मुबायली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इतिहाद इतिसालात कम्पनी
माुबायली
मौलिक नाम
اتحاد اتصالات
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपसाउदी सेयर बजार: ७०२०
आइएसआइएनSA000A0DM9P2
उद्योगदूरसञ्चार
स्थापित१४ डिसेम्बर २००४; १९ वर्ष पहिले (२००४-१२-14)
केन्द्रीय कार्यालय
सेवा क्षेत्र
साउदी अरब
मुख्य व्यक्ति
Sulaiman Abdulrahman Algwaiz (अध्यक्ष)
Ahmed Aboudoma (कार्यकारी अधिकृत)
फेज अवाद (मानव संसाधन अधिकारी)
Kais Ben Hamida (बित्तिय अधिकारी)
सेवाहरूनिश्चित लाइन, मोबाइल फोन, र इन्टरनेट सेवा प्रदायक
राजश्वसाउदी रियल ६.७ बिलियन (३० जून २०१६)
परिचालन आय
२८४ मिलियन (३० जून २०१६)
३५.४ मिलियन (३० जून २०१६)
कुल सम्पत्ति39,262,461,000 साउदी रियाल[१] (2019) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
मालिकइतिसालात (२७.४५%)
सामाजिक बिमा सामान्य सङ्गठन (११.८५%)
वेबसाइटwww.mobily.com.sa

इथिहाड इतिसालात कम्पनी (अरबी: اتحاد اتصالات) एक साउदी अरबको दूरसञ्चार सेवा कम्पनी हो जसले ब्रान्ड नाम मुबायली (अरबी: موبايلي) द्वरा निश्चित लाइन, मोबाइल टेलिफोन र इन्टरनेट सेवाहरू प्रदान गर्दछ।

यस कम्पनी सन् २००४ मा स्थापित भएको थियो, र त्यस वर्षको ग्रिष्म ऋतुमा यसले साउदी अरबको दोस्रो जिएसएम इजाजत पत्र लागि बोली जितेको थियोे। मोबिलिले ५ मे २००५ मा साउदी अरबमा मोबाइल सेवा सुरू गरेको थियोे जसमा यसले साउदी दूरसञ्चारले ताररहित व्यवसायमा लगाउदै आएको एकाधिकार तोडेको थियोे। कम्पनीले २७ जून २००६ मा ३.५ जी सेवा र १३ सेप्टेम्बर २०११ को ४ जी सेवाहरू सञ्चालन गरेको छ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

एथिहाड इतिसालात कम्पनी १८ अगस्ट २००४ मा एक संयुक्त शेयर कम्पनी[३] को रूपमा स्थापित गरिएको थियोे भने यसले आफ्नो व्यवसायिक सञ्चालन २५ मे २००५ मा सुरू गरेको थियोे । यसले साउदी अरबको दोस्रो जीएसएम इजाजत पत्र लागि बोली जितेको थियोे जसको अवधि २५ वर्ष सम्म रहने छ ।

संयुक्त अरब इमारातमा आधारित दूरसञ्चार कम्पनी, इतिसालातको यस कम्पनीमा २७.४५% स्वामित्व रहेको छ, सामाजिक बिमा सामान्य संगठनको ११.८५% रहेको छ भने बाँकी सार्वजनिक शेयरधनीहरूको स्वामित्व रहेको छ । इथिहाड इतिसालातले अक्टोबर २००४ मा प्रारम्भिक सार्वजनिक प्रस्ताव गरेको थियो जुन व्यापक रूपमा (३० पटक) निरीक्षण गरिएको थियो । आवेदन फारमहरू विरुद्ध लड्ने लगानीकर्ताहरूको अनावश्यक प्रतिक्रियालाई प्रहरीले छलफलका लागि बोलाएको थियो ।

मोबिलिले ५ मे २००५ मा साउदी अरबमा मोबाइल सेवा सुरू गरेको थियोे जसमा यसले साउदी टेलिकमले ताररहित व्यवसायमा लगाउदै आएको एकाधिकार तोडेको थियोे । कम्पनीले सुरुवातको लागि तयारी गर्न ६ महिना बिताएको थियो र सुरुवातको पहिलो ९० दिनमा भित्र १० लाख ग्राहक प्राप्त गरेको थियोे ।[४]

कम्पनीले २७ जुन २००६ मा ३.५ जी सेवा र १३ सेप्टेम्बर २०११ मा ४ जी सेवाहरू सञ्चालन गरेको थियोे ।

बृद्धि[सम्पादन गर्नुहोस्]

मुबायली मध्य पूर्व र उत्तर अफ्रिकामा सबैभन्दा छिटो बढ्दो मोबाइल र सञ्चालक हो । सन् २००७ मा, मोबिले ४,८००,००० भन्दा अधिक प्रयोगकर्ता पुगेको थियोे । २० जनवरी २००७ को अनुसार, मोबिलिले ६ मिलियन ग्राहक र ०.५ मिलियन ३ जी प्रयोगकर्ताहरु पुगेका थिए ।

नेटवर्क प्रविधि[सम्पादन गर्नुहोस्]

नेटवर्क स्थिति मिति
जिएसएम
चालु/सक्रिय
मे २००५
एचएसपिए
चालु/सक्रिय
२७ जुन २००६
एचएसपिए+
चालु/सक्रिय
नोभेम्बर २००९
एलटिइ
परीक्षण
फेब्रुअरी २०१०
एलटिइ
चालु/सक्रिय
१३ सेप्टेम्बर २०११

