधिकार
[सम्पादन गर्नुहोस्]- सञ्चालक समिति र साधारण सभाद्वारा गरिएका निर्णयहरू र कार्यालय वा सम्बन्धित निकायहरूद्वारा निर्देशित कुराहरू कार्यान्वयन गर्नु, गराउनु तथा कम्पनि ऐन वा प्रचलित कानून बमोजिम कम्पनीले कार्यालय वा अन्य कुनै निकायमा पेश गर्नु पर्ने विवरण, कागजात, निर्णय आदि निर्धारित अवधिभित्र पेश गर्नु कम्पनी सचिवको कर्तव्य हो।
- कम्पनि ऐन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही कम्पनी सचिवले देहायका काम गर्नेछ ः–
- सञ्चालक समितिको बैठक वा साधारण सभा बोलाउने,
- सञ्चालक समितिको बैठक वा साधारण सभामा छलफल गरिने विषयहरूकोसूची तयार गरी सम्बन्धित सञ्चालक वा शेयरधनी कहाँ पठाउने,
- सञ्चालक समितिको बैठक वा साधारण सभाको निर्णयहरूको अभिलेख राख्ने, प्रमाणित गर्ने तथा जिम्मा लिने,
- सञ्चालक समितिको निर्णयानुसार शेयर बांडफांडको सूचना तथा किस्ता मागको सूचना पठाउने,
- शेयरधनीहरूको दर्ता किताब र शेयरधनी तथा डिबेञ्चरवालाहरूको लगत दुरुस्त राख्ने, जिम्मा लिने र प्रमाणित गर्ने,
- शेयर वा डिबेञ्चरको धितो बन्धक जनाउने, हस्तान्तरण वा दाखिल खारेज गर्न सञ्चालक समिति वा कार्यकारी प्रमुखसमक्ष पेश गर्ने,
- शेयरधनी वा डिबेञ्चरवालाको दाबी, उजूरी, गुनासो, सुझाव, सल्लाह आदि कुनै कुरा खितरूपमा पेश हुन आएमा सञ्चालक समिति वा कार्यकारी प्रमुख वा कार्यालय वा अन्य निकायहरू समक्ष पु¥याउने र सो सम्बन्धमा भए गरेको कारबाहीको नतिजा लिखितरूपमा सम्बन्धित शेयरधनी वा डिबेञ्चरवालालाई दिने,
- प्रचलित कानून अनुसार कम्पनी सचिवले गर्नु पर्ने भनी निर्धारण गरिएको वा तोकिए बमोजिमको अन्य कार्य गर्ने।
- साधारण सभाको निर्णय बमोजिम बाहेक कम्पनी सचिवले कम्पनीबाट वा कम्पनीमार्फत आफूलाई फाइदा हुने कुनै काम गर्नु गराउनु हुँदैन।
- कम्पनी सचिवले तोकिए बमोजिमको आचरण पालन गर्नु पर्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ What is a Company Secretary? वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-२५ मिति