सिम घाँसेभ्याकुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिम घाँसेभ्याकुर
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Pellorneidae
वंश: Laticilla
(Walden, 1874)
प्रजाति:
L. cinerascens
वैज्ञानिक नाम
Laticilla cinerascens
(Walden, 1874)

सिम घाँसेभ्याकुर (Laticilla cinerascens) नेपाल लगायत भारतीय उपमहाद्वीपका भूभागहरूमा पाइने सानो आकारको चरा हो। यो प्रजातिलाई कतै कतै कैलोनिर्गम घाँसेफिस्टोको उपप्रजातिको रूपमा पनि लिएको पाइन्छ।[१][२] यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा लोपोन्मुख अवस्थामा सूचिकृत छ।

विबरण[सम्पादन गर्नुहोस्]

सिम घाँसेभ्याकुरको औसत लम्बाई १७ सेन्टिमिटर (६.७ इन्च) हुन्छ। वयस्क सिम घाँसेभ्याकुरको माथिको भाग फुस्रो ओलिभ रङ्गको हुन्छ। यसको निधारबाट गाढा धर्काहरू सुरू भई पछाडी धमिलिदै गएको हुन्छ। यसको तलको भाग फुस्रो सेतो हुन्छ, कोखा अलि फुस्रो र हल्का धर्कापूण हुन्छ।

वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]

सिम घाँसेभ्याकुर दक्षिण एसियामा नेपाल, भारत तथा उत्तरी बङ्गलादेशमा मात्र पाइने गर्छ। नेपालमा यसको अभिलेख कोशी टप्पु वन्यजन्तु आरक्षमा तथा भारतमा आसाम राज्यको कछर जिल्ला तथा ब्रह्मपुत्र नदी क्षेत्रमा मात्र भएको पाइन्छ। यो चरा ओसिलो स्थान तथा खोलाहरू छेउछाउका अग्ला घाँसेमैदानमा बस्न रूचाउने गर्छ।

खतरा तथा संरक्षण अवस्था[सम्पादन गर्नुहोस्]

वासस्थानको विनासका कारण यसको प्रजाति खतरामा परेको छ। यसकारण यसको प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आफ्नो रातो सूचीमा लोपोन्मुख अवस्थामा सूचिकृत गरेको छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ BirdLife International (२०१७), "Laticilla cinerascens", IUCN Red List of Threatened Species, International Union for Conservation of Nature, अन्तिम पहुँच २५ अगस्ट २०१७ 
  2. Grimmett, Richard; Inskipp, Carol; Inskipp, Tim (१९९९), Birds of India, Pakistan, Nepal, Bangladesh, Bhutan, Sri Lanka and the Maldives, Princeton University Press, पृ: 278–279, आइएसबिएन 978-0-691-04910-6 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]