अतियथार्थवाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अतियथार्थवाद संस्कृत समस्त शब्द हाे । यसकाे शाब्दिक व्युत्पत्ति यसरी गर्न सकिन्छ, जस्तै - अतिक्रान्ताे यथार्थाे येन सः वादः अतियथार्थवादः, अर्थात् बाह्य यथार्थलार्इ अतिक्रमण गरेर अान्तरिक यथार्थसम्म पुग्ने वाद वा सिद्धान्त अतियथार्थवाद हाे । [१]

परिचय[सम्पादन गर्ने]

अतियथार्थवाद अङ्ग्रेजी र्सिरयलिज्मको नेपाली पर्यायका रूपमा रहेको वाद हाे । याे अन्तर्मन अर्थात् अवचेतन मनको यथार्थलाई अभिव्यक्ति दिने बिसौं शताब्दीको एक आन्दोलनका रूपमा पनि परिचित छ । याे सन् १९२१ मा आफुभित्र दादावादलाई प्रवेश गराएर अस्तित्वमा आएको देखिन्छ । फ्रायडेली मनोविश्लेषणबाट प्रभावित यस वादले मुख्यतः अचेतनको अभिव्यक्तिलार्इ अात्मसात गर्छ । यो वाद दोश्रो विश्वयुद्धसम्म व्यापक रुपमा अस्तित्वमा थियो ।

प्रमुख मान्यताहरू[सम्पादन गर्ने]

यस वादका प्रमुख मान्यताहरू यसप्रकार रहेका पाइन्छन् ः

  • परम्परागत रुढी एवं व्यवस्थालाई अस्वीकार गर्नु,
  • अभिव्यक्त हुन नसकेका प्रकृति एवं जीवनका पाटालाई चित्रण गर्नु,
  • यौनको उन्मुक्त तथा नग्न चित्रण गर्नु,
  • बुद्धि विवेकको बन्धनबाट रचनालाई मुक्त गर्नु,
  • अनीश्वरवादी जीवनदर्शन अँगाल्नु,
  • अचेतन लेखनलाई महŒव दिनु ।

नेपाली साहित्यमा यसकाे प्रयोग[सम्पादन गर्ने]

लैनसिंह बाङ्देलको लङ्गडाको साथी र इन्द्रबहादुर राईको आज रमिता छ उपन्यासमा अतियथार्थवादको प्रभाव रहेको पाइन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. जाेशी, डा.कुमारबहादुर (ते.सं. २०५४), पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडाैं ः साझा प्रकाशन

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]