प्राजक्ता कोली
| प्राजक्ता कोली | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
सन् २०१८ मा प्राजक्ता कोली | ||||||||||
| निजी जानकारी | ||||||||||
| जन्म | २७ जुन १९९३ | |||||||||
| राष्ट्रियता | भारतीय | |||||||||
| पेशाs | ||||||||||
| वेबसाइट | mostlysane | |||||||||
| युट्युब च्यानल जानकारी | ||||||||||
| सक्रिय वर्षहरू | सन् २०१५ - अहिलेसम्म | |||||||||
| प्रकार(हरू) |
| |||||||||
| सदस्यहरू | ५७.४ लाख (१ अक्टोबर २०२०) | |||||||||
| हेराइ | ७७.२ करोड (१ अक्टोबर २०२०) | |||||||||
| ||||||||||
प्राजक्ता कोली (मराठी: प्राजक्ता कोळी) एक भारतीय युट्युबर र ब्लगर हुन्।[१] उनी युट्युबमा "मोस्टलीसेन" भनेर प्रसिद्ध छन्। उनका भिडियोहरूमा दैनिक जीवन र सामान्य स्थितिहरूलाई हास्य रूपमा प्रस्तुत गरिन्छ।[२]
कार्य जीवन
[सम्पादन गर्नुहोस्]उनले सन् २०१५ मा आफ्नो युट्युब च्यानल सुरु गर्नु अघि फिभर १०४ एफएममा प्रशिक्षार्थीको पदमा आफ्नो कार्य जीवनको सुरुवात गरेकी हुन्।[३]
प्राजक्ता युट्युबको प्रमुख कार्यकारी अधिकृत सुसन वोज्सिकीसँग युट्युबलाई युवाहरूका लागि सुरक्षित बनाउन चालिएका कदमबारे अन्तर्वार्ता गर्ने प्रथम डिजिटल निर्माता बनेकी छन्।[४][५]
कोलीले करीना कपुर खान, नवाजुद्दीन सिद्दीकी र विक्की कौशलजस्ता बलिउड अभिनेताहरूसँग काम गरेकी छन्।[६][७] यसका साथै उनलाई क्याप्टेन मार्वलको पहिलो प्रस्तुतिमा ब्री लार्सन र स्याम्युएल एल ज्याक्सनसँग अन्तर्वार्ता गर्न मार्वलद्वारा निम्त्याइएको थियो।[८][९]
सन् २०१८ मा दिल्ली र सन् २०१९ मा मुम्बईमा युट्युब फ्यानफेस्टमा प्रदर्शन गरेकी थिइन्।[१०] डिसेम्बर २०१८ मा उनले ह्वाट्सएपको माध्यमबाट गलत सूचनाको प्रवाहबाट सावधान रहन सचेत गराउने विज्ञापन रेकर्ड गरेकी थिइन्।[११][१२]
फेब्रुअरी २०१९ मा उनी फोर्ब्सको ३० अन्डर ३०, आउटलुकको विमेन अफ वर्थ र अन्ट्रप्रनुर इन्डियाको ३५ अन्डर ३५ मा सूचिकृत भइन्।[१३][१४] त्यही वर्ष उनी कस्मोपोलिटनको युट्युबर अफ द यरबाट पनि पुरस्कृत भइन्।[१५]
२१ जनवरी २०२० मा उनको प्रिट्टी फिट नामक युट्युब ओरिजिनल्स शृङ्खलाको पहिलो भागको प्रसारण गरियो, जसमा उनले करीना कपुर, नेहा कक्कड, सानिया मल्होत्रा, आरजे मलिश्का, मिथिला पाल्कर र सुमुखी सुरेशजस्ता प्रभावकहरूसँग अन्तर्वार्ता गर्नुको साथै विभिन्न रोमान्चक खेल खेलिन्छ।[१६]
जनवरी २०२० मा कोलीलाई ग्राजिया इन्डियाको वार्षिक कुल लिस्टमा समावेश गरिएको थियो।[१७] अप्रिल २०२० मा बिजनेसवर्ल्डको सबैभन्दा प्रभावकारी महिलाहरूको सूचिमा उनलाई राखिएको थियो।[१८]
जुलाई २०२० मा उनले यशपाल शर्माको साथ हरियाणाका ग्रामीण क्षेत्रका महिलाहरूलाई सशक्त बनाउने छोटो चलचित्र खयाली पुलावमा देखिइन्।[१९][२०][२१]
सामाजिक अभियान
[सम्पादन गर्नुहोस्]#iPledgeToBeMe
[सम्पादन गर्नुहोस्]सन् २०१६ मा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा कोलीले #iPledgeToBeMe अभियानको सुरुवात गरिन्, जसले मानसिक स्वास्थ्य र आफ्नो शरीरलाई स्वीकार्नुमा जोड दिन्छ। मे २०१७ मा उनले आफ्नो शरीरलाई स्वीकार्ने क्रममा आएका बाधाहरूबारे खुलासा गर्दै शेमलेस नामक र्याप गीत निकालिन्, जसको भिडियोमा रफ्तार, आरजे मलिश्का र मिथिला पाल्करलाई देख्न सकिन्छ।[२२]
#GirlsCount
[सम्पादन गर्नुहोस्]सन् २०१८ मा उनले महिला शिक्षाको महत्त्वबारे चर्चा गर्दै वन क्याम्पेनको #GirlsCount अभियानमा आफ्नो सहभागिता जनाइन्।[२३]
द युएन एन्ड गोलकीपर्स इनिशिएटिभ
