शैलीवैज्ञानिक समालोचना प्रणाली
शैलिवैज्ञानिक समालोचना प्रणाली स्थूलबाट सूक्ष्मतिर जाने र भाषा र शैलीलाई लिएर साहित्यको विवेचना गर्ने समालोचना पद्धति हो ।
परिचय
[सम्पादन गर्नुहोस्]पाश्चात्य जगत्मा शैलीविज्ञान शब्दको सर्वप्रथम प्रयोग इस्वीको उन्नाइसौँ शताब्दीमा भएको हो । १९औं शताब्दीको प्रारम्भमा जर्मन भाषामा स्टिलिस्टिक शब्दको प्रयोग भएको पाइन्छ भने अङ्ग्रेजी भाषमा स्टाइलिस्टिक्स शब्दको प्रयोग १८७२ इ.मा भ्एको देखिन्छ । वर्तमान समयमा शैलीविज्ञान साहित्यिक समालोचनाको नवीनतम विधाका रूपमा देखिएको छ । भाषावादी पद्धति र सिद्धान्तका रूपमा प्रसिद्ध भएको यस पद्धतिलाई आधुनिक वैज्ञानिक पद्धतिका रूपमा लिइन्छ ।[१]
विकासक्रम
[सम्पादन गर्नुहोस्]शैलीवैज्ञानिक समालोचनाको इतिहास निकै पुरानो देखिएता पनि यसले आफ्नो वास्तविक स्वरूप चाहिं वर्तमान समयमा आएर प्रप्त गरेको देखिन्छ । यो प्रणाली युरोप र अमेरिकामा निकै फस्टाएको र युरोप हुँदै एसियाका विभिन्न देशमा भित्रिने क्रममा नेपाली साहित्यमा पनि भित्रिएको हो । बिसौ शताब्दीमा अर्थविज्ञानको एउटा प्रायोगिक शाखाका रूपमा शैलीविज्ञानको उदय भएको हो । यसको प्रथम प्रयोग आई.ए. रिचर्डस र एम्प्सनबाट भएको मानिन्छ ।
प्रमुख मान्यता
[सम्पादन गर्नुहोस्]- यसले भाषाका माध्यमबाट साहित्यको अध्ययन विश्लेषण गर्छ,
- काव्य भाषाको प्रयोग भएको सङ्कथनलाई आफ्नो अध्ययनको विषयवस्तु बनाउँछ,
- यसले कृतिगत शैलीय तत्त्वका आधारमा यथार्थवादी समीक्षा प्रस्तुत गर्छ,
- यसले वस्तुगत रूपमा कृतिको अध्ययम, विश्लेषण र मूल्याङ्कन गर्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ शर्मा, प्रा.मोहनराज र लुइटेल, डा. खगेन्द्रप्रसाद (दो.सं.२०६३), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार