संरचनापरक समालोचना प्रणाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भाषा र साहित्यलाई संरचना मानी व्याख्या विश्लेषण गर्ने भाषाविज्ञान र भाषाशास्त्रबाट विकसित पद्धतिलाई संरचनापरक समालोचना प्रणाली भनिन्छ ।

परिचय[सम्पादन गर्नुहोस्]

कुनै पनि वस्तु, कृति वा विषयको संरचनामाथि केन्द्रित भई त्यसको वस्तुगत र वैज्ञानिक ढङ्गले विश्लेषण गर्ने पद्धति संरचनापरक समालोचना पद्धति हो । भाषा विज्ञानमा संरचनावादी धारणा प्रवेश गराउने सर्वप्रथम व्यक्ति सस्युर हुन् । सस्युरपछि मात्र साहित्य क्षेत्रमा यस दृष्टिकोणको प्रवेश भएको पाइन्छ ।

विकासक्रम[सम्पादन गर्नुहोस्]

यो वाद दोस्रो विश्वयुद्धपछि फ्रान्समा जन्मेको मानवतावाद र जाँ पाल सार्त्रको अस्तित्ववादको प्रतिक्रियाका रूपमा फ्रान्समा देखापरेको पाइन्छ । प्रसिद्ध भाषा शास्त्री सस्युरको Course in Genera/ Linguistics नामक पुस्तकमा प्रस्तुत गरिएको भाषिक चिन्तनले संरचना प्रणालीको आधारभूमि तयार पारेको देखिन्छ । सस्युरबाट प्रभावित फ्रान्सेली विद्वान् क्लड लेभाइस्ट्राउसको Structural Anthropology (१९५९) प्रकाशित भएपछि १९६० को दशकमा आफ्नो वैचारिक स्वरूप ग्रहण गरी यो प्रणाली संसारभर फैलिएको । [१]

प्रमुख मान्यता[सम्पादन गर्नुहोस्]

वस्तुगत विश्लेषणलाई मौलिक सिद्धान्त मान्छ, भाषालाई सर्वोपरि मानी पाठका बुनोटको विश्लेषण गर्छ, कृति वा पाठलाई वैज्ञानिक संरचनायुक्त वस्तु मान्छ, कृतिविश्लेषणमा आगमनात्मक खोज पद्धतिको निर्माण गर्छ, कृतिलाई पूर्ण, जीवन्त, र स्वनिष्ठ तुल्याउने नियमको खोज गरी मूल्याङ्कन तथा विश्लेषण गर्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. शर्मा, प्रा.मोहनराज र लुइटेल, डा. खगेन्द्रप्रसाद (दो.सं.२०६३), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]