नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारमा नेपाललाई एसियामा एक उदार देशका रूपमा गनिन्छ।

भाषा[सम्पादन गर्ने]

नेपालको संविधानले 'यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक' भन्ने छुट्टै विधा संविधानमै उल्लेख गरेका छन्। नेपालको अङ्ग्रेजी बोलीचालीमा 'एलजिबिटी' र 'एलजिबिटिआइ' भन्ने भाषाको प्रयोग गरिएको पाइन्छ। युवा पुस्तामा भने 'क्वयेर' शब्द दुबै अङ्ग्रेजी र नेपालीमा प्रयोग गरिन्छ। यो सँग सँगै नेपालीमा सिभिलैलि र अङ्ग्रेजीमा MOGAI सांक्षेप्तीकरणको पनि उत्तिकै प्रयोग हुन थालिएको छ।

लैङ्गिक पहिचान[सम्पादन गर्ने]

पाँच बुँदे माग[सम्पादन गर्ने]

नागरिकता विधयकमा सन् २०१९मा लैङ्गिक पहिचान सम्बन्धी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूहहरूले ५ बुँदे माग राखेका थिए । नेपालले प्रस्ताव गरेको नागरिकता विधयक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूहको लैङ्गिक अल्पसङ्ख्यकहरूलाई असमावेशी र अमैत्रीपूर्ण भएको हुनाले नेपालका पाँच वटा संस्था लगायत दुई व्यक्तिगत अभियानकर्ताहरूले सांसदमा पाँच बुँदे माग राखेका थिए । ह्यासट्याग #GSM5bude भनेर सामाजिक संजालमा राखे । पाँच संस्था क्वयेर अधिकार समूह नेपाल, मितिनि नेपाल, समावेशी मञ्च नेपाल, शरीर तथा तथ्याङ्क र सहायम नेपाल सँगै दुई व्यक्ति अन्तर्लिङ्गी अधिकारकर्मी इशान रेग्मी र महिला अधिकारकर्मी मिना स्वर्णकारले यो मागपत्र संसद सचिवालय राज्य व्यवस्था तथा सुशासन समितिका सभापतीलाई बुझाएका थिए। उक्त पाँच बुँदे माग यस प्रकारका छन्:

  • कुनै नागरिकता लिन योग्य व्यक्तिले आफ्नो जैविक लिङ्ग (जुन प्रायः जन्म दर्तामा उल्लेख गरिएको हुन्छ) भन्दा फरक लैङ्गिक पहिचान दाबी गरेर नागरिकता लिन चाहन्छ भने नीजले जन्म नाम परिवर्तन गरी सो लैङ्गिक पहिचानबाट नागरिकता लिन पाउनुपर्दछ।
  • नेपाली नागरिकताको प्रमाण पत्र लिई सकेका व्यक्तिहरूले लिङ्ग परिवर्तन गरी नागरिकता लिन निवेदन दिएमा पहिले लिएको नागरिकताको प्रमाणपत्र फिर्ता दिएर नाम र लिङ्ग परिवर्तन गरेर अर्को नागरिकता लिन पाउनुपर्छ।
  • यी शब्दावलीहरूलाई व्याख्यात्मक टिप्पणीमा समावेश गरिदिनुहोला। लिङ्गका महलमा ‘अन्य’ छान्नेहरूले ‘अन्य’ भित्र यी १२ वटा शब्द छान्न पाउने व्यवस्था हुनुपर्छ:
    1. अन्तर्लिङ्गी Intersex
    2. तेस्रोलिङ्गी Third gender
    3. पारलिङ्गी महिला Transgender woman
    4. पारलिङ्गी पुरुष Transgender man
    5. विषुपहिरणी Transvestites
    6. विषुलिङ्गी Transsexual
    7. अलैङ्गी Agender
    8. दुईलिङ्गी Bigender
    9. मिश्रितलिङ्गी Androgyne
    10. द्रवलिङ्गी Gender fluid
    11. गैरानुरूपलिङ्गी Gender non conforming
    12. लैङ्गिक क्वियर Gender queer

अथवा ‘अन्य”को छेउमा खाली ठाउँ हुनुपर्छ जसमा व्यक्तिहरूले आफ्नो लैङ्गिक पहिचान उल्लेख गर्न सकून्।

  • कुनै व्यक्तिले ‘लिङ्गका महलमा अन्य मध्येका शब्दावालीहरू छानेका छन् भने ‘इच्छ्याएको लैङ्गिकता अनुरूप शब्दावली'(preferred gender terms) प्रयोग गर्न पाउने अधिकार हुनुपर्छ। यस अर्थात् नीजले आफूलाई पुरुषवाची शब्द जस्तै ‘श्रीमान्, छोरा, बुबा, आदि’ बाट सम्बोधन गर्न चाहेमा ; स्त्रीवाची शब्द जस्तै ‘सुश्री, छोरी, आमा, आदि’बाट सम्बोधन गर्न चाहेमा; लैङ्गिक ततस्ठ शब्द(gender neutral terms) जस्तै ‘श्री, सन्तान, अभिभावक, आदि’ शब्दबाट सम्बोधन गर्न चाहेमा सोही शब्दहरूबाट सम्बोधित हुनुपर्दछ।
  • नागरिकताको आधारमा नीजले शैक्षिक प्रमाणपत्र, कानुनी पत्रपत्री र अन्य औपचारिक कागजात पनि सोही अनुरूप प्राप्त गर्न सकिने व्यवस्था हुनुपर्दछ। [१] [२]

