सामग्रीमा जानुहोस्

काठमाडौँ बाहिरी चक्रपथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काठमाडौं बाहिरी चक्रपथबाट अनुप्रेषित)

रा३८ वा काठमाडौँ बाहिरी चक्रपथ ५० मिटर चौडा हुने भनिएको चक्रपथ आठ लेनको डिजाइन गरिएको छ। बाहिरी चक्रपथले काठमाडौँमा ३५.८ किमी, ललितपुरमा १५ किमी र भक्तपुरमा २१ किमी क्षेत्रफल ओगटेको छ। १० वर्षभित्र सम्पन्न गर्ने भनिएको बाहिरी चक्रपथको कूल लागत ७२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। सरकारले काठमाडौँ उपत्यकाका अधिकांश सहरी क्षेत्रलाई घेर्ने गरी प्रस्तावित ७१ दशमलव ९३ किलोमिटर बाहिरी चक्रपथ निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २००८ मा तयार भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]