ढाँचा:प्रमुख लेख/जयपृथ्वीबहादुर सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जयपृथ्वीबहादुर सिंह

जयपृथ्वीबहादुर सिंह एक बझाङ्गी राजा थिए। जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते सेती अञ्चलको बझाङमा भएको थियो। उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ। त्यस्तै उनको प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट विसं १९६९ प्रकाशित भएको थियो। जयपृथ्वीले अक्षराङ्क शिक्षा लेखेर विसं १९५८ मा प्रकाशित गरेपछि, त्यो पुस्तक कोसेढुङ्गोको रूपमा स्थापित भएको थियो। उनी नेपालका राष्ट्रिय विभूति समेत हुन्।(पूरा  पढ्नुहोस्...)