सञ्चालक समिति
कम्पनी |
---|
सञ्चालक समिति भन्नाले कुनै पनि संस्था, व्यवसाय, गैर नाफामुलक संस्था, सरकारी संस्था वा कम्पनीको सम्पूर्ण कार्यहरूको निरिक्षण गर्ने कार्यकारी समिती हो ।
शेयरधनीहरू मध्येबाट चुनिएका शेयरधनीहरूको समुह जसले संयुक्त रूपमा संस्था वा कम्पनीको सम्पूर्ण कार्यहरूको पूनरावलोकन गर्ने सञ्चालकहरूको समुहलाई जनाउँदछ ।
भूमिका
[सम्पादन गर्नुहोस्]- नीतिहरू स्थापना गरेर र रणनीतिक उद्देश्यहरू निर्धारन गरेर संगठनलाई सञ्चालन गर्ने
- मुख्य कार्यकारी अधिकारीको चयन, नियुक्ति, समर्थन, प्रदर्शनको समीक्षा र बर्खास्त (मुख्य कार्यकारी अधिकारी पदको नाम संगठन अनुसार फरक हुन्छ; मुख्य कार्यकारी, प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष वा कार्यकारी सञ्चालकहुन सक्छ)
- पर्याप्त वित्तीय स्रोतको उपलब्धता सुनिश्चित गर्ने
- वार्षिक बजेट अनुमोदन
- संगठनको कार्यसम्पादनको लागि सरोकारवालाहरूलाई उत्तरदायित्व लिने
- वरिष्ठ व्यवस्थापनको तलब, क्षतिपूर्ति र सुविधा निर्धारण गर्ने
सञ्चालक
[सम्पादन गर्नुहोस्]सञ्चालक समितिका सदस्यहरू संस्थाका सञ्चालकहरू हुन्। धेरै विशिष्ट अवस्थाहरूमा सञ्चालहरूलाई संगठनमा उनीहरूको अन्य सम्बन्धको आधारमा वर्गीकृत गरिन्छ।[१]
मानार्थ सदस्य
[सम्पादन गर्नुहोस्]कम्पनीहरूले प्रायः एक पूर्व वरिष्ठ कार्यकारी र पूर्व बोर्ड सदस्यलाई मानार्थ अध्यक्षको रूपमा नियुक्त गर्दछ, यो पदमा कुनै कार्यकारी अधिकार हुँदैन र कम्पनीमा व्यक्तिको नेतृवा र कार्यसम्पादनको सम्मानको प्रतिनिधित्व गर्दछ। [२]
संस्थापक सञ्चालक
[सम्पादन गर्नुहोस्]स्वतन्त्र सञ्चालक
[सम्पादन गर्नुहोस्]भित्री सञ्चालक
[सम्पादन गर्नुहोस्]भित्री सञ्चालक संगठनको कर्मचारी, अधिकारी, प्रमुख कार्यकारी, प्रमुख शेयरधारक, वा संगठन संग सम्बन्धित कोही सञ्चालक हो। भित्री सञ्चालकहरूले संस्थाको सरोकारवालाहरूको हितलाई प्रतिनिधित्व गर्छ, र प्रायः तिनीहरूको भित्री कार्यहरू, यसको वित्तीय वा बजार स्थिति, र यस्तै अन्य कुराहरूको विशेष ज्ञान हुन्छ।
भित्री सञ्चालक:
- प्रमुख कार्यकारी अधिकारी (सीईओ) जो समितिको अध्यक्ष पनि हुन सक्छ
- संगठनका अन्य कार्यकारीहरू, जस्तै यसको मुख्य वित्तीय अधिकारी (CFO) वा कार्यकारी उपाध्यक्ष
- ठूला शेयरधनी (जो कर्मचारी वा अधिकारीहरू पनि हुन सक्छन् वा नहुन सक्छन्)
- अन्य सरोकारवालाहरू जस्तै मजदुर संगठन , प्रमुख ऋणदाताहरू, वा संस्था रहेको समुदायका प्रतिनिधिहरू
बहिरी सञ्चालक/ बाह्य सञ्चालक
[सम्पादन गर्नुहोस्]बाहिरी सञ्चालक संगठनमा कार्यरत वा संलग्न नभएको सञ्चालक समिती सदस्य हो, र बाहिरी सञ्चालकले कुनै पनि सरोकारवालाको प्रतिनिधित्व गर्दैन। उदाहरण एक सञ्चालक जो एक फरक उद्योगमा एक फर्मको अध्यक्ष।[३] बाहिरका सञ्चालकहरू कम्पनीका कर्मचारी वा अन्य कुनै तरिकाले यससँग आबद्ध हुँदैनन्।
बहिरी सञ्चालकले समितीमा बाहिरी अनुभव र दृष्टिकोणहरू ल्याउँछन्। उदाहरणका लागि, घरेलु बजारमा मात्र सेवा दिने कम्पनीका लागि, बाह्य सञ्चालकको रूपमा विश्वव्यापी बहुराष्ट्रिय निगमहरूका सीईओहरूको उपस्थितिले निर्यात र आयातका अवसरहरू र अन्तर्राष्ट्रिय व्यापार विकल्पहरू बारे अन्तर्दृष्टि प्रदान गर्न मद्दत गर्न सक्छ।
उदाहरणको लागी नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको संरचना यस प्रकार रहेको छ [४]
सदस्य | प्रतिनीधित्व गर्ने संस्था | ||
---|---|---|---|
क | अध्यक्ष | नेपाल सरकार | कार्यकारी प्रमुख |
ख | सदस्य | सहसचिव, अर्थ मन्त्रालय | |
ग | सदस्य | सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय | |
घ | सदस्य | जीवन बीमा विशेषज्ञ | |
ङ | सदस्य | निर्जीवन बीमा विशेषज्ञ |
यहाँ (घ ) र (ङ) मा उल्लेख गरिएका सदस्यहरू बाह्य सञ्चालक हुन् ।
संस्था/ व्यवसाय
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ This section was developed from numerous definitions in USLegal.com, BusinessDictionary.com वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०११ मिति, Dictionary.com, The Free Dictionary by Farlex ("inside director"; "executive director"; "outside director"; "non-executive director"), Macmillan Dictionary, and Economics-dictionary.com.
- ↑ "The Honorary President definition", Law Insider, २०१३, अन्तिम पहुँच २१ मार्च २०२३।
- ↑ "Outside Director", Investopedia, अन्तिम पहुँच २४ मे २०१३।
- ↑ "Board Members – नेपाल बीमा प्राधिकरण" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-०८।