राष्ट्रिय सभा निर्वाचन, २०७८
| |||||||||||||||||||||
| |||||||||||||||||||||
नेपालको सङ्घीय संसदको माथिल्लो सदन, राष्ट्रिय सभाका द्वितीय श्रेणीका २० जना अवकाश प्राप्त सदस्यहरू मध्ये १९ जनाको निर्वाचनका लागि २०७८ माघ १२ मा नेपालमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको थियो।[१] राष्ट्रिय सभाका सदस्यहरू अप्रत्यक्ष मतपत्रद्वारा निर्वाचित हुन्छन् र ६ वर्षको कार्यकालको सेवा गर्दछन् जसमा एक तिहाइ सदस्यहरू प्रत्येक दुई वर्षमा सेवानिवृत्त हुन्छन्।[२] तथापि, २०७४ मा दुई, चार र छ वर्षको कार्यकाल निर्धारण गर्न गोलाप्रथाद्वारा सम्पूर्ण सदन निर्वाचित भएको कारण सेवानिवृत्त सदस्यहरूले केवल चार वर्षको कार्यकाल मात्र पूरा गरेका थिए।[३]
निर्वाचन प्रणाली
[सम्पादन गर्नुहोस्]राष्ट्रिय सभाका सदस्यहरू नेपालका सातवटै प्रदेशहरूबाट निर्वाचित हुन्छन् र कुल ५९ सदस्यका लागि राष्ट्रपतिबाट तीन जना सदस्यहरू नियुक्त हुन्छन्। प्रत्येक प्रदेशबाट तीन जना महिला, एक जना दलित र एक जना अपाङ्गता भएका वा अल्पसङ्ख्यक सदस्य रहने व्यवस्था गरिएको छ। [२] बाँकी रहेका तीन जनालाई खुला/अन्य उम्मेदवारका रूपमा वर्गीकरण गरिएको छ।[४] यस निर्वाचनबाट निर्वाचित हुने सबै सदस्यहरू अवकाश प्राप्त सदस्यहरू सरहको श्रेणीबाट हुनुपर्नेछ।[४]
सम्बन्धित प्रदेश सभाका सदस्य तथा प्रदेशभित्रका स्थानीय तहका अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख सम्मिलित निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने मतदानबाट सदस्यहरूको निर्वाचन हुने व्यवस्था गरिएको थियो। प्रत्येक प्रदेश सभा सदस्यको मतको भार ४८ हुन्छ भने प्रत्येक अध्यक्ष/प्रमुख/उपाध्यक्ष/उपप्रमुखको मतको भार १८ हुन्छ। यो निर्वाचक मण्डलले १९ जना सदस्यको निर्वाचन गर्नेछ भने १ जना सदस्यको पदावधि पनि एकैसाथ समाप्त हुनेछ र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।
सदस्यहरूको लागि योग्यता
[सम्पादन गर्नुहोस्]नेपालको संविधानको धारा ८७ अनुसार देहायका मापदण्ड पूरा गरेको व्यक्ति राष्ट्रिय सभाको सदस्य हुन योग्य हुन्छ:[५]
- नेपालको नागरिक
- ३५ वर्ष पार भएको,
- नैतिक पतन भएको फौजदारी कसुरमा दोषी नठहरिएको,
- कुनै पनि सङ्घीय कानुनद्वारा अयोग्य नठहरिने,
- कुनै पनि लाभको पद धारण नगरेको।
| निर्वाचक मण्डल | कोशी प्रदेश | मधेश | बागमती | गण्डकी | लुम्बिनी | कर्णाली | सुदूरपश्चिम | जम्मा |
|---|---|---|---|---|---|---|---|---|
| प्रदेश सभा | ९२ | १०४ | १०९ | ५९ | ८१ | ३५ | ५२ | ५३२ |
| स्थानीय तह | २७२ | २६८ | २३७ | १७० | २१५ | १५६ | १७५ | १४९३ |
| जम्मा | ३६४ | ३७२ | ३४६ | २२९ | २९६ | १९१ | २२७ | २०२५[६] |
निर्वाचनको समयरेखा
[सम्पादन गर्नुहोस्]महत्त्वपूर्ण मिति सूचीबद्ध गरिएको छ:
| २०७८ मङ्सिर ३ | मन्त्रिपरिषद्द्वारा निर्वाचन मिति घोषणा |
| २०७८ पुस २० | उम्मेदवारको मनोनयन |
| २०७८ पुस २५ | मनोनयन स्वीकृत र प्रकाशित |
| २०७८ पुुस २६ | निर्वाचन आचारसंहिता लागू |
| २०७८ माघ १२ | निर्वाचन मिति – निर्वाचन केन्द्र खुला ०७:०० देखि १७:०० |
| २०७८ माघ १७ | अन्तिम नतिजा घोषणा गरी राष्ट्रपतिसमक्ष पेश |
| २०७७ फागुन २० | द्वितीय श्रेणीका वर्तमान सदस्यहरूको पदावधि समाप्त |
गठबन्धन
[सम्पादन गर्नुहोस्]| क्र.सं. | दल | झण्डा | प्रतीक | नेता | तस्वीर | सिटमा सम्झौता | पुरुष उम्मेदवार | महिला उम्मेदवार | स्रोत |
|---|---|---|---|---|---|---|---|---|---|
| १. | नेपाली कांग्रेस | शेरबहादुर देउवा | ६ | ४ | २ | [७] | |||
| २. | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) | पुष्पकमल दाहाल | ५ | ४ | १ | ||||
