सामग्रीमा जानुहोस्

बङ्गाली बौद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बङ्गाली बौद्ध
বাঙালি বৌদ্ধ
जम्मा जनसङ्ख्या
 बङ्गलादेश ३,५०,०००
 भारत ४,०८,०८० (पश्चिम बङ्गाल (२,८२,८९८) र त्रिपुरा (१,२५,१८२)
भाषाहरू
बङ्गाली (स्थानीय), संस्कृतपाली (लोकभाषा, प्रायः मृत), अङ्ग्रेजीहिन्दी (आधिकारिक प्रयोगका लागि द्वितीय भाषा)
धर्महरू
थेरवाद
सम्बन्धित जातीय समूह
बङ्गाली मुसलमान, बङ्गाली हिन्दु, बङ्गाली इसाई

बङ्गाली बौद्ध बङ्गालीहरूको एक धार्मिक उपसमूह हो जसले बौद्ध धर्मको अनुसरण वा अभ्यास गर्दछ। बङ्गाली बौद्ध धर्मावलम्बीहरू मुख्यतया बङ्गलादेशभारतीय राज्यहरू पश्चिम बङ्गालत्रिपुरामा बसोबास गर्दछन्।

बङ्गालमा बौद्ध धर्मको एक समृद्ध प्राचीन परम्परा रहेको छ। जब महायान र वज्रयान विचारहरू फस्टाउन थाले तब यो क्षेत्र प्राचीन बौद्ध मौर्य र पाल साम्राज्यहरूको गढ बनेको थियो। दक्षिणपूर्वी बङ्गालमा १६औँ र १७औँ शताब्दीमा मध्ययुगीन बौद्ध राज्य आराकानद्वारा शासित थियो। ब्रिटिस राजले आधुनिक समुदायहरूको उदयमा प्रभाव पारेको थियो। यस समयका बङ्गाली बौद्धहरू थेरवाद बौद्ध धर्मका अनुयायीहरू हुन्।[]

पाल वंशको सोमपुरा महाविहार, विश्व सम्पदा क्षेत्र

प्राचीन बङ्गाल बौद्ध शिक्षा र कलाको केन्द्र थियो। विशेषगरी वारी–बटेश्वर, चन्द्रकेतुगढ, पहाडपुर, महास्थानगढ र मयनामतीमा विभिन्न बौद्ध अवशेषहरू उत्खनन गरिएको थियो। अशोकको नेतृत्वमा मौर्य साम्राज्यले ईसापूर्व दोस्रो शताब्दीमा यस क्षेत्रमा आफ्नो कुलीनता विस्तार गरेको थियो। अशोकले आफ्नो साम्राज्य र प्राचीन संसारमा बौद्ध धर्मको प्रसार गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। बङ्गालमा मौर्य शासनको स्थापना समतटद्वारा स्थापना गरिएको थियो।[]

एकपछि अर्को बौद्ध शक्तिहरूले भारतीय उपमहाद्वीपमा हिन्दु र जैन राजाहरूसँग सर्वोच्चताका लागि लडेका थिए। बङ्गाली बौद्ध पाल साम्राज्यको उदय आठौँ शताब्दीमा भएको थियो। इस्वी संवत् ७५० तिर बौद्ध धर्मगुरु गोपाल प्रथमको निर्वाचनद्वारा स्थापित यो साम्राज्य शास्त्रीय एसियाको सबैभन्दा ठुलो साम्राज्यवादी शक्तिमध्ये एक बन्न सफल भएको थियो। त्यसपछि पालहरूले महायान र तान्त्रिक बौद्ध धर्मको प्रचार गरेका थिए। उनीहरूले त्यसपछि धेरै मन्दिर, गुम्बा र कलाका सिर्जनालाई संरक्षण दिएका थिए। पालहरूले अब्बासिद खलिफा, तिब्बती साम्राज्य र श्रीविजय साम्राज्यसँग बलियो मैत्रीपूर्ण सम्बन्ध राखेका थिए। धर्मपाल र देवपालको शासनकालमा यो साम्राज्य चरमोत्कर्षमा पुगेको थियो।पुनरुत्थान गरिएको हिन्दु सेन वंशले प्रतिस्थापन गर्नु पूर्व उनीहरूले चार शताब्दीसम्म यहाँ शासन गरिरहेका थिए। ब्राह्मण उत्पीडनले भारतमा बौद्ध धर्मको पतनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। त्यसपछिको दिनहरूका यस क्षेत्रमा मुसलमानहरू हावी हुन पुगेका थिए।[]

