सामग्रीमा जानुहोस्

सञ्चालक समिति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सञ्चालक समिति 
group of people who jointly supervise the activities of an organization
चित्र उर्ध्वभरण गर्नुहाेस्
को उपसमूहpanel,
board of trustees,
governing body (foundation, voluntary association),
मानिसहरूको जमात,
assembly
Facet ofकर्पोरेट शासन
Street address
भागहरू
  • board member
  • member of the board of trustees
  • board of directors member
Different from
  • board of trustees of a foundation
  • board of trustees (board of trustees, board of trustees)
Original publication
प्राधिकरण नियन्त्रण
ढाँचा:Wikidata Infobox/i18n/getMsg
नर्थ अलाबामा इन्टरनेशनल ट्रेड एसोसिएसन (NAITA ) को सञ्चालक समितिको बैठक

सञ्चालक समिति भन्नाले कुनै पनि संस्था, व्यवसाय, गैर नाफामुलक संस्था, सरकारी संस्था वा कम्पनीको सम्पूर्ण कार्यहरूको निरिक्षण गर्ने कार्यकारी समिती हो ।

शेयरधनीहरू मध्येबाट चुनिएका शेयरधनीहरूको समुह जसले संयुक्त रूपमा संस्था वा कम्पनीको सम्पूर्ण कार्यहरूको पूनरावलोकन गर्ने सञ्चालकहरूको समुहलाई जनाउँदछ ।

  • नीतिहरू स्थापना गरेर र रणनीतिक उद्देश्यहरू निर्धारन गरेर संगठनलाई सञ्चालन गर्ने
  • मुख्य कार्यकारी अधिकारीको चयन, नियुक्ति, समर्थन, प्रदर्शनको समीक्षा र बर्खास्त (मुख्य कार्यकारी अधिकारी पदको नाम संगठन अनुसार फरक हुन्छ; मुख्य कार्यकारी, प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष वा कार्यकारी सञ्चालक हुन सक्छ)
  • पर्याप्त वित्तीय स्रोतको उपलब्धता सुनिश्चित गर्ने
  • वार्षिक बजेट अनुमोदन
  • संगठनको कार्यसम्पादनको लागि सरोकारवालाहरूलाई उत्तरदायित्व लिने
  • वरिष्ठ व्यवस्थापनको तलब, क्षतिपूर्ति र सुविधा निर्धारण गर्ने

सञ्चालक समितिका सदस्यहरू संस्थाका सञ्चालकहरू हुन्। धेरै विशिष्ट अवस्थाहरूमा सञ्चालहरूलाई संगठनमा उनीहरूको अन्य सम्बन्धको आधारमा वर्गीकृत गरिन्छ।[]

मानार्थ सदस्य

[सम्पादन गर्नुहोस्]

कम्पनीहरूले प्रायः एक पूर्व वरिष्ठ कार्यकारी र पूर्व बोर्ड सदस्यलाई मानार्थ अध्यक्षको रूपमा नियुक्त गर्दछ, यो पदमा कुनै कार्यकारी अधिकार हुँदैन र कम्पनीमा व्यक्तिको नेतृवा र कार्यसम्पादनको सम्मानको प्रतिनिधित्व गर्दछ। []

संस्थापक सञ्चालक

[सम्पादन गर्नुहोस्]

स्वतन्त्र सञ्चालक

[सम्पादन गर्नुहोस्]

भित्री सञ्चालक

[सम्पादन गर्नुहोस्]

भित्री सञ्चालक संगठनको कर्मचारी, अधिकारी, प्रमुख कार्यकारी, प्रमुख शेयरधारक, वा संगठन संग सम्बन्धित कोही सञ्चालक हो। भित्री सञ्चालकहरूले संस्थाको सरोकारवालाहरूको हितलाई प्रतिनिधित्व गर्छ, र प्रायः तिनीहरूको भित्री कार्यहरू, यसको वित्तीय वा बजार स्थिति, र यस्तै अन्य कुराहरूको विशेष ज्ञान हुन्छ।

भित्री सञ्चालक:

  • प्रमुख कार्यकारी अधिकारी (सीईओ) जो समितिको अध्यक्ष पनि हुन सक्छ
  • संगठनका अन्य कार्यकारीहरू, जस्तै यसको मुख्य वित्तीय अधिकारी (CFO) वा कार्यकारी उपाध्यक्ष
  • ठूला शेयरधनी (जो कर्मचारी वा अधिकारीहरू पनि हुन सक्छन् वा नहुन सक्छन्)
  • अन्य सरोकारवालाहरू जस्तै मजदुर संगठन , प्रमुख ऋणदाताहरू, वा संस्था रहेको समुदायका प्रतिनिधिहरू

बहिरी सञ्चालक/ बाह्य सञ्चालक

[सम्पादन गर्नुहोस्]

बाहिरी सञ्चालक संगठनमा कार्यरत वा संलग्न नभएको सञ्चालक समिती सदस्य हो, र बाहिरी सञ्चालकले कुनै पनि सरोकारवालाको प्रतिनिधित्व गर्दैन। उदाहरण एक सञ्चालक जो एक फरक उद्योगमा एक फर्मको अध्यक्ष।[] बाहिरका सञ्चालकहरू कम्पनीका कर्मचारी वा अन्य कुनै तरिकाले यससँग आबद्ध हुँदैनन्।

बहिरी सञ्चालकले समितीमा बाहिरी अनुभव र दृष्टिकोणहरू ल्याउँछन्। उदाहरणका लागि, घरेलु बजारमा मात्र सेवा दिने कम्पनीका लागि, बाह्य सञ्चालकको रूपमा विश्वव्यापी बहुराष्ट्रिय निगमहरूका सीईओहरूको उपस्थितिले निर्यात र आयातका अवसरहरू र अन्तर्राष्ट्रिय व्यापार विकल्पहरू बारे अन्तर्दृष्टि प्रदान गर्न मद्दत गर्न सक्छ।

उदाहरणको लागी नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको संरचना यस प्रकार रहेको छ[]

नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति
सदस्य प्रतिनीधित्व गर्ने संस्था
अध्यक्ष नेपाल सरकार कार्यकारी प्रमुख
सदस्य सहसचिव, अर्थ मन्त्रालय
सदस्य सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सदस्य जीवन बीमा विशेषज्ञ बाह्य सञ्चालक
सदस्य निर्जीवन बीमा विशेषज्ञ बाह्य सञ्चालक

यहाँ (घ ) र (ङ) मा उल्लेख गरिएका सदस्यहरू बाह्य सञ्चालक हुन् ।

संस्था/ व्यवसाय

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. This section was developed from numerous definitions in USLegal.com, BusinessDictionary.com अभिलेखिकरण ३ मार्च २०११ वेब्याक मेसिन, Dictionary.com, The Free Dictionary by Farlex ("inside director"; "executive director"; "outside director"; "non-executive director"), Macmillan Dictionary अभिलेखिकरण २०२१-०३-०८ वेब्याक मेसिन, and Economics-dictionary.com.
  2. "The Honorary President definition", Law Insider, २०१३, अन्तिम पहुँच २१ मार्च २०२३
  3. "Outside Director", Investopedia, अन्तिम पहुँच २४ मे २०१३
  4. "Board Members – नेपाल बीमा प्राधिकरण" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-०८