नीतिपरक समालोचना प्रणाली
स्वरूप
साहित्यको मूल प्रयोजन नैतिक शिक्षा मान्ने समालोचनालाई नीतिपरक समालोचना भनिन्छ ।
परिचय
[सम्पादन गर्नुहोस्]मुख्यतः नैतिक, धार्मिक राजनीतिक वा दार्शनिक विषयवस्तुको कलात्मक वा आख्यानात्मक ढङ्मा प्रतिपादन गरी सैद्धान्तिक अथवा व्यावहारिक ज्ञानको शिक्षा दिने उद्देश्यले सिर्जिएको रचनालाई नीतिपरक साहित्य भनिन्छ भने कुनै कृतिमा नीतिवादी मुल्यमान्यताको प्रयोग तथा प्रतिपादन के कति र के कसरी गरएिको छ भनी निर्क्योल गर्ने समालोचनालाई नीतिपरक समालोचना भनिन्छ । [१]
विकासक्रम
[सम्पादन गर्नुहोस्]यस वादका प्रथम प्रवर्तक ग्रीसेली विद्वान् वा चिन्तक प्लेटो (इसापूर्व ४२७-३४८) हुन् । प्लेटोका महान् शिष्य एरिस्टोटल प्लेटोको नीतिवादी धारणाको खण्डन गरेतापनि रोमेली समालोचक होरेस (इ.पू.६५-८) ले आफ्नो पुस्तक आर्स पोइटिका मा नीतिवादी पक्षको प्रबल समर्थन गरेका छन् ।
प्रमुख मान्यता
[सम्पादन गर्नुहोस्]- साहित्यमा नैतिक आदर्श हुनुपर्छ र त्यही आदर्शका सापेक्षतामा साहित्यको मूल्याङ्कन हुनुपर्छ,
- सत् पक्षको समर्थन र असत् पक्षको निन्दा गर्नु सहित्यको धर्म हो,
- कृतिद्वारा स्थापित आदर्शको खोजी गर्नु,
- कृतिमा सदाचार एवं आदर्शको खोजी गर्नु,
- कृतिमा मानव हितकारी तत्त्वको निरूपण गर्नु,
- कृतिगत नैतिक मूल्य र मान्यताको निरूपण गर्नु ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ शर्मा, प्रा.मोहनराज र लुइटेल, डा. खगेन्द्रप्रसाद (दो.सं.२०६३), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार