सामग्रीमा जानुहोस्

शिवमाया तुम्बाहाम्फे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिवमाया तुम्बाहाम्फे
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीभानुभक्त ढकाल
प्रतिनिधि सभाकी
पहिलो उपसभामुख
पदमा
सन् २०१८ मार्च १५
पूर्वाधिकारीकार्यालय स्थापना
उतराधिकारीरिक्त
प्रतिनिधि सभा
पदमा
सन् २०१८ मार्च ५
निर्वाचन क्षेत्रसामानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नामाङ्कित
नेकपा (एमाले) केन्द्रीय समिति सदस्य
पदमा
सन् २०१४  सन् २०१७
व्यक्तिगत विवरण
जन्मसन् १९६४
दलनेपाल कम्युनिष्ट पार्टी (सन् २०२०)
शिक्षाराजनीति विज्ञानमा विद्यावारिधि

डा. शिवमाया तुम्बाहाम्फे एक नेपाली महिला राजनीतिज्ञ, पूर्व कानुन, न्याय र संसदीय मामिला मन्त्री तथा प्रतिनिधि सभाको पहिलो उपसभामुख हुन्।[] उनी चार दशकभन्दा बढी समयदेखि पूर्वी नेपालको कम्युनिष्ट नेतृकी रूपमा राजनीतिमा सक्रिय छिन्। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि गरेकी छिन्। प्रतिनिधिसभाको उपसभामुख निर्वाचित हुनुअघि उनी नेकपा (एमाले)की केन्द्रीय सदस्य थिइन् ।

प्रारम्भिक जीवन र शिक्षा

[सम्पादन गर्नुहोस्]

उनको जन्म ताप्लेजुङ जिल्लामा भएको थियो।[] उनी आफ्नो प्रारम्भिक शिक्षा झापा जिल्लाबाट गरेकी थिइन्।[] वि.सं. २०६३ को सफल क्रान्तिपछि उनले आफ्नो डक्टरेट उपाधिको लागि राजनीतिबाट विश्राम लिएकी थिइन्। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि गरेकी छिन्। उनको विद्यावारिधिको विषय 'नेपालमा महिलाको राजनीतिक आन्दोलन: विश्लेष्णत्मक अध्ययन वि.सं. २०४७-२०६०' रहेको थियो।[][] नेकपाकै अर्का प्रमुख नेता विजय सुब्बा उनका भाइ हुन्।

राजनीतिक करियर

[सम्पादन गर्नुहोस्]

उनी विगत ४० वर्षदेखि राजनीतिमा सक्रिय छिन्।[] उनी मोरङ जिल्लाबाट राजनीतिमा सक्रिय छिन्।[] उनी नेकपा (माले) आबद्ध अनेरास्ववियुको सदस्यका रूपमा सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन्।[] वि.सं. २०५२ (सन् १९९५-९६) मा विद्यार्थी राजनीतिबाट उत्तीर्ण हुँदा उनी अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष थिइन्।[] वि.सं. २०४७ (सन् १९९०-९१) मा नेकपा (माले)को सदस्यता लिइन् र वि.सं. २०७१ साल (सन् २०१४-१५) को नवौँ महाधिवेशनबाट नेकपा (एमाले)को केन्द्रीय समितिमा निर्वाचित भइन्।[]

दक्षिण कोरिया

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

तुम्बाहाम्फेको विवाह नेकपा (एमाले)बाट कुनै समय उर्लाबारी गाविसको अध्यक्षमा निर्वाचित घनेन्द्र जिमीसँग भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]