सामग्रीमा जानुहोस्

मिस नेपाल २००७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिस नेपाल २००७
{
मिति:अप्रिल ७, २००७
स्थानवीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन सभा केन्द्र, काठमाडौँ
प्रशारकनेपाल टेलिभिजन
विजेतासौन्दर्य प्रतियोगिता विजेता, सिताश्मा चन्द
ललितपुर

डावर वाटिका मिस नेपाल २००७, मिस नेपाल अन्तर्गतको १३औँ संस्करण वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन सभा केन्द्र, काठमाडौँमा सन् २००७ अप्रिल ७ मा सम्पन्न भएको हो । यस प्रतियोगिताको विजेता पाटनकी सिताश्मा चन्द भइन ।[]

यस प्रतियोगिता हुँदैगर्दा माओवादी तथा नारीवादी सङ्गठनहरूले खुबै हो-हल्ला गरेका थिए ।[] यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट गरिएको थियो । यस प्रतियोगिताका मुख्य सञ्चालकमा अभिनेता राजेश हमाल रहेका थिए ।

यस प्रतियोगिताको विजेता सिताश्मा चन्द भइन जसले नेपालको प्रतिनिधित्व गर्दै जनवादी गणतन्त्र चीनको सान्यामा सम्पन्न मिस वर्ल्ड २००७मा सहभागिता जनाइन । त्यसैप्रकार पहिलो उप-विजेता बन्दना शर्माले नेपालको प्रतिनिधित्व भियतनामको हा ट्राङमा सम्पन्न मिस अर्थ २००७ मा सहभागिता जनाइन ।

अन्तिम नतिजा प्रतियोगी
मिस नेपाल २००७ सिताश्मा चन्द
पहिलो रनर-अप बन्दना शर्मा
दोस्रो रनर अप श्वेता शाह
तेस्रो रनर अप विभा प्रजापति
चौथौ रनर अप बबिता मानन्धर
उत्कृष्ट १०
  • जननी बज्राचार्य
  • रश्मी केसी
  • शृष्टी मानन्धर
  • ऋचा शर्मा
  • सावित्रा श्रेष्ठ

प्रतियोगीहरू

[सम्पादन गर्नुहोस्]
#प्रतियोगीउमेरउचाईगृहनिवास
नानी माया खड्का२५५'५ सुनसरी
ऋचा शर्मा१९५'५ कैलाली
रोजी बर्नवाल२१५'७ बाँके
श्वेता शाह२२५'६ ललितपुर
भुमिका श्रेष्ठ२४५'४ काठमाडौँ
मानवी ढकाल२०५'४ झापा
सिताश्मा चन्द२३५'८ ललितपुर
विभा प्रजापति२३५'६ काठमाडौँ
पुनम शाही२३५'४ काठमाडौँ
१०शृष्टी मानन्धर२१५'९ काठमाडौँ
११बन्दना शर्मा२२५'४ ललितपुर
१२बबिता मानन्धर२१५'६ काठमाडौँ
१३जननी बज्राचार्य२२५'४ काठमाडौँ
१४निशा खातुन२०५'४ काठमाडौँ
१५ममता प्रधान२३५'४ मोरङ
१६रश्मी केसी१९५'७ रुपन्देही
१७लक्ष्मी लामा२१५'४ काठमाडौँ
१८सावित्रा श्रेष्ठ२०५'५ रुपन्देही
१९नीलिमा रञ्‍जित१९५'४ काठमाडौँ

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Press", Miss Nepal, अन्तिम पहुँच २०१२-०३-०२ अभिलेखिकरण २००८-०७-२३ वेब्याक मेसिन
  2. "Protest against Miss Nepal contest", The Himalayan Times, अन्तिम पहुँच ४ अप्रिल २००७

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]