चित्रशिर बगेडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चित्रशिर बगेडी
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
E. rustica
वैज्ञानिक नाम
Emberiza rustica
Pallas, 1776
अण्डा

चित्रशिर बगेडी नेपालमा पाइने एक प्रकारको चराको नाम हो।

शारीरिक विबरण[सम्पादन गर्नुहोस्]

चित्रशिर बगेडी टड्कारो देखिने टाउकोको बुट्टाहरू (चौडा आँखीभौँ, तालुछेउ र कानढकनीको गाढा किनारा) छातीमा कैला ठाडा धर्सा, सेता पेट, कैलो गर्दन र स्पष्ट सेतो मध्य ढकनीरेखी भएको हुन्छ । तालुका प्वाँखहरु बारम्बार उठाउँदा कल्की परेकको देखिने हुन्छ ।

भौगोलिक वासस्थान[सम्पादन गर्नुहोस्]

चित्रशिर बगेडी उत्तरी युरोप तथा एसियाका १४ वटा देशहरूमा पाइएको अभिलेख छ । यो चरा हिउँदको समयमा नेपाल लगायत दक्षिण-पूर्वी एसिया, पूर्वी चिनजापानमा बसाई सर्ने गर्छ ।

प्रमुख वासस्थान[सम्पादन गर्नुहोस्]

चित्रशिर बगेडी खेतबारीका झाडी तथआ जङ्गलका खुल्ला भागहरूमा पाइने गर्छ । यो प्रजातीले सल्ला, भोजपत्र तथा बैँश भएका अथवा अन्य पतझड रूखहरू भएका तल्लो ओसिलाभूभागमा प्रजनन् गर्दछ ।

खतराहरू तथा संरक्षण अवस्था[सम्पादन गर्नुहोस्]

विश्वमै दुर्लभ मानिने यो प्रजाती संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ । वासस्थानको विनासका कारण पनि यिनीहरूको संख्यामा गिरावट आएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]