सामग्रीमा जानुहोस्

गठबन्धन सरकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गठबन्धनको सरकारबाट अनुप्रेषित)

गठबन्धन सरकार भनेको एक भन्दा धेरै राजनैतिक दलहरूको मिलनबाट बनेको एक संसदीय सरकार हो। यसमा गठबन्धनमा कुनै पनि दलको एकल प्रभुत्व हुँदैन। संसदमा कुनै दलले बहुमत प्राप्त गर्न नसकेको अबस्थामा यस्तो सरकार बन्नु सामन्य कुरा हो। एक गठबन्धन सरकार राष्ट्रिय संकटको समयमा पनि बन्न सक्छ (उदाहरणको लागि, युद्ध वा आर्थिक संकटको दौरान), जुन सरकारलाई उच्च स्तरको राजनीतिक औचित्यपूर्णता वा सामूहिक पहिचान दिन सक्छ।

केहि देशहरूको अभ्यास

[सम्पादन गर्नुहोस्]
बर्ष बर्षपार्टीहरू प्रधानमन्त्री
24 March 1977 15 July 1979 जनता पार्टी,

शिरोमणि अकाली दल

मोरारजी देसाई
28 July 1979 20 August 1979 जनता पार्टी (सेकुलर)

भारतीय कांग्रेस (समाजवादी) भारतीय राष्ट्रिय काङ्ग्रेस

चरण सिंह
पी. वी. नरसिंह राव
सन् २००४ सन् २०१४ भारतीय राष्ट्रिय काङ्ग्रेस मनमोहन सिंह

बि.सं २०५६ को आम निर्वाचन पछी नेपालमा कुनै पनि दलले संसदमा बहुमत हासिल गर्न सकेका छैनन्। र संसदमा गठबन्धन सरकार बन्नु सामान्य भएको छ।

२०६५ पछि नेपालमा देखिएका राजनैतिक गठबन्धन सरकारहरू
बर्ष (बि.सं)पार्टीहरू मन्त्रिपरिषद् प्रधानमन्त्री
२०६५ नेकपा माओवादी , नेकपा एमाले प्रचण्ड
२०६६ नेपाली कांग्रेस,नेकपा एमाले माधवकुमार नेपाल
२०६७ नेकपा माओवादी, नेकपा एमाले झलनाथ खनाल
२०६८ नेकपा माओवादी, नेकपा एमाले बाबुराम भट्टराई
२०७०कांग्रेस , नेकपा (एमाले) सुशील कोइराला
२०७२नेकपा (एमाले), नेकपा माओवादी केन्द्र केपी ओली
२०७३कांग्रेस, नेकपा माओवादी केन्द्र प्रचण्ड मन्त्रिपरिषद्, २०७३ प्रचण्ड
२०७४कांग्रेस, नेकपा माओवादी केन्द्र देउवा मन्त्रिपरिषद्, २०७४ शेर ब. देउवा
२०७५एमाले, माओवादी, जनमोर्चा

(बाम गठबन्धन)

दोस्रो ओली मन्त्रिपरिषद् केपी ओली
२०७८ नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी ,

जनमोर्चा

पाँचौँ देउवा मन्त्रिपरिषद्, २०७८ शेर ब. देउवा

गठबन्धन सरकारको प्रमुख दोष निम्नअनुसार छन्:

  1. राष्टियताको भावनामा कमी तथा क्षेत्रियता भावना वृद्धि।
  2. भ्रष्टाचारमा वृद्धी।