मण्ठपोखरी
![](http://upload.wikimedia.org/wikipedia/ne/thumb/f/f3/%E0%A4%AE%E0%A4%A3%E0%A5%8D%E0%A4%A0%E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A4%B0%E0%A5%80.jpg/200px-%E0%A4%AE%E0%A4%A3%E0%A5%8D%E0%A4%A0%E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A4%B0%E0%A5%80.jpg)
सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक दृष्टिले महत्त्वपूर्ण मण्ठपोखरी विराटनगर उपमहानगरपालिका भित्र पर्ने सवैभन्दा पुरानो तथा ऐतिहासिक स्थल हो। मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिकाको वडा नम्बर १८मा अवस्थित यो पोखरी क्षेत्र २ विगाहा क्षेत्रफलमा फैलिएको छ। विराटनगर उपमहानगरपालिका वडा नं १८ र २१को सिमानामा पर्ने यो स्थानमा एउटा पुरानो शिवालय छ। वि.सं. १९६८ सालमा यहाँका डिगम्बर भैरो गीरीनामक एकजना सन्यासी पुजारीले यो मन्दिर जीर्णोद्धार गराएको कुरा त्यहीको एउटा अभिलेखबाट थाहा हुने गर्दछ। यो मन्दिरको बारेमा स्थानीय मानिसहरूमा प्रचलित एउटा किंवदन्ती अनुसार विगतमा विराटराजाले उनका मित्र बाणासुरको स्मरणमा यो पोखरी स्थानको बाणेश्वर शिवालय बनाउन लगाएका थिए। यस आधारमा यो स्थानको प्राचीनता भेडीयारीको प्राचीनतासँग जोड्न सकिन्छ। यस स्थानमा पोखरीको साथसाथै वाणेश्वर शिवालय र भैरव तथा हनुमानका मन्दिरहरू पनि छन्। यिनीहरूमध्येको वाणेश्वर र भैरवका मन्दिर पोखरीको उत्तरी डिलमा छन् भने हनुमानको मन्दिर भने पोखरीको दक्षिणपश्चिम कुनामा रहेको छ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "मण्ठपोखरी", birattourism.org.np।[स्थायी मृत कडी]