सिरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिरी
आइओएस ११ मा सिरी
आइओएस ११ मा सिरी
निर्माणकर्ता (हरू)एप्पल
मौलिक संस्करणअक्टोबर ४, २०११; १२ वर्ष पहिले (२०११-१०-04)
सञ्चालन प्रणालीआइओएस ५ पछि, म्याकओएस सिएर्रा पछि, टिभीओएस (सम्पूर्ण संस्करण), वाचओएस (सम्पूर्ण संस्करण), आइपोड ओएस
मञ्च
उपलब्ध भाषाहरू
प्रकारआभासी व्यक्तिगत सहायक
वेबसाइटhttps://apple.com/siri

सिरी ( /ˈsɪri/ SIRR-ee ) एप्पल निगमद्वारा विकसित आइओएस, आइप्याड ओएस, वाचओएस, म्याकओएस र टिभीओएस सञ्चालन प्रणालीमा रहेको आभासी सहायक प्रणाली हो।[१][२] यसले श्रव्य प्रश्नहरू, इशारा आधारित नियन्त्रण, फोकस-ट्र्याकिङ र प्राकृतिक भाषा प्रयोगकर्ता अन्तरमोहडा प्रयोग गरि प्रयोगकर्ताको प्रश्नहरूको जवाफ प्रदान गर्ने, सिफारिसहरू गर्ने, र इन्टरनेट सेवाहरूमा अनुरोधहरू पठाउने कार्यहरू गर्दछ। यसले निरन्तर प्रयोग पश्चात प्रयोगकर्ताहरूको व्यक्तिगत भाषा प्रयोगहरू, खोज र प्राथमिकताहरूमा अनुकूलन गर्नुका साथै व्यक्तिगत परिणामहरू देखाउने गर्दछ।

सिरी एसआरआई इन्टरनेसनल आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरले विकसित गरेको परियोजनाबाट छुट्याइएको प्रणाली हो। यसको बोली पहिचान सेवा नाउन्स कम्युनिकेसन्सद्वारा प्रदान गरिएको थियो, र यसले काम गर्न उन्नत मेसिन लर्निङ प्रविधिहरू प्रयोग गर्दछ। यसको मौलिक अमेरिकी, ब्रिटिस र अस्ट्रेलियाली आवाज वास्तविक प्रयोगको बारेमा अनजान कलाकारहरू मार्फत सन् २००५ को वरिपरि आवाज रेकर्ड गरिएको थियो। सिरीलाई सन् २०१० फेब्रुअरीमा आइओएसको लागि एक अनुप्रयोगको रूपमा जारी गरिएको थियो। दुई महिना पछि, एप्पलले यसलाई प्राप्त गरिसकेपछि सन् २०११ अक्टोबर ४ मा आइफोन ४एसको विमोचनसँगै एप स्टोरबाट यसको छुट्टै एप हटाएर आइओएसमा एकीकृत गरिएको थियो। नयाँ आइफोनका मोडलहरू, आइप्याड, आइपड टच, म्याक, एयरपड्स, एप्पल टिभी, र होमपड लगायत अन्य हार्डवेयर उपकरणहरूमा अनुकूलन गरिएपछि सिरी एप्पलका उत्पादनहरूको अभिन्न अङ्ग भएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Use Siri on all your Apple devices", support.apple.com 
  2. "Google Assistant beats Alexa, Siri", gadgets.ndtv.com