यसै विषयमा पुनः मार्च २०१९ मा क्वयेर युवा समूहका रुक्शना कपाली, दिया योञ्जन, दिपेश श्रेष्ठ र अन्तर्लिङ्गी अधिकार्कर्मी इशान रेग्मी राज्य व्यवस्था तथा सुशासन समितिमा पाँच बुँदे माग सर्वोच्च अदालतको आदेश बमोजिम छ भनी निवेदन दिन गएका थिए। [३]

जबरजस्ती तेस्रोलिङ्गी भनिनु[सम्पादन गर्ने]

नेपालको पुरातनवादी धारका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारकर्मीहरूले सबै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक 'तेस्रोलिङ्गी' हुन भन्ने विषयमा नयाँ धारमा अधिकारकर्मीहरू सहतम छैनन्। पारलिङ्गी (ट्रान्सजेण्डर)हरूलाई समेत तेस्रोलिङ्गी (थर्ड जेण्डर) घोषणा गरिएकोमा विरोध भएको थियो। २०१९ तिर पारलिङ्गी महिला रुक्शना कपालीले आफूलाई 'तेस्रोलिङ्गी' भनी सम्बोधन गरिएकोमा आपत्ति जनाइ विरोध गरेका थिए। [४][५]

संस्था[सम्पादन गर्ने]

व्यक्तित्व[सम्पादन गर्ने]

सार्वजनिक कार्यक्रम[सम्पादन गर्ने]

मिडिया तथा प्रकाशन[सम्पादन गर्ने]

  • "जाः व यसु खँग्वः मुना", नेपालभाषामा लेखिएको पुस्तक, रुक्शाना कपाली (२०१७) [७]
  • "तेस्रोलिङ्गीको आत्मकथा", भूमीका श्रेष्ठ (२०१८) [८][९]
  • "यौनिकता र लैङ्गिकता सम्बन्धी त्रैभाषिक शब्द संग्रह", अङ्ग्रेजी, नेपालभाषा खस नेपालीमा लेखिएको पुस्तक, रुक्शना कपाली (२०१९) [१०]

दुई धारहरू[सम्पादन गर्ने]

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक आन्दोनका दुई धारहरू छन्

पुरातनवादी धार[सम्पादन गर्ने]

यो धार सन् २००१ मा नील हिरा समाजको स्थापना पश्चात सुरुवात भयो

  • यस धारमा लिङ्गलाई तीन प्रकारमा विभाजित गरि हेरिन्छ
  • यस धारमा बचाउवादी अवधारणा (protectionist) रहेको छ
  • यस धारमा बालक, बालिका, अन्तर्लिङ्गी बच्चा भनी लिङ्गलाई तीन हिस्सामा; महिला, पुरुषतेस्रोलिङ्गी भनी लैङ्गिकतालाई तीन हिस्सामा; र यौन अभिमुखिकरणलाई तीन हिस्सामा हेरिन्छ

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक आन्दोन सुरु गर्ने यही धारका हुन्।

नयाँ धार[सम्पादन गर्ने]

यो धार सन् २०१९ मा क्वयेर अधिकार समूहको स्थापना पश्चात संगठित भयो। असंगठित हिसाबले यसका आवाजहरू पहिले देखि नै उठिरहेका थिए।

  • यस धारमा लैङ्गिकतायौनिकतालाई स्प्रेक्ट्रम र तरल भनी हेरिन्छ
  • यस धारमा लैङ्गिकतालाई वैयक्तिक आत्म-निर्णयको विषय ठान्दछ
  • यस धार अनुसार यौनिकता र लैङ्गिकताको विविधतालाई मान्यता दिइन्छ र तीन भन्दा बढीको मान्यता दिइन्छ। [११] [१२]

संक्षेप तालिका[सम्पादन गर्ने]

समयौनिक यौन सम्पर्क छ
सहमतीको उमेरमा समानता छ
रोजगारमा विभेद विरुद्धाका कानुन छ
सेवा सुविधामा विभेद विरुद्धाका कानुन छ
अरु क्षेत्रमा विभेद विरुद्धाका कानुन छ
समयौनिक विवाह छैन (प्रस्तावित)
समयौनिक जोडीहरूलाई मान्यता छैन (प्रस्तावित)
वैवाहिक समानता छैन (केवल समयौनिक व्यक्तिहरूलाई मात्र लक्षित विवाह प्रस्तावित)
धर्मसन्तान धारण छैन
समयौनिक जोडीद्वारा धर्म सन्तान धारण छैन
यौनिक तथा लैङ्गिक अल्पङ्ख्यकहरू खुलेर सैन्य सेवामा लाग्न सक्ने छ
कानुनी कागजातमा लैङ्गिक पहिचान परिवर्तन गर्ने छ
लिङ्गका महलमा 'अन्य' विधा छ
लिङ्गका महलमा 'अन्य' विधा भित्र थप वर्गिकरण छैन सन् २०१९ मा प्रस्तावित
समयौनिक महिला जोडीलाई आइ भि एफ सेवा छैन
समयौनिक पुरुष जोडीलाई व्यवसायिक सरोगेसी सेवा छैन
पुरुष सँग यौन सम्पर्क राख्ने पुरुषहरूलाई रक्त दान गर्ने समानता छ

सन्दर्भ[सम्पादन गर्ने]