जमकट्टेल मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जमकट्टेल मन्त्रिपरिषद्
बागमती प्रदेशको चौथौ मन्त्रिपरिषद्
मुख्यमन्त्री जमकट्टेल
गठन मितिवि.सं. २०७९ पुस २६
सदस्य र सङ्गठन
प्रमुखयादवचन्द्र शर्मा
मुख्यमन्त्रीशालिकराम जमकट्टेल
मन्त्रीहरूको सं.
दल सङ्ख्या
सभामा स्थितिप्रदेश सभा
६७ / ११० (६१%)
प्रतिपक्षी दल     नेकपा (एमाले) (२७)
प्रतिपक्षी नेताजगन्नाथ थपलिया[१]
इतिहास
निर्वाचन(हरू)२०७९
संसद कार्यकाल(हरू)५ वर्ष
पूर्वाधिकारीराजेन्द्र पाण्डे मन्त्रिपरिषद्

शालिकराम जमकट्टेलको मन्त्रिपरिषद् बागमती प्रदेशको चौथौ प्रदेश सरकार हो। शालिकराम जमकट्टेलले वि.सं. २०७९ पुस २६ मा बागमती प्रदेशको मुख्यमन्त्रीको सपथ लिएपछि मन्त्रिपरिषद्को गठन भएको हो।[२][३]

इतिहास[सम्पादन गर्नुहोस्]

जमकट्टेल वि.सं. २०७९ पुस २६ मा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। वि.सं. २०७९ पुस १६ गते नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलको नेता छानिएपछि[४] जमकट्टेलले वि.सं. २०७९ पुस २५ मा बागमती प्रदेश सभामा नवनिर्वाचित ७० जना सभासदको समर्थन सहित मुख्यमन्त्रीको दावी पेश गरेका थिए।[५]

वि.सं. २०७९ माघ ३ गते जमकट्टेलले पहिलो पटक विश्वासको मत प्राप्त गर्दा उनलाई नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राप्रपा, नेकपा (एस)हाम्रो नेपाली पार्टीका सभासदहरूले विश्वासको मत दिएका थिए। उनले बागमती प्रदेश सभामा उपस्थित १०९ सभासदहरूमध्ये १०५ जनाको समर्थन प्राप्त गरेका थिए।[६][७]

वि.सं. २०७९ फागुन १३[८] गते राप्रपाले सरकारलाई दिएको १३ सभासदको समर्थन र वि.सं. २०७९ चैत्र १०[९] गते नेकपा (एमाले)ले सरकारलाई दिएको २७ सभासदको समर्थन फिर्ता लिएपछि जमकट्टेलले पुनः दोस्रो पटक वि.सं. २०७९ चैत्र १० गते विश्वासको मत लिनुपरेको थियो। दोस्रो पटक विश्वासको मत प्रस्तावमा जमकट्टेलले सदनमा उपस्थित ९१ जना सभासदमध्ये ६७ जना सभासदको समर्थन प्राप्त गर्दै सरकारलाई निरन्तरता दिएका थिए। उनको प्रस्तावलाई नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एस), राप्रपाहाम्रो नेपाली पार्टीले समर्थन गरेको थियो।[१०]

मन्त्रालयहरू[सम्पादन गर्नुहोस्]

वर्तमान गठन[सम्पादन गर्नुहोस्]

सि.नं. जिम्मेवारी धारक राजनीतिक दल पदभार पदमुक्त
मन्त्रिपरिषद्को मन्त्री
मुख्यमन्त्री
कृषि तथा पशुपक्षी विकास
स्वास्थ्य
श्रम, रोजगार तथा यातायात
पर्यटन, उद्योग तथा सहकारी
वन तथा वातावरण मन्त्रालय
शालिकराम जमकट्टेल नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पुस २६[११][१२][१३] पदासिन
आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ११[१४] पदासिन
सामाजिक विकास मन्त्री कुमारी मुक्तान नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ११[१४] पदासिन
भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ११[१४] पदासिन
आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेस वि.सं. २०७९ चैत्र २६[१५][१६] पदासिन
खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तीर्थबहादुर लामा नेपाली कांग्रेस वि.सं. २०७९ चैत्र २६[१५][१६] पदासिन

दल अनुसार मन्त्री[सम्पादन गर्नुहोस्]

राजनीतिक दल मन्त्रिपरिषद्को मन्त्री प्रदेश राज्य मन्त्री जम्मा मन्त्रीहरू
नेकपा (माके)
नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अधिकारी, पोष्टराज, "एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  2. "बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  3. "शालिकराम जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त", लोकपथ (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  4. "बागमतीमा माआवोदी संसदीय दलको नेतामा जमकट्टेल", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  5. मरासिनी, विकास (२०२३-०१-०९), "बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त", देशसञ्चार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  6. पुडासैनी, सुजन, "वाग्मतीका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत", कान्तिपुर टेलिभिजन (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  7. "बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत", ई कागज (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  8. "बागमती प्रदेशमा राप्रपा सरकारबाट बाहिरियो", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  9. "बागमती सरकारबाट बाहिरियो एमाले", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  10. "मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत, बागमती सरकारले पायो निरन्तरता", नेपाल भ्युज (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  11. मगर, कृष्ण सारु, "बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल को हुन्?", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  12. अधिकारी, पोष्टराज, "बागमती प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  13. दाहाल, राममणि, "बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलद्वारा शपथ", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  14. १४.० १४.१ १४.२ दुलाल, गणेश, "बागमती मन्त्रिपरिषद्‍मा ८ नयाँ अनुहार, ३ जनाको दोस्रो इनिङ्स", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  15. १५.० १५.१ "बागमती प्रदेशमा कांग्रेस पनि सहभागी, २ मन्त्रीले लिए शपथ", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  16. १६.० १६.१ अधिकारी, पोष्टराज, "बागमती प्रदेश सरकार विस्तार, कांग्रेसका दुई मन्त्रीले लिए शपथ", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]