| ३. | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) | माधवकुमार नेपाल | ५ | १ | ४ | ||||
| ४. | जनता समाजवादी पार्टी, नेपाल | उपेन्द्र यादव | २ | २ | ० | ||||
| ५. | राष्ट्रिय जनमोर्चा | चित्रबहादुर केसी | १ | १ | ० |
| क्र.सं. | दल | झण्डा | प्रतीक | नेता | तस्वीर | सिटमा सम्झौता | पुरुष उम्मेदवार | महिला उम्मेदवार | स्रोत |
|---|---|---|---|---|---|---|---|---|---|
| १. | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) | खड्गप्रसाद ओली | १९ | १२ | ७ | [८] | |||
नतिजा
[सम्पादन गर्नुहोस्]सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठनलाई उल्ट्याएपछि यसको कुल ४७ सिट मध्येका सदस्यहरूको अर्को दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई यहाँ देखाएको छ।
| दलहरू | सिट | ||||||||
|---|---|---|---|---|---|---|---|---|---|
| जम्मा वि.सं २०७६ मा |
जम्मा अगाडि |
वृद्धि | विजयी | जम्मा पछि |
+/- | ||||
| नेकपा (एमाले) | ० | २४ | ८ | १ | १७ | ||||
| नेकपा (माओवादी केन्द्र) | ० | १४ | ४ | ५ | १५ | ||||
| नेपाली काङ्ग्रेस | ६ | ७ | ३ | ६ | १० | ||||
| नेकपा (एस) | ० | ७ | ४ | ५ | ८ | ||||
| जनता समाजवादी पार्टी, नेपाल | १ | २ | ० | १ | ३ | ||||
| लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल | ० | १ | ० | ० | १ | ||||
| राष्ट्रिय जनमोर्चा | ० | ० | ० | १ | १ | ||||
| स्वतन्त्र | ० | १ | ० | ० | १ | ||||
| मनोनीत[११] | ३ | ३ | १ | १ | ३ | ||||
| नेपाल कम्युनिष्ट पार्टी | ४७ | ० | ० | - | ० | ||||
| जम्मा | ५९ | ५९ | २० | २० | ५९ | - | |||
विवरण
[सम्पादन गर्नुहोस्]टिप्पणी
[सम्पादन गर्नुहोस्]- ↑ दुबै उम्मेदवारहरूले ४४८८ मत ल्याएपछि गोलाप्रथाद्वारा चुनिएको
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "माघ १२ गते राष्ट्रिय सभा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१८।
- 1 2 धारा ८६ नेपालको संविधान
- ↑ "Term of National Assembly members determined thru lucky draw", Reporters Nepal, अन्तिम पहुँच २२ मे २०२०।[स्थायी मृत कडी]
- 1 2 IFES FAQs on Elections in Nepal: 2020 National Assembly Elections अभिलेखिकरण २०२०-१२-०५ वेब्याक मेसिन
- ↑ धारा ८७ नेपालको संविधान
- ↑ "दुई हजार पच्चीस मतदाता कायम", गोरखापत्र, अन्तिम पहुँच २०२२-०१-०२।
- ↑ "पाँच दलीय राजनीतिक संयन्त्र निर्वाचन प्रयोजनका लागि मात्रै होः कांग्रेस नेता लेखक", रिपोर्टर्स नेपाल (नेपालीमा), २०२१-११-१०, अन्तिम पहुँच २०२१-११-१६।
- ↑ "एमालेले टुंगायो राष्ट्रिय सभा सदस्यका उम्मेदवार (सूचीसहित)", पहिलोपोस्ट, अन्तिम पहुँच ३ जनवरी २०२२।
- ↑ "Final Results of National Assembly Election, 2022", Election Commission of Nepal, ECN, अन्तिम पहुँच २७ जनवरी २०२२।
- ↑ Republica, "Ruling alliance secures victory in 18 of 19 seats in National Assembly poll (With list of elected candidates)", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ जनवरी २०२२।.
- ↑ तीनमध्ये दुई जना नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)का सदस्य हुन् भने बाँकी एक जना नेकपा (माओवादी केन्द्र)का सदस्य हुन्। नेकपा (माओवादी केन्द्र)का अर्का सदस्य मनोनित भएका थिए।
- 1 2 नेकपा (माओवादी केन्द्र)को सदस्य
- ↑ "Narayan Dahal, Pushpa Kamal's brother, gets the National Assembly membership - OnlineKhabar English News" (अङ्ग्रेजीमा), २०२२-०४-०९, अन्तिम पहुँच २०२२-०४-०९।