सामग्रीमा जानुहोस्

मिस नेपाल २०१३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिस नेपाल २०१३
मिति:२० मार्च २०१३ []
स्थाननेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ, नेपाल
प्रशारकनेपाल टेलिभिजन
विजेताइशानी श्रेष्ठ
कोलोराडो

मिस नेपाल प्रतियोगिता - २०१३ सन् २०१३ मार्च २०मा भयो । यस प्रतियोगितामा मिस नेपालको उपाधि इशानी श्रेष्ठले हासिल गरिन् । उनीपछि प्रथम रनर-अप र द्वितीय रनर-अप क्रमशः रोजिशा शाही ठकुरीश्रीतिमा शाह भएका थिए । यो प्रतियोगिता हिडन ट्रेजरले आयोजना गरेको थियो । विजेताले ५० हजार, दोस्रोले ३५ र तेस्रोले २५ हजार रूपैयाँ नगद र एउटा अपार्टमेन्ट पाए । मिस फोटोजेनिक श्रीतिमा शाह, पन्क्चुआलिटी मेघना श्रेष्ठ, ब्युटिफुल स्माइल रिजु श्रेष्ठ, बेस्ट वाक इशानी श्रेष्ठ, ट्यालेन्ट सिपोरा गुरुङले जितिन्। एसएमएसमा बढी मत पाएर मिस बब्ली उपाधि अस्मिता सिटौलाले जितिन्।

प्राप्त स्थान

[सम्पादन गर्नुहोस्]
अन्तिम नतिजा उम्मेदवार
मिस नेपाल वर्ल्ड २०१३
मिस नेपाल इन्टरनेसनल २०१३
मिस नेपाल अर्थ २०१३
थर्ड रनर अप
फोर्थ रनर अप
  • टेक्सास - सुमी मोक्तान लामा
उत्कृष्ठ १०
  • ललितपुर - प्रतिमा गिरी
  • पोखरा - रक्षा थापा
  • झापा - अश्मिता सिटौला
  • भद्रपुर - रीतु श्रेष्ठ
  • काठमाडौँ - ओशिमा बानु

विशेष अवार्डहरू

[सम्पादन गर्नुहोस्]
  • मिस पर्सनालिटी - समिक्षा श्रेष्ठ
  • मिस ट्यालेन्ट - सिपोरा गुरुङ
  • मिस बेस्ट क्याटवाक - इशानी श्रेष्ठ
  • मिस बेस्ट स्माइल - रीजु श्रेष्ठ
  • मिस फ्यान्टा बब्ली पर्सनालिटी - अश्मिता सिटौला

उम्मेदवारहरू

[सम्पादन गर्नुहोस्]
#उम्मेदवारउमेरउचाइ
(सेमी)
उचाइ
(फिट)
स्थान
समिक्षा श्रेष्ठ२११७०५'७"बिहार
रचना भारती२०१६८५'६"महेन्द्रनगर
सिपोरा गुरुङ१९१७७५'९.५"पोखरा
बिन्दु केसी२३१७३५'८"स्याङ्जा
माया साउद२३१७४५'८.५"धनगढी
इशानी श्रेष्ठ२११७५५'९"कोलोराडो
सुजाता बलामी२०१७०५'७"मकवानपुर
मेघना श्रेष्ठ२२१७३५'८"धरान
सृतिमा शाह२११७४५'८.५"काठमाडौँ
१०प्रतिमा गिरी२०१६८५'६"ललितपुर
११ओशिमा बानु२४१६९५'६.५"काठमाडौँ
१२रक्षा थापा२२१७३५'८"पोखरा
१३रोजिशा शाही ठकुरी१९१७८५'१०"धापाखेल
१४अश्मिता सिटौला२०१७७५'९.५"झापा
१५सुमी लामा२३१७०५'७"टेक्सास
१६रेणु पोखरेल२०१७४५'८.५"बिराटनगर
१७ऐश्वर्या उपध्याय१९१७२५'७.५"इटहरी
१८रीजु श्रेष्ठ२२१७३५'८"भद्रपुर
  • उम्मेदवार#३, सिपोरा गुरुङ नेपालको राष्ट्रिय स्तरकी भलिबल खेलाडी हुन । []
  • उम्मेदवार#८, मेघना श्रेष्ठ मिस टिन कलेज २००९की फस्ट रनर अप हुन् ।
  • उम्मेदवार#१०, प्रतिमा गिरी एनटिभी प्लसमा प्रसारण हुने प्ले इट अन (Play it On) नामक कार्यक्रमकी प्रस्तोता हुन् ।
  • उम्मेदवार#११, ओशिमा बानुले सन् २०१२को फेस अफ दी क्लासिक डायमन्ड फर टाइमलेस प्यारागन ज्वेलरी (Face of the Classic Diamond for Timeless Paragon Jewellery) अवार्ड जितेकी थिइन् ।
  • उम्मेदवार#१२, रक्षा थापा फिलिपिन्सको सेबु सिटीमा सन् २०१०मा आयोजित मिस सिग्लाकसको उपाधि तथा फिलिपिन्सकै सान कार्लोस सिटीमा सन् २००९मा मिस भिएमयुएफ (VMUF) प्रतियोगितामा फस्ट रनर अप जित्न सफल भएकी थिइन् ।
  • उम्मेदवार#१४, अश्मिता सिटौला मिस टिन नेपाल २०११को उत्कृष्ठ ५ फाइनलिस्टमा छानिएकी थिइन ।
  • उम्मेदवार#१५, सुमी मोक्तान लामा मिस तामाङ २०१२ की विजेता हुन् ।[]
  • उम्मेदवार#१८, रीजु श्रेष्ठ मिस नेपाल ग्लोबल २०१२को उत्कृष्ठ ५ फाइनलिस्टमा छानिएकी थिइन ।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]