राष्ट्रिय सभा निर्वाचन, २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रिय सभा निर्वाचन, २०७४

वि.सं. २०७४ माघ २४ २०७६ →

राष्ट्रिय सभाका ५६ सिटहरू
  पहिलो दल दोस्रो दल तेस्रो दल
 
दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नेपाली कांग्रेस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्राप्त सिट २७ १३ १२

  चौथौ दल पाचौँ दल
 
दल राजपाने ससफोने
प्राप्त सिट

राष्ट्रिय सभा निर्वाचन, २०७४ नेपालको संविधान २०७२ जारी भएपछि पहिलो राष्ट्रिय सभाको गठन गर्न वि.सं. २०७४ माघ २४ गते सातै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको थियो।[१] नेपालको संविधान २०७२ को धारा ८६ अनुसार राष्ट्रिय सभाका सदस्यहरू प्रत्येक ६ वर्षमा निर्वाचक मण्डलद्वारा निर्वाचित हुन्छन्। यसबाहेक, एक तिहाई सदस्यहरू प्रत्येक दुई वर्षमा सेवानिवृत्त हुन्छन्।[२]

निर्वाचक मण्डल[सम्पादन गर्नुहोस्]

निर्वाचक मण्डलमा प्रदेश सभाका सदस्य, प्रदेशभित्रका स्थानीय निकायका अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख हुन्छन्। प्रत्येक प्रदेश सभा सदस्यको मतभार ४८ र अध्यक्ष/प्रमुख/उपाध्यक्ष/उपप्रमुखको मतको भार १८ हुन्छ। निर्वाचक मण्डलले राष्ट्रिय सभाका लागि ५६ जना सदस्यको निर्वाचन गर्दछ र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक महिलासहित तीन जना मनोनीत हुन्छन्।[२]

नतिजा[सम्पादन गर्नुहोस्]

दलसिट
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)२७
नेपाली कांग्रेस१३
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)१२
सङ्घीय समाजवादी फोरम, नेपाल
राष्ट्रिय जनता पार्टी नेपाल
मनोनीत[३]
जम्मा५९
स्रोतट्रिब्युन[४]

प्रदेश नं. १[सम्पादन गर्नुहोस्]

निर्वाचित सदस्य निर्वाचित दल श्रेणी मत
परशुराम मेगी गुरुङ नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) खुला निर्विरोध
हरिचरण सिवाकोटी नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) खुला निर्विरोध
रमेशजङ्ग रायमाझी नेपाली कांग्रेस खुला निर्विरोध
नैनकला ओझा नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महिला निर्विरोध
बिना पोखरेल नेकपा (माओवादी केन्द्र) महिला निर्विरोध
सरिता प्रसाईँ नेपाली कांग्रेस महिला निर्विरोध
खेमराज नेपाली नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) दलित ६,२७०
अगमप्रसाद बान्तवा राई नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) अपाङ्ग/अल्पसङ्ख्यक ६,१३८
स्रोत: निर्वाचन आयोग

मधेश प्रदेश[सम्पादन गर्नुहोस्]

निर्वाचित सदस्य निर्वाचित दल श्रेणी मत
जीतेन्द्र देव नेपाली कांग्रेस खुला निर्विरोध
रमेशप्रसाद यादव राष्ट्रिय जनता पार्टी नेपाल खुला निर्विरोध
सुमनराज प्याकुरेल नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) खुला निर्विरोध
शशीकला दाहाल नेकपा (माओवादी केन्द्र) महिला निर्विरोध
मुक्तकुमारी यादव नेपाली कांग्रेस महिला निर्विरोध
प्रमिला कुमारी सङ्घीय समाजवादी फोरम, नेपाल महिला निर्विरोध
रामप्रित पासवान सङ्घीय समाजवादी फोरम, नेपाल दलित निर्विरोध
ब्रिजेशचन्द्र लाल राष्ट्रिय जनता पार्टी नेपाल अपाङ्ग/अल्पसङ्ख्यक निर्विरोध
स्रोत: निर्वाचन आयोग

बागमती प्रदेश[सम्पादन गर्नुहोस्]

निर्वाचित सदस्य निर्वाचित दल श्रेणी मत
रामबहादुर थापा नेकपा (माओवादी केन्द्र) खुला ३,३९६
बलराम बास्कोटा नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) खुला ३,४४४
राधेश्याम अधिकारी नेपाली कांग्रेस खुला २,५५६
दिलकुमारी रावल थापा नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महिला ३,२७६
उदय शर्मा नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महिला ३,५१०
धन खतिवडा नेपाली कांग्रेस महिला २,३७६
सिंहबहादुर विश्वकर्मा नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) दलित ६,८५८
रामचन्द्र राई दनुवार नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) अपाङ्ग/अल्पसङ्ख्यक ६,८७६
स्रोत: निर्वाचन आयोग

