सोमनाथ अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सोमनाथ अधिकारी प्यासीबाट अनुप्रेषित)
सोमनाथ अधिकारी प्यासी
२ औं कोशी प्रदेश प्रमुख
कार्यकाल
५ नोभेम्बर २०१८ – ९ नोभेम्बर २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्री
पूर्वाधिकारीगोविन्द सुब्बा
उतराधिकारीपर्शुराम खापुङ
व्यक्तिगत विवरण
नागरिकतानेपाली
राजनीतिक दलने.क.पा.
पेशाराजनीति

सोमनाथ अधिकारी नेपालको कोशी प्रदेश का प्रदेश प्रमुख हुन्। उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विक्रम सम्वत् २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]

कास्कीका पुराना वामपन्थी नेता पूर्वसांसद पनि हुन् । पञ्चायतभित्र घुसेर पञ्चायती शासनकै भण्डाफोर गर्ने नीतिअनुरुप तत्कालीन नेकपा मालेले उनलाई विक्रम सम्वत २०४३ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनाएको थियो । त्यतिखेर उनले राष्ट्रिय पञ्चायतमा जनताका आवाज बुलन्द गरेका थिए । त्यही राप र तापले उनलाई विक्रम सम्वत २०४८ सालको आम निर्वाचनमा तत्कालीन एमालेबाट सांसद जित्न सघायो ।

विक्रम सम्वत २०२५ सालदेखि कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय उनी २०२७ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए । केही समय म्याग्दीको दरबाङ र दोभामा शिक्षक बनेर पार्टीको काम गरेका अधिकारीले ३ वर्ष जेल जीवन पनि बिताएका छन् । उनी २०४६ सालको जनआन्दोलनको बेला वाममोर्चाको कास्की जिल्ला संयोजक थिए ।

एमालेको कास्की जिल्ला सचिव हुँदै अञ्चल र केन्द्रीय कमिटी सदस्य र पछिल्लो समय एमालेको निर्वाचन आयोग अध्यक्ष तथा स्थायी कमिटीको पदेन सदस्य थिए । नेकपामा भने उनी आमन्त्रित स्थायी कमिटी सदस्य भएका थिए ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]