सेयरधनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शेयरधनीबाट अनुप्रेषित)

सेयरधनी (अङ्ग्रेजी: Shareholder or Stockholder) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक कम्पनीको सेयरको स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको सेयरधनीहरूको नाम सेयरधनी लगतमा राखिएको हुन्छ भने कम्पनीले उक्त लगतलाई कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमोदन गराउनु पर्ने हुन्छ । सेयरधनीहरूले कम्पनीको सेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, सेयरधनीहरूले आफूले धारण गरेको सेयरको मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ ।

नेपालको कम्पनी ऐन, २०६३ मा सेयरधनीलाई "सेयरधनी भन्नाले कम्पनीको सेयरमा स्वामीत्व भएको व्यक्ति सम्झनु पर्छ ।"[१] भनेर परिभाषित गरेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]