सामग्रीमा जानुहोस्

लिलानाथ श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिलानाथ श्रेष्ठ
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
पदमा
२०७७ पुष १०  २०७८ असार २८
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीशिवमाया तुम्बाहाम्फे
उतराधिकारीज्ञानेन्द्रबहादुर कार्की
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
पदमा
२०७८ असार १०  २०७८ असार २८
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीLaxman Lal Karna
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
पदमा
२०७८ असार १०  २०७८ असार २८
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीUma Shankar Aragriya
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
पदमा
२०७८ असार १०  २०७८ असार २८
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीगणेशकुमार पहाडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
पदमा
२०७७ असोज २८  २०७७ पुष १०
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीParbat Gurung
उतराधिकारीजुली कुमारी महतो
पदमा
२०७८ असार १०  २०७८ असार २८
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीजुली कुमारी महतो
उतराधिकारीउमा रेग्मी
प्रतिनिधि सभा सदस्य
पदमा
२०७४ फागुन २०
पूर्वाधिकारीसीतादेवी यादव
निर्वाचन क्षेत्रसिराहा ३
व्यक्तिगत विवरण
जन्म२०१८ माघ १५[]
दलनेकपा एमाले

लिलानाथ श्रेष्ठ एक नेपाली राजनीतिज्ञ, पूर्व मन्त्री र सङ्घीय संसद प्रतिनिधि सभाका सदस्य हुन्।[] उनी पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री हुनुका साथै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पनि थिए। विद्यार्थीका रूपमा राजनीतिमा लागेका उनी सिरहा जिल्लाका प्रमुख कम्युनिष्ट राजनीतिज्ञ बनेका छन् । वि.सं. २०७० को संविधानसभा निर्वाचनमा पराजित भएता पनि उनले वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिराहा ३ निर्वाचन क्षेत्रबाट विजयी हुँदै संसद भवनसम्मको यात्रा तय गरेका थिए।

श्रेष्ठको जन्म सन् १९६२ जनवरी २८ मा सिराहाको चन्द्रलालपुरमा जीतबहादुर र धनमाया श्रेष्ठको घरमा भएको थियो। उनले कानून विषयमा स्नातक गरेका छन्। उनको दुई छोरा र एक छोरी छन्।[]

राजनीतिक जीवन

[सम्पादन गर्नुहोस्]

उनी सन् १९८० मा विद्यार्थीको रूपमा राजनीतिमा प्रवेश गरेका थिए। उनी नेकपा माले, अनेरास्ववियु विद्यार्थी सङ्गठनको सदस्य र पछि नेकपा (एमाले) युवा सङ्गठनको प्रमुख सदस्य बनेका थिए।[] उनी सिरहा जिल्लामा नेकपा एमालेको लामो अनुभव बोकेका स्थायी नेता हुन्।[] सन् २०१८ मा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतापछि उनलाई नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सिरहाको ‘जिल्ला इन्चार्ज’ नियुक्त गरिएको थियो।[]

निर्वाचन इतिहास

[सम्पादन गर्नुहोस्]

उनी वि.सं. २०७० को संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट दोस्रो संविधानसभाको उम्मेदवार भए पनि नेकपा (माओवादी) पार्टीका अध्यक्ष प्रचण्डसँग पराजित भएका थिए।[]

वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिराहा ३ निर्वाचन क्षेत्रबाट उनी पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए।[] उनी वाम गठबन्धनको नेकपा एमालेको प्रतिनिधित्व गर्दै सिराहा ३ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन्। उनले सो निर्वाचनमा २३,२७२ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी अश्वेश्वर यादवले २१,२२० मत प्राप्त गरेका थिए।[]

निर्वाचन वर्ष निर्वाचन क्षेत्र नतिजा मत राजनीतिक दल स्रोत
संविधानसभा निर्वाचन २०७० वि.सं. २०७० सिरहा ५ पराजित १४,३२३ नेकपा एमाले [][]
प्रतिनिधिसभा निर्वाचन, २०७४ वि.सं. २०७४ सिराहा ३ विजयी २३,२७२ नेकपा एमाले []
प्रतिनिधिसभा निर्वाचन २०७९ वि.सं. २०७९ सिराहा ३ विजयी २८,०६४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) [१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270।
  2. "Discussion for sake of discussion useless, say MPs", The Himalayan Times (en-USमा), २०१९-०१-०१, अन्तिम पहुँच २०१९-०८-२७
  3. 1 2 3 4 "Lilanath Shrestha", उज्यालो अनलाइन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२७
  4. "NCP appoints 77 districts’ incharge", The Himalayan Times (अङ्ग्रेजीमा), २०१९-०७-२२, अन्तिम पहुँच २०१९-०८-२७
  5. "62 new faces in parliament, just 2 women", Setopati (en-USमा), अन्तिम पहुँच २०१९-०८-२७
  6. "Siraha : Province 2 – Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com, अन्तिम पहुँच २०१९-०८-२७
  7. "Nepal polls: Maoist chief Prachanda wins from Siraha by thin margin", इकोनोमिक टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-०२
  8. "प्रचण्ड सिरहामा विजयी, महन्थ ठाकुर पराजित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२
  9. यादव, मिथिलेश, "सिरहा ३ मा लिलानाथ श्रेष्ठ विजयी", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०२
  10. "सिराहा ३ मा एमालेका पूर्वमन्त्री श्रेष्ठ विजयी", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०४[स्थायी मृत कडी]