सामग्रीमा जानुहोस्

हरिश्चन्द्र गढी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हरिश्चन्द्र गढी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पर्यटकीय स्थल हो। डायनिया गविसको वडा नम्बर ३ मा अवस्थित यो गढी क्षेत्रले करिब ६५ बिगाहा क्षेत्रफल ओगटेको छ। सदरमुकाम विराटनगर देखि ३४ किमि दक्षिणपूर्वमा रहेको हरिश्चन्द्र गढी राजमार्ग देखि करिब ३ किलोमिटरको दुरीमा रहेको छ। राजवंशीमुसलमान समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा ऐतिहासिक तथा पुरातत्विक महत्त्व बोकेका ढिस्का ढिस्की रहेका छन।

स्थानीय मानिसहरूको भनाईमा हरचन गढीमा पहिले राजा हरिश्चन्द्रको गढी थियो, जहाँ फाँसी दिने र सुली चढाउने काम पनि हुन्थ्यो रे। फाँसी दिने तथा सुली चढाउने खाँवाहरू (खुट्टाहरू) धेरै पछिसम्म पनि त्यसै स्थानमा थिए भन्ने किम्बदन्ती रहेको पाइन्छ। उक्त स्थानहरूमा आदिवासी राजवंशीहरूले थान बनाई पूजाआजा गर्ने गरेका छन् र प्रत्येक वर्षको बैसाखमा मेला लाग्ने गरेको छ। तर मोरङको इतिहासका हरिश्चन्द्र नामक राजाले यहाँ शासन गरेको प्रमाण नपाइने हुँदा राजा हरिश्चन्द्रको थिए भन्ने स्पष्ट छैन। तसर्थ उनलाई मध्यकाल तिरका स्थानीय शासक थिए भन्न सकिन्छ। जुन बेला धनपाल लगायतका शामन्त शासकले अन्य स्थानमा शासन गरेका थिए, त्यस बखत यस भेगमा भने हरिश्चन्द्र नामक स्थानीय शासक रहेका हुन सक्तछन। कालान्तरमा उनको स्थान हरिश्चन्द्रगढीका नामले प्रख्यात भएको मान्न सकिन्छ। हरिश्चन्द्रगढीमा मुसलमानहरूका तीनवटा मस्जिदहरू पनि छन, तिनीहरूको प्राचीनता भने स्पष्ट छैन।[१]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "हरिशचन्द्रगढी", birattourism.org.np [स्थायी मृत कडी]