गण्डकी प्रदेश[सम्पादन गर्नुहोस्]

निर्वाचित सदस्य निर्वाचित दल श्रेणी मत
गणेशप्रसाद तिमिल्सिना नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) खुला १,७८२
दिनानाथ शर्मा नेकपा (माओवादी केन्द्र) खुला १,५३०
सुरेन्द्रराज पाण्डे नेपाली कांग्रेस खुला २,२६२
शान्ति अधिकारी नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महिला १,५१२
दीपा गुरुङ नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महिला १,७१६
बृन्दा राना मगर नेपाली कांग्रेस महिला २,२७४
खिमबहादुर विक नेकपा (माओवादी केन्द्र) दलित ३,३९६
प्रकाश पन्त नेपाली कांग्रेस अपाङ्ग/अल्पसङ्ख्यक निर्विरोध
स्रोत: निर्वाचन आयोग

लुम्बिनी प्रदेश[सम्पादन गर्नुहोस्]

निर्वाचित सदस्य निर्वाचित दल श्रेणी मत
खिमलाल भट्टराई नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) खुला ३,००६
चन्द्रबहादुर खड्का नेकपा (माओवादी केन्द्र) खुला २,२८०
दुर्गाप्रसाद उपाध्यक्ष नेपाली कांग्रेस खुला २,४१८
कोमल ओली नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महिला निर्विरोध
मिना बुढा नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महिला निर्विरोध
अनिता देवकोटा नेपाली कांग्रेस महिला निर्विरोध
रामलखन हरिजन नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) दलित ५,५०८
राजकुमार कुँवर नेकपा (माओवादी केन्द्र) अपाङ्ग/अल्पसङ्ख्यक ५,३४०
स्रोत: निर्वाचन आयोग

कर्णाली प्रदेश[सम्पादन गर्नुहोस्]

निर्वाचित सदस्य निर्वाचित दल श्रेणी मत
भैरवसुन्दर श्रेष्ठ नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) खुला १,१७४
ठगेन्द्र पुरी नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) खुला १,२५६
कालिबहादुर मल्ल नेकपा (माओवादी केन्द्र) खुला १,२५१
कविता बोगटी नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महिला १,१६२
नन्द शर्मा नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महिला १,२६८
युतुल लामा नेकपा (माओवादी केन्द्र) महिला १,२७१
नरपति लुवार नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) दलित ३,६६६
जीवन बुढा नेकपा (माओवादी केन्द्र) अपाङ्ग/अल्पसङ्ख्यक ३,७२०
स्रोत: आयोग[dead link]

सुदूरपश्चिम प्रदेश[सम्पादन गर्नुहोस्]

निर्वाचित सदस्य निर्वाचित दल श्रेणी मत
शेरबहादुर कुँवर नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) खुला निर्विरोध
हरिराम चौधरी नेकपा (माओवादी केन्द्र) खुला निर्विरोध
बद्री पाण्डे नेपाली कांग्रेस खुला निर्विरोध
तारादेवी जोशी नेपाली कांग्रेस महिला निर्विरोध
कमला ओली नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महिला निर्विरोध
इन्दु कडरिया नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) महिला निर्विरोध
चक्रप्रसाद स्नेही नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) दलित ३,७०८
महेशकुमार महरा नेकपा (माओवादी केन्द्र) अपाङ्ग/अल्पसङ्ख्यक ३,७०८
स्रोत: निर्वाचन आयोग

मनोनीत सदस्यहरू[सम्पादन गर्नुहोस्]

निर्वाचनको अतिरिक्त, २०७५ फागुन ८ मा राष्ट्रिय सभामा तीन जना सदस्यहरू मनोनीत भएका थिए।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "National Assembly election begins in Nepal - Xinhua | English.news.cn", www.xinhuanet.com, मूलबाट फेब्रुअरी ७, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०१-१३  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१२ मिति
  2. २.० २.१ "Constitute", www.constituteproject.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०६-२४ 
  3. माओवादी केन्द्र र एमाले गरी दुई दलहरू
  4. (अङ्ग्रेजीमा) Nepal’s Leftists set to form govt द ट्रिब्युन
  5. "Nepal's National Assembly gets full shape - Xinhua | English.news.cn", www.xinhuanet.com, मूलबाट फेब्रुअरी २०, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०१-१३  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-११ मिति