दक्षिण-पूर्वी बङ्गलादेशको मयनामतीमा बौद्ध भग्नावशेष

दक्षिणपूर्वी बङ्गालमा बौद्ध समुदायका अवशेषहरू फस्टाउँदै गएको थियो। १६औँ र १७औँ शताब्दीमा आराकान राज्यको बौद्ध साम्राज्यले यस क्षेत्रमा शासन गरेको थियो। यो क्षेत्र १८औँ शताब्दीको उत्तरार्धमा ब्रिटिस साम्राज्यको हातमा सुम्पिएको थियो। यस अवधिमा एउटा पुनरुत्थान आन्दोलनको विकासित हुन पुगेको थियो। यसले थेरवाद भिक्षुहरूका दुई आदेशहरू, सङ्घराज निकाय र महास्थवीर निकायको विकास गरेको थियो।[]

२०औँ शताब्दीको प्रारम्भमा ब्रिटिस राजको समयमा बङ्गाली बौद्धहरूले पश्चिमी शिक्षाबाट लाभ उठाएका थिए। प्राध्यापक बेनिमाधज बडुवा लन्डन विश्वविद्यालयबाट डाक्टर अफ लेटर्सको स्नातकोत्तर प्राप्त गर्ने पहिलो एसियाली बनेका थिए।[] बङ्गाली बौद्ध कार्यकर्ता र छापामार आन्दोलनकारीहरू पनि बङ्गलादेशको स्वतन्त्रता युद्धमा सक्रिय देखिएका थिए।

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]
महेशखाली टापु, चट्टोग्राममा एक बौद्ध गुम्बा

बङ्गाली बौद्ध समुदायको मुख्य भाग बङ्गलादेशमा रहेको छ। उनीहरूले सामान्यतया उच्च साक्षरता दर हासिल गरेका छन्। उनीहरू बङ्गलादेशी मध्यम वर्ग अन्तर्गत पर्दछन्। उनीहरू विशेषगरी बन्दरगाह सहर चट्टोग्राममा बसोबास गर्दछन्। यस समुदायका धेरै सदस्यहरू ढाका, कक्सबाजारकुमिल्लामा बस्छन्। पूर्वी भारतको राज्य राजधानी अगरतला र कलकत्तामा पनि बङ्गाली बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको छ।

बङ्गाली बौद्ध धर्मावलम्बीहरूको जनसङ्ख्या बङ्गलादेशको कुल जनसङ्ख्याको ०.४ प्रतिशत वा ५,००,००० रहेको छ। भारतको सन् २०११ को जनगणना अनुसार पश्चिम बङ्गालमा बङ्गाली बौद्ध धर्मावलम्बीहरूको कुल जनसङ्ख्याको ०.३ प्रतिशत वा २,८२,८९८ रहेका छन्। त्रिपुराको कुल जनसङ्ख्याको ३.४४ प्रतिशत अर्थात् १,२५,१८२ सङ्ख्यामा बौद्ध धर्मावलम्बीहरू रहेका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Bechert, Heinz (१९७०), "Theravada Buddhist Sangha: Some General Observations on Historical and Political Factors in its Development", The Journal of Asian Studies 29 (4): 761–778, जेएसटिओआर 2943086, डिओआई:10.2307/2943086 
  2. Jerry Bentley, Old World Encounters: Cross-Cultural Contacts and Exchanges in Pre-Modern Times (New York: Oxford University Press, 1993), 46.
  3. http://www.bmri.org.uk/articles/pre-islam_bengal_society.pdf
  4. "Jewel in the Crown: Bengal's Buddhist Revival in the 19th and 20th Centuries" 
  5. "Opinion - A glimpse of Buddhism in ancient Bangladesh", buddhistchannel.tv