दीर्घकालीन सञ्जालको पहिलो चरणमा नजरान, जाझन, अल खारिज, रस तनौरा, अलगुरायत र अल्डुडमी लगायतका सहरहरू शामिल थिए। दोस्रो चरणमा हेल, अल बहा, अल मुजामा, र वादी अल दासिर, र तेस्रो चरण रियाद, जेदाह र डम्मम समावेश गरिएको थियो।

मुबायली – साउदी अरब[सम्पादन गर्नुहोस्]

मुबायली इतिहाद इत्तिसालातको ब्रान्ड नाम हो जसको स्थापना सन् २००४ मा भएको थियो। यो साउदी अरबको प्रमुख दूरसञ्चार कम्पनीहरू मध्ये एक हो। हाल यसले २ करोड भन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ। यसले साउदी अरबको दोस्रो विश्वव्यापी मोबाइल सञ्चार प्रणाली इजाजतपत्र लागि बोली जितेकाे थियोे। मुबायलीले ५ मे २००५ मा साउदी अरबमा मोबाइल सेवा सुरू गरेकाे थियोे जसमा यसले साउदी दूरसञ्चारले ताररहित व्यवसायमा लगाउदै अाएकाे एकाधिकार ताेडेकाे थियोे। कम्पनीले २७ जून २००६ मा तेस्रो र र १३ सेप्टेम्बर २०११ मा चौथो पुस्ता सञ्जाललाई कार्यनयन गरेको थियो।[५]

मारोक दूरसञ्चार – मोरोक्को[सम्पादन गर्नुहोस्]

जुलाई २०१३ मा, फ्रान्सेली कम्पनी भिभेन्दीले यसको मारोक दूरसञ्चार कम्पनीको ५३% स्वामित्व ५.७ अर्ब अमेरिकी डलरको लागि इत्तिसालातलाई बेच्ने घोषणा गरेको थियो। मारोकले सन् २०१४ मा, यस समूहमा आबद्ध भई विभिन्न मोबाइल तथा दूरसञ्चार सेवाहरू प्रदान गर्ने गरेको छ। हाल कम्पनी इत्तिसालातको ५३.०९% र मोरोक्को सरकारको ३०% स्वामित्वमा रहेको छ।

पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड – पाकिस्तान[सम्पादन गर्नुहोस्]

पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड (उर्दु: پاکستان مخابرات) पाकिस्तानको राष्ट्रिय दूरसञ्चार कम्पनी हो ।[६][७] यसको स्थापना सन् २००५ मा भएको थियो। पाकिस्तान सरकारको पूर्ण स्वामित्वमा रहेको यस कम्पनीले आफ्नो २६% सेयर इत्तिसालातलाई बिक्री गरेको थियो र सरकारको स्वामित्व हाल ६२% मा सिमित छ।

इत्तिसालात मिस्र[सम्पादन गर्नुहोस्]

जुलाई २००६ मा, इत्तिसालातको नेतृत्वमा रहेको कम्पनीलाई मिस्रको तेस्रो मोबाइल सेवा सञ्चालन गर्ने अधिकार प्रदान गरिएको थियो, जसमा यसले १६.७ अर्ब मिस्री पाउन्डमा अधिकार प्राप्त गरेको थियो। उद्यम, इत्तिसालात मिस्रले अवस्थित सेवा प्रदायक भोडाफोन र ओरेन्जसँग प्रतिस्पर्धा गर्दछ। १२ सेप्टेम्बर २००६ मा, यसको सञ्जाललाई स्वीडेनको एरिक्सन र चीनको ह्वावेसँग लगभग १.२ अरब अमेरिकी डलरको लागतमा निर्माण गर्ने घोषणा गरिएको थियो।

इत्तिसालात अफगानिस्तान[सम्पादन गर्नुहोस्]

इत्तिसालात अफगानिस्तानको स्थापना सन् २००७ मा, यसले चौथो दूरसञ्चार सेवा प्रदायकको रूपमा अनुमतिपत्र प्राप्त गरेसँगै भएको थियो। यसले अफगानिस्तानमा सेवा सञ्चालन गर्नका लागि ३० करोड लगानी गरेको थियो। सन् २०१२ मा, इत्तिसालातले अफगानिस्तानको इतिहासमै पहिलोपटक तेस्रो पुस्ता सञ्जाल सञ्चालन गरेको थियो।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Company Details", अन्तिम पहुँच १२ अप्रिल २०२० 
  2. "मोबिलिले ४ जी एलटिइ सेवाको सुरूवात गर्ने घोषण गरेको छ (साउदी दूरसञ्चार र जयनले पनि) - साउदी पत्रिका"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-११ मिति
  3. "कम्पनीको विवरण", टडाउल डटकम डट एसए, अन्तिम पहुँच २०१६-१०-०२ 
  4. मोबिलिका १० लाख प्रयोगकर्ता पुगेका छन् वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२४ मिति टेलिजियोग्राफी डटकम, २३ अगस्ट २००५
  5. "माेबिलिले ४ जी एलटिइ सेवाकाे सुरूवात गर्ने घाेषण गरेको छ (साउदी दूरसञ्चार र जयनले पनि) - साउदी पत्रिका"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-११ मिति
  6. [१] पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेडको प्रोफाइल फाइनासियल टाइम्स (संयुक्त अधिराज्यको पत्रिका), अभिगमन मिति ९ डिसेम्बर २०१७
  7. पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड र नेटफ्लिक्सले बिशेश सम्झौतामा हस्ताक्षर गरेका छन् डाउन (पत्रिका), अभिगमन मिति ९ डिसेम्बर २०१७
  8. "Afghan Telecom relying on Etisalat to grow market share" by Alkesh Sharma Sept. 26, 2018.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]