सामग्रीमा जानुहोस्

देवदह नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(देबदहबाट अनुप्रेषित)
देवदह नगरपालिका
देवदह नगरपालिका मा पर्दछ लुम्बिनी प्रदेश
देवदह नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा देवदह नगरपालिकाको अवस्थिति
देवदह नगरपालिका मा पर्दछ नेपाल
देवदह नगरपालिका
देवदह नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३९′४०″N ८३°३३′५८″E / 27.661°N 83.566°E / 27.661; 83.566
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखध्रुवप्रसाद खरेल (नेकपा (एमाले))
  उपप्रमुखविद्यालक्ष्मी गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१३६.९५ किमी (५२.८८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७२,४५७
  घनत्व५३०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
केन्द्रसाविक केरवानी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

देवदह नगरपालिका लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला मा अवस्थित एक नगरपालिका हो। देवदह नगरपालिका नेपाल सरकारको २०७१ वैशाख २५ गतेको निर्णय अनुसार साविकका देवदहकेरवानी गाउँ विकास समितिहरू मिलेर बनेको थियो भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा सिक्टहन गाविसलाई पनि यसमा गाभिएको थियो।[][]

प्राचिन कोलीय राज्यको राजधानी देवदह पश्चिमाञ्चलको रुपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवम् बुद्धको मावलीस्थलको रूपमा प्रशिद्ध रहेको छ। यस नगरपालिकाको पूर्वमा सुनवल नगरपालिका पश्चिममा बुटवल उप-महानगरपालिका उत्तरमा पाल्पा जिल्लाको गोठादी गाविस, चुरे पहाड र दक्षिणमा सिक्टहन गाविसको बिचमा पर्यटकीय नगरीको रूपमा रहेको छ। कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको, गौतम बुद्धको मावली गाँउ, प्राकृतिक श्रोत र साधनको उपलब्धता भएको, विभिन्न जातजातीहरूको सांस्कृतिक सम्पदाको भण्डार रहेको हुँदा धेरै सम्भावना भएको नगरको रूपमा रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार देवदह नगरपालिकाको कुल जनसङ्ख्या ७२,४५७ रहेको छ भने यहाँ १७,३०० घरधुरी रहेका छन्।[]

देवदह नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
केरवानी (१-२)५,४८४३.६५१५०२.४७
केरवानी (३-४)४,३९०४.३४१०११.५२
केरवानी (५-६)४,२७३६.७७६३१.१७
केरवानी (७-९)४,७४७५.७६८२४.१३
देवदह (१-२)८,७३०१२.०३७२५.६९
देवदह (३)५,१७२२५.८६२००.००
देवदह (४-५)८,८३३५.४२१६३०.२६
देवदह (६)४,२९८३.८७१११०.५९
देवदह (७-८)५,५०३१२.१२४५४.०४
१०देवदह (९)९,०८३३६.८५२४६.४९
११सिक्टहन (१,७–९)६,५९११२.८९५११.३३
१२सिक्टहन (२–६)५३५३७.३९७२४.३६
जम्मा७२,४५७१३६.९५५२९.०८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "७२ नगरपालिका थपिए", अन्नपूर्ण पोष्ट, २५ बैशाख, २०७१, अन्तिम पहुँच २५ बैशाख, २०७१
  4. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", अन्नपूर्ण पोष्ट, २०७१ बैशाख २५, अन्तिम पहुँच २०७१ बैशाख २५ अभिलेखिकरण २०१७-०९-२२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]