नवपरिष्कारवाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

परिष्कारवादका मूल्य, मान्यता र प्रवृत्तिसम्बन्धी सिद्धान्त र आदर्शलाई पुनः नवीकरण गर्ने वा पुनः प्रतिष्ठापित गर्ने एक साहित्यिक आन्दाेलन विशेष नै नवपरिष्कारवाद वा नवशास्त्रीयतावाद हाे ।[१]

इतिहास[सम्पादन गर्ने]

नवपरिष्कारवाद इसाको सत्रौं, अठारौं शताब्दीमा युरोपेली साहित्यमा देखा परेको हाे । अङ्ग्रेजीमा यसलाई निओ क्लासिसिज्म भनिन्छ । विशेषतः इसाको सत्रौं, अठारौं शताब्दीतिर फ्रान्समा र बेलायतमा प्रमुख साहित्यिक मान्यताका रूपमा यो वाद प्रचलित भएको पाइन्छ । परिष्कारवादको पुनर्जागरणका रूपमा यसको उदय भएको हाे । अंग्रजी साहित्यका वेन जोन्सन, ड्राइडन, पोप यस वादका प्रमुख समर्थक मानिन्छन् ।

प्रमुख मान्यताहरू[सम्पादन गर्ने]

  • नाटकमा अन्वितित्रयको व्यवस्था,
  • परिष्कारवादको पुनः प्रतिष्ठा कायम गर्नु,
  • प्राचीन ग्रिसेली, रोमेली साहित्यशास्त्रका आधारमा सिद्धान्तको स्थपना गर्नु,
  • प्रकृति र मानवको सुन्दर तथा आदर्श रूपलाई बढी महत्त्व दिनु,
  • नैतिक शिक्षा र उपदेशलाई बढी महत्व दिनु,
  • प्रचीन कविताहरूप्रति प्रतिप्रतिबद्ध हुनुपर्छ भन्ने भनाइ ।
  • एरिस्टाेटलकाे अनुकरण सिद्धान्तलाई व्यापक तुल्याउनु

नेपाली साहित्यमा प्रयोग[सम्पादन गर्ने]

नेपाली साहित्यमा सोमनाथ सिग्द्यालको आदर्शराघव महाकाव्य र साहित्य प्रदीपमा यस वादका अभिलक्षणहरू देख्न सकिन्छ । कवि भरतराज पन्तका काव्यमा पनि यस वादका विशेषताहरू पाइन्छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. जाेशी, डा.कुमारबहादुर (ते.सं. २०५४), पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडाैं ः साझा प्रकाशन

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]