पन्तनगर विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पन्तनगर विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सञ्चालकभारतीय विमानस्थल प्राधिकरण, भारतीय मौसम विज्ञान विभाग
अवस्थित स्थानपन्तनगर
उचाइ समुद्री सतह२३३ m / ७६४ ft
निर्देशाङ्क२९°०१′५६″उ॰ ०७९°२८′२७″पू॰ / २९.०३२२२°N ७९.४७४१७°E / 29.03222; 79.47417निर्देशाङ्कहरू: २९°०१′५६″उ॰ ०७९°२८′२७″पू॰ / २९.०३२२२°N ७९.४७४१७°E / 29.03222; 79.47417
नक्सा
PGH is located in उत्तराखण्ड
PGH
PGH
PGH is located in भारत
PGH
PGH
उत्तराखण्डमा विमानस्थल रहेको स्थान
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
10/28 १,३७२ ४,५०० अलकत्रा

पन्तनगर विमानस्थल (आइएटिए: PGHआइसिएओ: VIPT) भारतको उत्तराखण्ड राज्यको उधमसिंह नगर जिल्लाको पन्तनगरमा अवस्थित एउटा आन्तरिक विमानस्थल हो। यो भारतीय विमानस्थल प्राधिकरणद्वारा सञ्चालित छ। यो कुमाऊँ विभागको सबैभन्दा नजिकको विमानस्थल र कुमाऊँका दुई ठूला सहर हल्द्वानी र रुद्रपुरको बिचमा अवस्थित छ। यो हल्द्वानी सहरबाट मात्र २६ किलोमिटरको दुरीमा रहेको छ। यहाँबाट पर्वतीय सहरहरू नैनीताल (६५ किमी), भीमताल (५० किमी), रानीखेत (११० किमी), अल्मोडा (१२० किमी), बरेली (६५ किमी) र जिम कोर्बेट राष्ट्रिय निकुञ्ज (१२० किमी) को दुरीमा रहेको छ।[२][३]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २००८ सम्म यो विमानस्थलले साना विमान मात्रै समेट्न सकेको थियो। रु ७५ करोडको लागतमा धावन मार्गको लम्बाइ ४,५०० फिट बनाइएपछि यो विमानस्थलले ठूला टर्बोप्रप विमान अटाउन सक्षम भएको छ।[४]

उत्तराखण्ड सरकारले पन्तनगर र इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, दिल्ली बिचको दैनिक उडानहरू सञ्चालन गर्न सन् २००५ र सन् २००८ तिर जगसन एयरलाइन्सलाई सब्सिडीको प्रस्ताव गरेको थियो।[५] सन् २००८ मा धावनमार्गको लम्बाइ बढाउँदा वार्षिक अनुदान नवीकरण गरिएको थिएन्। त्यसपछि सरकारले डेक्कन एभिएसनलाई दिल्ली–पन्तनगर हवाईमार्गमा उडान गर्न आमन्त्रित गरेको थियो।[४] डेक्कन एभिएसनलाई लिएको किङ्फिसर एयरलाइन्सले खराब मौसमले वर्षभरि उडान गर्न नदिएपछि पन्तनगरमा मौसमी उडानहरू गरेको थियो।[६] किङ्फिसरले आफ्नो सेवा र उडान सञ्चालन बन्द गरेदेखि नै यो विमानस्थल व्यावसायिक सेवाविहीन थियो।[७] पन्तनगर विमानस्थलमा अब इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, दिल्ली (सन् २०१४ अक्टोबर १ देखि), [८] र पिथौरागढको लागि हवाई सांस्कृतिक उडानहरू दैनिक रूपमा रहेका छन्।

सन् २०१५ अगस्टमा विमानस्थल सल्लाहकार समितिले विमानस्थललाई कार्गो हबको रूपमा विकास गर्ने र धावनमार्गको लम्बाइ हालको १,३७२ मिटरबाट बढाएर १,८६५ मिटर बनाउने बताएको थियो।[९] यस विमानस्थलमा स्थापनाकालदेखि नै भारतीय मौसम विज्ञान विभागले मौसम विज्ञान सेवाको सुविधा दिएको छ।

विमान र गन्तव्यहरू[सम्पादन गर्नुहोस्]

विमानसेवागन्तव्य(हरू)
इन्डिगोदेहरादुन, दिल्ली, लखनऊ[१०]
स्पाइसजेटदिल्ली[११][१२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://www.world-airport-codes.com/india/pantnagar-5646.html विश्व विमानस्थल कोड
  2. "A gem in perfect setting", The Tribune, २००८-०५-११, अन्तिम पहुँच २००९-०६-२९ 
  3. "Places of Tourist Interest", मूलबाट १६ जुलाई २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २००९  वेब्याक मेसिन अभिलेखिकरण १६ जुलाई २००९ मिति
  4. ४.० ४.१ "Fly to Pantnagar, Uttarakhand asks Deccan", Business Standard, २००८-०३-२६, अन्तिम पहुँच २००९-०६-२९ 
  5. "In its bid to connect the state through aviation, Uttarakhand government today signed an agreement with private carrier Jagson Airlines to launch a direct flight between Delhi and Pantnagar", Asia Africa Intelligence Wire, Financial Times, २००५-१०-२८, अन्तिम पहुँच २००९-०६-२९ 
  6. "Kingfisher looks to shut some stations, reduce workforce", Hindustan Times, १७ नोभेम्बर २०११, अन्तिम पहुँच १२ डिसेम्बर २०११ 
  7. "Government fails to resume regular flights to Pantnagar airport", The Pioneer, २२ जनवरी २०१४, अन्तिम पहुँच ७ अगस्ट २०१४ 
  8. "Pantnagar Airport to see regular flights again", The Pioneer, ११ सेप्टेम्बर २०१४, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१४ 
  9. Pantnagar airport to be developed as cargo hub
  10. "IndiGo strengthens domestic network with the launch of Pantnagar as 72nd destination in 6E network", IndiGo, अन्तिम पहुँच २३ फेब्रुअरी २०२२ 
  11. Alliance Air to start flights on Pantnagar-Dehradun route from Jan 4 - The Economic Times
  12. "Comprehensive list of Awarded RCS Routes state wise", Airport Authority of India, अन्तिम पहुँच ५ मार्च २०१९  वेब्याक मेसिन अभिलेखिकरण २७ फेब्रुअरी २०१९ मिति