सामग्रीमा जानुहोस्

पोर्तगाली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पुर्तगाली भाषाबाट अनुप्रेषित)
पोर्तुगाली भाषा
português
रैथाने(हरू)पोर्तुगाली जाति
मातृभाषी वक्ता२३ करोड
भारोपेली भाषा परिवार
  • पोर्तुगाली भाषा
रोमन लिपि
सरकारी दर्जा
आधिकारिक भाषा
भाषा सङ्केतहरू
आइएसओ ६३९-१pt
आइएसओ ६३९-२por
आइएसओ ६३९-३por
ग्लोटोलगport1283[]
भाषाविद् प्रयोगशाला51-AAA-a
  देशहरू र क्षेत्रहरू जहाँँ पोर्तुगाली बहुसङ्ख्यकहरूको मातृभाषा हो
  देश र क्षेत्रहरू जहाँँ पोर्तुगाली आधिकारिक वा प्रशासनिक भाषा हो तर बहुसङ्ख्यक मातृभाषा होइन
  देश र क्षेत्रहरू जहाँँ पोर्तुगाली सांस्कृतिक वा माध्यमिक भाषा हो
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

पोर्तगाली भाषा हिन्द-युरोपेली भाषा परिवारको रोमान्स शाखामा पर्ने एक विश्वभाषा हो। यो भाषा पोर्तगाल, ब्राजिल, र पूर्व पोर्तगाली औपनिवेशिक साम्राज्यहरू; अङ्गोला, मोजाम्बिक, केप भर्ड, साओ तोमे र प्रिन्सिपी, गोवा, मकाउपूर्वी तिमोरमा बोलिने गरिन्छ। एथ्नोलगका अनुसार विश्वमा पोर्चुगिज भाषीको सङ्ख्या लगभग १८ करोड रहेको छ।

रोमनहरूले आइबेरी प्रायद्वीप माथि विजय प्राप्त गरेपछि स्थानीय भाषाहरूको स्थान प्राकृत ल्याटिनले लिएको थियो। आइबेरी प्रायद्वीपमा आन्ध्र महासागरको तटमा ल्याटिनको प्राकृत भाषाले बिस्तारै पोर्तुगाल-गालिसियाली भाषाको आकार लिएको थियो। तर पछि गालिसिया स्पेनमा समाहित हुँदै स्वतन्त्रता प्राप्त गरेको पोर्तुगालले गालिसियाली र पोर्तुगालीलाई फरकफरक भाषाको रूपमा विकास गरेको थियो।

१४औँ देखि १६औँ शताब्दीसम्ममा पोर्तुगालमा ठूलो समुद्री साम्राज्यको गठन भएपछि पोर्तुगाली भाषा एसिया, अफ्रिकाअमेरिकाका धेरै भागहरूमा फैलिएको थियो। १६औँ शताब्दीसम्ममा यो एसिया र अफ्रिकाको विश्वव्यापी भाषा, लिङ्ग्वा फ्राङ्का बनिसकेको थियो। त्यस समयमा, लगभग सबै युरोपेली राष्ट्रहरूले औपनिवेशिक प्रशासन, व्यापार र सञ्चारको लागि पोर्तुगाली भाषाको प्रयोग गर्ने गर्दथे। भारत, श्रीलङ्का, मलेसियाइन्डोनेसियाका केही पोर्तुगाली भाषी समुदायहरूले पोर्तुगाली साम्राज्यको पतनपछि पनि यो भाषालाई कायमै राखेका थिए। तीमध्ये केहीले पोर्तुगाली-आधारित क्रेओल भाषाहरूको सिर्जना गरेका थिए। एसिया र अफ्रिकाका थुप्रै भाषाहरूले पोर्तुगाली भाषाबाट थुप्रै शब्दहरू लिएका छन्।

पुर्तगाली भाषाको पोर्तगालमा १० करोड, ब्राजिलमा १६ करोड, अङ्गोलामा ५८ हजार मातृभाषी रहेका छन्। यो केप भर्ड, गिनी-बिसाउ र मोजाम्बिकको राष्ट्रिय भाषा पनि हो। यसकम मातृभाषी वक्ताहरू युरोपको मदेइरा टापु र आजोरेस टापु तथा एसियाको गोवा, मकाउ र पूर्वी तिमोरमा पनि पाइन्छन्। एथ्नोलगका अनुसार पोर्तुगाली भाषा लगभग १८ करोड मानिसको मातृभाषा र लगभग १ करोड ५० लाख मानिसहरूको दोस्रो भाषा हो।

पोर्तुगाली भाषामा लेखिएको सबैभन्दा पुरानो रचना १३औँ शताब्दीमा एक वकीलको कानूनी शिकायत कागजात र सन् १२१४ मा राजा अल्फोन्सो द्वितीयद्वारा लिखित अन्तिम इच्छापत्र थियो। सन् १९८६ मा पोर्तुगाली भाषा युरोपेली सङ्घको आधिकारिक भाषा बनेको थियो। सन् १९९६ मा पोर्तुगाली भाषी देशहरूको समुदाय कुमुनिदादी दुस पेइजिज दि लिङ्ग्वा पोर्तुगेजा (Comunidade dos Países de Língua Portuguesa) गठन गरिएको थियो, जसको काम सदस्य राष्ट्रहरूबीच साँस्कृतिक आदानप्रदान र सहयोगलाई बढावा दिनु र पोर्तुगाली भाषाको मानक रूप विकास गर्नु हो।

विश्वमा पोर्चुगिज भाषा बोल्ने मानिसहरूको सङ्ख्या

[सम्पादन गर्नुहोस्]
राष्ट्र जनङ्ख्या (२०१४)[]
 ब्राजिल२०२,६५६,७८८
 मोजाम्बिक२४,६९२,१४४
 अङ्गोला२४,३८३,३०१
 पोर्चुगल१०,८१३,८३४
 गिनी-बिसाउ१,६९३,३९६
 पूर्वी टिमोर१,२०१,५४२
 मकाउ५८७,९१४
 केप भर्ड५३८,५३५
 साओ तोमे र प्रिन्सिपी१८०,४२८
जम्मा२६२,१८४,९४३

यस पोर्चुगिज भाषाको महत्त्व पोर्चुगलमा मात्र सीमित नरहेर विश्वका थुप्रै राष्ट्रहरूमा पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Portuguese", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
  2. "The World Factbook – Field Listing – Population – CIA", Central Intelligence Agency, अन्तिम पहुँच १४ जनवरी २०१५ अभिलेखिकरण ४ अक्टोबर २०१८ वेब्याक मेसिन