धनपाल गढी
Jump to navigation
Jump to search
धनपाल गढी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल हो। सदरमुकाम विराटनगरबाट लगभग २५ किलोमिटर उत्तरपूर्वको कसेनी गाविसमा अवस्थित ऐतिहासिक भग्नावशेष रहेको स्थान राजा धर्मपाल वा धनपालको गढी भनेर चिनिन्छ। यहाँ विद्यमान धनपाल मन्दिर धार्मिक दृष्टिकोणले मात्र नभएर पर्यटकीय दृष्टिकोणले समेत प्रचलित रहेको छ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]