[सम्पादन गर्नुहोस्]सेप्टेम्बर २०१९ मा उनी अन्तर्राष्ट्रिय सहिष्णुता दिवसको अवसरमा भारतको प्रतिनिधिको रूपमा संयुक्त राष्ट्रसङ्घको सचिवालय र बिल र मेलिन्डा गेट्स संस्थानको गोलकीपर्स अभियानमा सहभागी हुन न्यू योर्क पुगेकी थिइन्।[५]
क्रिएटर्स फर चेन्ज
[सम्पादन गर्नुहोस्]मे २०१८ मा उनले युट्युबको क्रिएटर्स फर चेन्जमा भाग लिएकी थिइन्।[२४][२५] उनले आफ्नो प्रतिवेदनको रूपमा नो ओफेन्स नामक गीत बनाएकी थिइन्, जसलाई संयुक्त राष्ट्रसङ्घमा अन्तर्राष्ट्रिय सहिष्णुता दिवसको अवसरमा देखाइएको थियो।[२६]
सन् २०२० मा क्रिएटर्स फर चेन्जको एक विशेष भागको लागि प्राजक्ताले मिसेल ओबामा, लाइजा कोशी र थेम्बे माहलाबासँग मिलेर विभिन्न देशका केटीहरूसँग उनीहरूको पढाइको अवसर र अवस्थाबारे अन्तर्वार्ता गरिन्।[२६][२७]
द कल टु युनाइट र रूम टु रीड
[सम्पादन गर्नुहोस्]१ मे २०२० मा ओपरा विनफ्री, जुलिया रोबर्ट्स, इभा लङ्गोरिया, दीपक चोपडालगायत अन्य व्यक्तित्वहरू मिलेर आयोजित द कल टु युनाइटमा प्राजक्ताले भारतको प्रतिनिधित्व गरिन्।[२८] २०१९-२० कोरोना भाइरस प्रकोपले प्रभावित आम जनताको समर्थन र बाल शिक्षाको महत्त्व झल्काउने उद्देश्यले आयोजित यस २४ घण्टा लामो कार्यक्रम युनाइट र रूम टु रीडको सहकार्यले सफल भयो।[२९][३०]
गायन र सङ्गीत
[सम्पादन गर्नुहोस्]| वर्ष | नाम |
|---|---|
| सन् २०१७ | "शेमलेस" |
| सन् २०१८ | "नो ओफेन्स" |
| सन् २०२० | "ये डिस गाना है" |
| सन् २०२० | "पर लकडाउन होगया" |
अभिनय
[सम्पादन गर्नुहोस्]| वर्ष | नाम | भूमिका | निर्देशक | भाषा | टिप्पणी |
|---|---|---|---|---|---|
| सन् २०२० | खयाली पुलाव | आशा | तरुण डुडेजा | हरियाणवी | युट्युबमा निकालिएको छोटो चलचित्र |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Meet Prajakta Koli and everything insane that makes her 'Insane'", indianexpress, ३ अगस्ट २०१८।
- ↑ ScoopWhoop (२०१८-०१-३०), "Meet Prajakta Koli, The Funny Girl From Mumbai The Internet Is Falling In Love With", ScoopWhoop (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२८। अभिलेखिकरण २०१९-०३-२७ वेब्याक मेसिन
- ↑ "Queen of content Prajakta Koli takes us inside her life as a popular YouTuber", indiatoday।
- ↑ "YouTube CEO Susan Wojcicki reveals future plans to YouTube personality Prajakta Koli - Exchange4media", Indian Advertising Media & Marketing News – exchange4media (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०७-१६।
- 1 2 "Haters don't affect me: Prajakta Koli", Outlook India Magazine, अन्तिम पहुँच २०२०-०७-१६।
- ↑ "Responsibility Has Become A Huge Focus For YouTube: Susan Wojcicki", Forbes India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ फेब्रुअरी २०२०।
- ↑ "Kareena Kapoor Khan digs ground; video goes viral", mid-day (अङ्ग्रेजीमा), ५ अक्टोबर २०१९, अन्तिम पहुँच २७ फेब्रुअरी २०२०।[स्थायी मृत कडी]
- ↑ "‘I can tell criticism from hate’: Prajakta Koli", DNA India (अङ्ग्रेजीमा), २०१९-०६-३०, अन्तिम पहुँच २०२०-०७-२३।
- ↑ Mar 18, Anuka RoyAnuka Roy / Updated:; 2020; Ist, 07:30, "A sane-sational girl", Mumbai Mirror (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०७-२३।
- ↑ "Uber Eats, Vivo, 5 Star do tamasha at YouTube FanFest 2019", afaqs!, अन्तिम पहुँच २०१९-११-०६।
