सोल्टिनी
स्वरूप
(सोल्टीनीबाट अनुप्रेषित)
विवाह पश्चात दम्पतिका दाई भाइ र दिदी बहिनीले एक आपसमा लगाउने साइनो सोल्टीनी हो । उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको दाई भाई वा दिदी बहिनीले शर्मिलाको दाई भाइ वा दिदी बहिनी लाई सोल्टी वा सोल्टीनी नाता लगाउँछन् । त्यस्तै शर्मिलाको दाई भाइ वा दिदी बहिनीले रामको दाई भाइ वा दिदी बहिनी लाई सोल्टी वा सोल्टीनी नाता लगाउँछन् । यसै गरी बहिनीलाई सोल्टीनी नाता लाग्दछ । यो नाता ठकुरी र मगर, गुरुङ, क्षत्री, ब्राह्मण, नेवार, राई लिम्बु आदि सबैमा प्रयोग भएको पाईन्छ । सोल्टी सोल्टीनी बिच बिहे आदि पनि गर्ने गरेको पाइन्छ। जसलाई सट्टापट्टा भनिन्छ ।
प्राय यो नाता नेपालमा मात्र सुन्न आउँछ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]