मिक्लाजुङ डाँडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिक्लाजुङ्ग डाँडा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा रहेको प्राकृतिक मनोरम स्थल हो। विराटनगरबाट उत्तरपूर्वको रमितेखोला गाविसमा पर्ने यस डाँडाको उचाई करिव २,४०० मिटर रहेको छ। लिम्बु भाषामा मिक्लाजुङ्गको अर्थ "आँखाले टाढा-टाढा सम्म देख्न सक्ने ठाँउ" भन्ने हुन्छ। यहाँबाट सूर्योदय तथा सूर्यास्तको दृश्य अवलोकन गर्न सकिन्छ। यो डाँडामा चैत-बैशाखमा धेरै थरीको गुराँसहरू फुलेको देख्नसकिन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]