- ↑ "WhatsApp's first India-specific TVCs attack fake news", www.afaqs.com (en-USमा), २०१८-१२-०३, अन्तिम पहुँच २०१८-१२-१४। अभिलेखिकरण २०१९-०३-२२ वेब्याक मेसिन
- ↑ WhatsApp, WhatsApp - जन्मदिन बाँटिये, हंसी-मजाक बाँटिये, खुसीयाँ बाँटिये, अफवाहें नहीं., अन्तिम पहुँच २०१८-१२-१४।
- ↑ "Prajakta Koli – Outlook Business WoW" (en-USमा), अन्तिम पहुँच २०१९-११-०६। अभिलेखिकरण २०१९-११-०६ वेब्याक मेसिन
- ↑ Sabharwal, Punita (२०१९-०२-०९), "Entrepreneur Reveals its 35 Under 35 Class of 2019", Entrepreneur (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-११-०६।
- ↑ Satote, Monika (२०१९-०३-२७), "Cosmopolitan Awards Winners 2019: See The Full Report", Headlines of Today (en-USमा), अन्तिम पहुँच २०१९-११-०६। अभिलेखिकरण २०१९-०७-२५ वेब्याक मेसिन
- ↑ Samosa, Social (२०२०-०१-१७), "YouTube announces fitness-themed Original show in Indian market", Social Samosa (en-USमा), अन्तिम पहुँच २०२०-०१-२०।
- ↑ "Prajakta Koli for Grazia Cool List 2020", grazia.co.in (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०४-१९।
- ↑ "Anushka Sharma, Anita Dongre & Dipali Goenka among Business World’s Most Influential Women - Exchange4media", Indian Advertising Media & Marketing News – exchange4media (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०४-१९।
- ↑ "Prajakta Koli Makes Her Acting Debut In Short Films With Khayali Pulav", femina.in (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०७-२३।
- ↑ "YouTube Star Prajakta Koli Makes Acting Debut with Short Film 'Khayali Pulav'", News18, अन्तिम पहुँच २०२०-०७-२३।
- ↑ "Khayali Pulao review: Prajakta Koli’s short film is simple, sweet and uplifting", The Indian Express (अङ्ग्रेजीमा), २०२०-०७-१४, अन्तिम पहुँच २०२०-०७-२३।
- ↑ MostlySane (२०१७-०५-२५), Shameless (शेमलेस) by Prajakta Koli ft. Raftaar | MostlySane | #iPledgeToBeMe, अन्तिम पहुँच २०१९-०३-०८।
- ↑ Roy, Dhaval (२०१८-११-१२), "Prajakta Koli’s video to be screened by the UN", DNA India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०७-२३।
- ↑ "AIB, Niharika NM, MostlySane Join YouTube's 'Creators For Change' Program", News18, अन्तिम पहुँच २०१८-०५-१०।
- ↑ "YouTube on Twitter", Twitter (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०५-१०।
- 1 2 Agarwal, Mihika (१७ मार्च २०२०), "Meet the Indian vlogger who joined forces with Michelle Obama to fight for girls' education", Vogue India, अन्तिम पहुँच २२ जुन २०२०।
- ↑ Haithman, Diane; Haithman, Diane (२०२०-०१-१८), "YouTube ‘Creators for Change’ Anticipates Michelle Obama Interview – TCA", Deadline (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०१-२०।
- ↑ "Prajakta Koli to represent India at 'The Call To Unite' event featuring Oprah Winfrey, Julia Roberts and others - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०७-२९।
- ↑ "Room to Read Joins The Call to Unite with Julia Roberts and Prajakta Koli", www.roomtoread.org, अन्तिम पहुँच २०२०-०७-२९।
- ↑ "COVID-19: Prajakta Koli Joins Julia Roberts, Oprah Winfrey In The Call to Unite 24-hour Livestream", News18, अन्तिम पहुँच २०२०-०७-२९।