समाजपरक समालोचना प्रणाली
सामाजिक दृष्टिबाट साहित्यिक कृति र कृतिकारको अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने पद्धतिलाई समाजपरक समालोचना प्रणाली भनिन्छ ।
परचिय
[सम्पादन गर्नुहोस्]अङ्ग्रेजी social criticism को नेपाली रूपान्तर समाजफरक समालोचना हो । यो अत्यन्त बहुमुखी एवं उपलब्धिपूर्ण प्रणाली हो । यसले साहित्यकारको सामाजिक सन्दर्भका आधारमा कृतित्वको विश्लेषण गर्छ । साहित्यकारले समाजलाई के कति दिन सक्यो भन्ने कुराको विश्लेषण गर्नु पनि यसको उद्देश्य रहेको पाइन्छ । [१]
विकासक्रम
[सम्पादन गर्नुहोस्]समाजपरक समालोचना प्रणालीको जन्म अठारौँ शताब्दीमा विकोद्वारा गरिएको होमरका कृतिहरूको समाज सापेक्ष विवेचनाबाट भएको देखिन्छ । टेन यसको प्रथम उल्लेख्य प्रयोग कर्ता हुन् । समालोचनालाई समाजपरकतातिर ढल्काउनेमध्ये टेन अग्रणी मानिन्छन् । यस प्रणालीको विकासका क्रममा इसाको बिसौं शताब्दीको तेस्रो दशकमा समाजपरक समालोचनाको मार्क्सवादी धाराको विकास भएको हो । यसलाई विकसित तुल्याउने व्यक्तिहरूमा कार्ल माक्र्स, एङ्गेल्स, प्लेखानोभ, लेनिन, म्याक्सिम गोर्की जस्ता व्यक्तिहरू अग्रपङ्क्तिमा रहेका छन् ।
प्रमुखमान्यता
[सम्पादन गर्नुहोस्]- समाजपरक समालोचना प्रणालीले भौतिकवादी दृष्टिबाट कलासाहित्यको व्याख्या गर्छ,
- यसले कलासाहित्य आदि काल्पनिक सिर्जनाहरू रचनाकारले जीवनमा भोगेका वास्तविक जगत्का प्रतिबिम्ब हुन् भन्ने मान्यता राख्छ,
- यसले साहित्यको सम्बम्ध कल्पना र आदर्शसँग त्यति हुँदैन किनभने यसको आधार ठोस वा वस्तुमुखी हुन्छ भन्ने मान्यता राख्छ,
- यसले एेतिहासिक भौतिकवादको बोध नै समाजवादी यथार्थवाद हो भन्छ,
- यसले द्वन्द्वात्मक भौतिकवादका आधारमा जीवन र जगत्को विश्लेषण एवम् मूल्याङ्कन गर्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ शर्मा, प्रा.मोहनराज र लुइटेल, डा. खगेन्द्रप्रसाद (दो.सं.२०६३), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार