विकिपीडिया:चौतारी (प्रस्ताव)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
  नीति
  प्राविधिक   प्रस्तावहरू   अफ विकि कार्यक्रमहरू   विचार विन्दु   विविध   प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल  
« पुराना छलफलहरू, 1

उच्च प्रदर्शित लेख[सम्पादन गर्ने]

नेपाली विकिपिडियाका सम्पादक तथा पाठकहरू माझ बढि लोकप्रिय लेखहरूलाई सुधार गरि पाठकहरूलाई गुणस्तर तथा जानकारी युक्त बनाउनको लागी उच्च प्रदर्शित लेखलाई मुख्य पृष्ठमा राखि दैनिक रूपमा परिवर्तन गर्ने गरि व्यवस्था गर्न प्रस्ताव गर्दछु ।Nirjal stha (कुरा गर्ने) ०६:११, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))

  1. मेरो Symbol support vote.svg समर्थन छ । Flag of Nepal.pngRamesh(✉✉) ०६:४४, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  2. यस कार्यमा मेरो पुर्ण Symbol support vote.svg समर्थन तथा सक्दो सहयोग गर्नेछु। --सन्दिप अधिकारीSmiley.svgआउनुसवार्ता गरौँ ०७:०४, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  3. समर्थन छ, :) :) लर्नरktm ०७:०९, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  4. यसमा मेरो पुर्ण Symbol support vote.svg समर्थन छ । Belbasesuraj (कुरा गर्ने) ०७:२३, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  5. समर्थन सहित मेरो पनि सहयोग रहनेछ ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०८, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  6. समर्थन सहित मेरो पनि सहयोग पनि रहनेछ। Star प्रमुख.pngJhapadon (कुरा गर्नुहोस)
  7. राम्रो प्रस्ताव मेरो पूर्ण Symbol support vote.svg समर्थन छ । PANKAJ DEO (कुरा गर्ने) ०५:०३, ५ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  8. मेरो पूर्ण Symbol support vote.svg समर्थन छ ।--Janak Bhatta (कुरा गर्ने) ०६:३५, ५ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  9. Symbol support vote.svg समर्थन गर्दछु।--Ganesh Paudel (कुरा गर्ने) ०५:३४, ७ फेब्रुअरी २०१७ (युटिसी(UTC))
  10. मेरो पूर्ण Symbol support vote.svg समर्थन छ । --जूनियर एनटिआर (कुरा गर्ने) ११:१०, ७ फेब्रुअरी २०१७ (युटिसी(UTC))
मतदानको आधारमा स्विकृत भई मुख्यलेख अद्याविधक गरिएको छ ।Nirjal stha (कुरा गर्ने) ११:०५, १९ फेब्रुअरी २०१७ (युटिसी(UTC))

एक जानकारी[सम्पादन गर्ने]

नमस्कार नेपाली विकिपिडीयामा हाल निकै उत्कृष्ट र सक्रिय सम्पादकहरूको संख्या दिन प्रतिदिन बर्दै छ।भने त्यस्ता सम्पादकहरूको सहयोगले नेपाली विकिको स्तर पनि सकारात्मक तर्फ लम्कि रहेको छ।त्यसैले नेपाली विकिमा त्यस्ता सम्पादकहरूलाई थप सम्पादन कार्यमा जोस,जागर तथा थप उर्जा थप्नका निम्ति उत्कृष्ट सम्पादकहरू छानि सम्पादकहरूको हौसला अभिवृद्धि गराउन आवश्यक छ।मेरो मतलब प्रत्येक वर्ष विभिन्न विधाहरूमा उत्कृष्ट सम्पादकहरू छान्न सकिन्छ ।

जस्तै
  • उत्कृष्ट वर्ष सम्पादक
  • उत्कृष्ट वर्ष प्रबन्धक
  • उत्कृष्ट नयाँ सम्पादक
  • समय सापेक्ष सम्पादक
  • आदि।

जसले गर्दा सम्पादकहरू विच प्रतिस्पर्धात्मक रूपमा सम्पादन कार्यमा जोस बढ्ने र नेपाली विकिले नयाँ स्थान प्राप्त गर्ने छ भन्ने मेरो धारणा छ।यसलाई परिक्षणका निम्ति २०७३ सालमा प्रयोग गर्न सक्द छौ।माथि उल्लेखित शिर्षकका निम्ति मुख्य प्रबन्धकहरू बिच आपसी समझदारीमा उत्कृष्ट घोषणा गरे हुन्छ ,नत्र उत्कृष्ट ५ वा ३ सम्पादकको नाम छानि सक्रिय सदस्यहरू मार्फत भोट गराई जसको धेरै भोट छ उसैलाई धोषणा गरे हुन्छ।जसका निम्ति वर्षभरिको योगदान पनि नाम सँगै उल्लेख गराउन सकिन्छ ।

हेक्कारहोस्कि यो हामीले २०७४ सालमा परिक्षण गर्न सक्द छौ।

जसका निम्ति चैत १ गते नाम छनोट गरि नयाँ वर्ष तथा २०७४ वैशाख १ घोषणा गर्न सक्द छौ। धन्यवाद ! (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १३:२२, ६ मार्च २०१७ (युटिसी(UTC)))

विकी विमिन एडिटाथन २०१७[सम्पादन गर्ने]

यस विकिपिडियामा विगतका वर्षहरूमा हुँदै आएको विकी विमिन एडिटाथन यस वर्ष पनि आरम्भ गर्नका लागि म समुदाय समक्ष निम्न प्रस्तावित बुँदाहरूमा छलफल गर्न चाहन्छु ।
- महिला सम्पादनथन १५ दिनसम्म हुनेछ । (२०१७ मार्च ८ देखी मार्च २२ सम्म)
- यस विकी विमिन एडिटाथनको नेतृत्व महिलाद्वारा गरिएमा राम्रो हुने मेरो तर्क रहेको छ किनभने यो पूर्णत महिला सम्बन्धी कार्यक्रम हो । यसको नेतृत्व लिनका लागि म नेपाली विकिपिडियाका सक्रिय महिला सम्पादनकर्तालाई अनुरोध गर्दछु ।
- १५ दिन सम्म हुने यस कार्यक्रममा विश्वका चर्चित महिला सम्बन्धी लेख बनाइनेछ ।
- नेपाली विकिपिडियाका प्रबन्धक तथा प्रशासकवर्ग यस कार्यक्रम सञ्चालनमा मद्दत गर्नेछन् ।
- विकी विमिन एडिटाथनको आयोजना पृष्ठ यहाँ उल्लेख गरिएका बुँदाहरूमा छलफल गरेर बनाइनेछ ।

म सम्पूर्ण नेपाली विकिपिडियाका सम्पादनकर्ताहरूलाई निम्न प्रस्तावमाथि चर्चा गर्नका लागि अनुरोध गर्न चाहन्छु । धन्यवाद --Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०९, ६ मार्च २०१७ (युटिसी(UTC))

छलफल[सम्पादन गर्ने]

आर्दणीय प्रबन्धक ज्यूहरु, म प्रयोगकर्ता:Punya नेपाली विकिपिडियाको सक्रिय महिला प्रयोगकर्ताको रुपमा योगदान गर्दै आईरहेको छु । माथी उल्लेखीत प्रस्ताव अनुसार म यस कार्यक्रमको नेतृत्व गर्ने प्रस्ताव प्रस्तुत गर्न चाहन्छु । कृपया आफ्नो विचार राखिदिनु होला । -Punya (कुरा गर्ने) ०८:०६, ८ मार्च २०१७ (युटिसी(UTC))

महिला लक्षित कार्यक्रममा नेतृत्व लिन अग्रसरता देखाउनु भएकोमा धन्यवाद पुण्य जी, मेरो Symbol support vote.svg समर्थन सहित कार्यक्रम सञ्चालन गर्न आयोजना पृष्ठ निर्माण गर्न अनुरोध गर्दछु ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५४, ८ मार्च २०१७ (युटिसी(UTC))
Symbol support vote.svg समर्थन -सरोज(Saroj) (कुरा गर्ने)
Symbol support vote.svg समर्थनतुल्सी भगत (वार्तालाप) १५:२२, ८ मार्च २०१७ (युटिसी(UTC))
आर्दणीय प्रबन्धक ज्यूहरु, माथि उल्लेखित Symbol support vote.svg समर्थन सहित कार्यक्रम सञ्चालन गर्न मैले निम्न परियोजना पृष्ठ निर्माण गरेको छु ।

