सामग्रीमा जानुहोस्

सूर्यवंश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सूर्यवंशीबाट अनुप्रेषित)
एक सूर्यवंशी झन्डा
थाइ कलाकृतिमा चित्रित रामायणको युद्ध, रामायण रघुकुलको बयान गर्दैछ जुन सूर्यवंशबाट उत्पत्ति भएको मानिन्छ

सूर्यवंश एक पौराणिक राजवंश मानिन्छ । हिन्दु शास्त्रहरूका अनुसार सूर्यवंश प्रमुख क्षत्रिय वंशहरूमध्ये एक हो । पौराणिक सूर्य (देवता)बाट सूर्यवंशको उत्पत्ति र नामाङ्करण भएको मानिन्छ । इक्ष्वाकु कुल सूर्यवंशकै अर्को नाम हो । सूर्यवंशबाट उत्पन्न भएका व्यक्तिहरूलाई सूर्यवंशी भनिन्छ। प्रसिद्ध रघुवंश सूर्यवंशको शाखा हो। सूयवंशको उल्लेख बाल्मीकिको रामायण, व्यास ऋषिको महाभारत र कालीदासको रघुवंशम् कृतिमा गरिएको छ।

भारतका केही राजपुतहरू र नेपालको केही क्षेत्रीहरू आफू सूर्यवंशी क्षत्रिय भएको दाबी गर्दछन् ।

पौराणिक शासकहरू

[सम्पादन गर्नुहोस्]
सूर्यवंशी राजा भागीरथ तपस्या गर्दै

सूर्य (देवता)ले विश्वकर्माकी छोरी संज्ञाको कोखबाट वैवश्वता मनु पैदा गरेका थिए । वैवश्वता मनुको ९ छोराहरूमध्ये इक्ष्वाकु एक हुन् ।[] प्रसिद्ध सूर्यवंशी शासकहरू

  • मनु वा वैवश्वता मनु; हिन्दु पौराणिक कथा अनुसार पृथ्वीको पहिलो मानिस
  • इक्ष्वाकु; पहिलो परिचित सूर्यवंशी राजा, जसले गर्दा सूर्यवंशको अर्को नाम ईक्ष्वाकु कुल/वंश पनि भएको हो ।
  • राजा हरिशचन्द्र
  • भागीरथ, सगर राजाका वंशज जो मेहनतका लागि प्रसिद्ध छन्
  • दीलिप,
  • रघु, जसबाट रघुवंश/रघुकुलको उत्पत्ति भएको मानिन्छ
  • अज,
  • दशरथ, अयोध्याका प्रसिद्ध रघुवंशी राजा
  • राम, रामायणका केन्द्रिय चरित्र, प्रसिद्ध रघुवंशी राजा
  • लव र कुश,
  • शुद्धोधन, कपिलवस्तुका ऐतिहासिक शाक्य राजा
  • प्रसेनजित,
  • सुमित्रा; अयोध्याका अन्तिम सूर्यवंशी राजा, जसलाई ऐतिहासिक नन्द वंशका राजाले विस्थापित गरेका थिए ।

ऐतिहासिक र आधुनिक वंशज

[सम्पादन गर्नुहोस्]

भारतका राजपुत वंशजस्तै चितौडको सिसोदिया राजवंश, राठौर, कच्वाहा, पुन्दिर, मिन्हास, आदिहरू सूर्यवंशी मानिन्छन् । प्रसिद्ध सिसोदिया वंशका राजपुतहरू रघुवंशी राजा रामका छोरा लवको सन्तान भएको मान्दछन् ।[]

नेपालको राजवंश लिच्छवि वंश सूर्यवंशी भएको दाबी गर्दथे । नेपालको राणा वंश पनि सिसोदिया राजवंशको शाखा भएको दाबी गर्नाले आफुलाई सूर्यवंशी ठान्दछन् ।