यसका साथै हाल नेपाली विकिपिडियामा सक्रिय नयाँ प्रयोगकर्तालाई संयोजन समितिमा सुचीमा आफ्नो नामले सुसर्जित गराई कार्यक्रम सफलता पुर्वक सम्पन्न पार्न सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । - Punya (कुरा गर्ने) १५:३२, ८ मार्च २०१७ (युटिसी(UTC))

प्रयोगकर्ता अधिकारको लागि निवेदन[सम्पादन गर्ने]

Pitambar Bhattarai[सम्पादन गर्ने]

६ मे २०१७ ०९:४० युटिसी भन्दा पूर्व नसकिने

नमस्कार! प्रबन्धक ज्यूहरू, म पिताम्बर भट्टराई(कुरा गर्ने) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ। नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २३००+ योगदान दिईसकेको छु। म समीक्षक भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु। आशा छ समीक्षक पदकोलागि जिम्मेवारी पाउनेछु। धन्यवाद! पिताम्बर भट्टराई(कुरा गर्ने) ०९:४०, २२ अप्रिल २०१७ (युटिसी(UTC))

समर्थन

  1. निवेदकको रूपमा यसमा मेरो पुर्ण Symbol support vote.svg समर्थन छ। पिताम्बर भट्टराई(कुरा गर्ने) ०९:४०, २२ अप्रिल २०१७ (युटिसी(UTC))
  2. Symbol support vote.svg समर्थनRewati Pokharel (कुरा गर्ने) ०५:१९, २४ अप्रिल २०१७ (युटिसी(UTC))

विरोध

छलफल

विकिपीडिया नेमस्पेस मिलाउने विषयमा[सम्पादन गर्ने]

विकिपिडियन साथीहरू, हामीहरूले विकिपिडियालाई नेपाली परम्परा अनुसार नेपालका अन्य विकिपिडियाहरूले जस्तै विकिपीडिया नलेखी विकिपिडिया लेख्न थालेको धेरै भइसकेको छ। त्यसैक्रममा विकिपीडिया नेमस्पेस [NS:4] को नाम परिवर्तन गरेर विकिपिडिया राख्न र त्यस नेमस्पेस अन्तरगर रहेका सम्पूर्ण लेखहरूलाई पुनर्नामाङ्कन गर्न यहाँ छलफल भइरहेको हुँदा। यसमा तपाईँको मत र राय राखिदिनुहुन अनुरोध छ:

समर्थन

विरोध

छलफल

विकिपिडिया एसियाली महिना २०१७[सम्पादन गर्ने]

विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । अघिल्लो वर्षहरूमा झै यस वर्ष पनि नोभेम्बर २०१७ महिना भरि यो प्रतियोगिता सञ्चालन हुने हुँदा सम्पूर्ण सम्पादक मित्रहरूलाई यसमा सहभागिता जनाउन साथै कुनै सुझाव भए तल छलफल गरि दिनु हुन अनुरोध गर्दछु ।

सहभागिताको लागी यस पृष्ठमा जानुहोस् ।

कार्यक्रम आयोजकको रूपमा सहभागी हुन इच्छुक[सम्पादन गर्ने]

छलफल[सम्पादन गर्ने]

@Nirjal stha: पछिल्लो वर्षको सफलतालाई ध्यानमा राख्दै यस वर्ष अझ उत्साहका साथ यस सम्पादन-थन प्रतियोगितालाई सञ्चालन गर्न सुझाव दिन चाहन्छु । यस प्रतियोगितामा मेरो तर्फबाट कार्यक्रम आयोजकहरूलाई पूर्ण सहयोग रहनेछ साथै एउटा योगदानकर्ताको रूपमा पनि मेरो सहभागिता रहने अवगत गराउन चाहन्छु ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:३८, ३० अक्टोबर २०१७ (युटिसी(UTC))

गत वर्ष आयोजकको रूपमा म र बिप्लब जी ले यो कार्यक्रम सञ्चालन गरेता पनि यो वर्ष नयाँ सम्पादक मित्रहरूले आयोजनको भूमिकामा कार्यक्रम सञ्चालन गर्नको लागी सम्पादक मित्रहरूलाई सहभागिताको लागी अनुरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) ११:१७, ३० अक्टोबर २०१७ (युटिसी(UTC))