स्पिक नाउ (टेलर स्विफ्टको एल्बम)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्पिक नाउ
The cover image features Taylor Swift in a flying purple gown. Title of the album appears at bottom in cursive script.
को स्टुडियो एल्बम
जारी२५ अक्टोबर २०१० (2010-10-25)
रेकर्ड गरिएको२००९
शैली
लम्बाइ६७:२९
लेबलबिग मेसिन रेकर्ड्स
रेकर्ड निर्माता (हरू)
  • नेथन च्यापमेन
  • टेलर स्विफ्ट
टेलर स्विफ्ट कालक्रम
फियरलेस
(२००८)
स्पिक नाउ
(२०१०)
स्पिक नाउ विश्व भ्रमण – प्रत्यक्ष
(२०११)
स्पिक नाउको एकल गीतहरू
  1. "माइन"
    प्रदर्शित: ४ अगष्ट २०१०
  2. "ब्याक टु डिसेम्बर"
    प्रदर्शित: १५ नोभेम्बर २०१०
  3. "मिन"
    प्रदर्शित: १३ मार्च २०११
  4. "द स्टोरी अफ अस"
    प्रदर्शित: १९ अप्रिल २०११
  5. "स्पार्कस् फ्लाई"
    प्रदर्शित: १८ जुलाई २०११
  6. "आवर्स"
    प्रदर्शित: २२ नोभेम्बर २०११

स्पिक नाउ (अङ्ग्रेजी: Speak Now) अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको तेस्रो स्टुडियो एल्बम हो जुन बिग मेसिन रेकर्ड्स द्वारा २५ अक्टोबर २०१० का दिन सार्वजनिक गरिएको थियो। यस एल्बमका लागि रेकर्डिङ सन् २००९ देखि सन् २०१० सम्म संयुक्त राज्यका विभिन्न रेकर्डिङ स्टुडियोहरूमा भएको थियो। यस एल्बमका सम्पूर्ण गीतहरू स्विफ्टले लेखेकी हुन्।

स्पिक नाउले सामान्य रूपमा सङ्गीत विश्लेषकहरूद्वारा सकारात्मक समीक्षा प्राप्त गर्‍यो जसले स्विफ्टको गीत लेखन र क्षमताको प्रशंसा गरेको थियो। यस एल्बमले उत्कृष्ट कन्ट्रि एल्बमको विधामा ग्र्यामी पुरस्कारमा नामाङ्कित भएको थियो भने यसअघि स्विफ्टको फियरलेस एल्बम पनि ग्र्यामी पुरस्कारका लागि नामाङ्कनमा परेको थियो। थुप्रै सङ्गीत आलोचक र प्रकाशनहरूले स्पिक नाउलाई तिनीहरूको वर्ष-अन्त सूचीमा समावेश गरेका थिए। यस एल्बमका ६ गीतहरू सार्वजनिक भएका थिए जसले अमेरिकी रेकर्ड उद्योग सङ्घ मार्फत प्लेटिनम अथवा बहु प्लेटिनम प्रमाणपत्र प्राप्त गरेका थिए। स्विफ्टले १२३ मिलियन अमेरिकी डलर कमाई गर्दै स्पिक नाउ वर्ल्ड विश्व भ्रमणका साथ एल्बमको प्रचार गरेको थियो।

स्पिक नाउले अमेरिकी बिलबोर्ड २०० एल्बम तालिकाको शीर्ष स्थानमा पर्दापण गरेको थियो जुन बिलबोर्ड २०० एल्बम चार्टको शीर्ष स्थानमा आउने स्विफ्टको दोस्रो एल्बम थियो। स्पिक नाउ एल्बम सार्वजनिक भएपछिको पहिलो हप्तामा यसका १,०४,७०,०० प्रतिलिपीहरू बिक्री भएको थिए जुन एक महिला कलाकारको सर्वाधिक बिक्री हुने एल्बमको पाँचौँ स्थानमा, तेस्रो सर्वाधिक बिक्री हुने कन्ट्रि सङ्गीत एल्बम (त्यसपछि सन् २०१२ मा स्विफ्टको "रेड" नामक साङ्गीतिक सङ्गालो सर्वाधिक बिक्री हुँदै कीर्तिमान राखेको थियो)।

एक महिला देश कलाकार द्वारा एक एल्बम को लागि एल्बमले एक हप्तामा सर्वाधिक बिक्रीको दावीको लागि सङ्गीतमा कीर्तिमान बनाएको थियो। सन् २०१७ सम्म स्पिक नाउ एल्बम अमेरिकामा सार्वजनिक भएको पहिलो हप्तामै दश लाख प्रतिलिपी बिक्री गर्ने एल्बमको सूचीमा १६अौँ स्थानमा पर्न सफल भएको थियो भने अन्तर्राष्ट्रिय रूपमा यो एल्बम अस्ट्रेलिया, क्यानडाबेलायतमा शीर्ष दशमा पर्न सफल भएको थियो। सन् २०१९ जुलाई सम्म यस एल्बमलाई अमेरिकी रेकर्डिङ उद्योग सङ्घले छैटौँ प्लेटिनम प्रमाणपत्र प्रदान गरेको छ भने यस एल्बमका अमेरिकामा ४.६८ मिलियन र विश्वव्यापी रूपमा ६ मिलियन प्रतिलिपीहरू बिक्री भएका थिए। यो एल्बम सर्वाधिक प्रतिलिपी बिक्री गराउन सफल भएका एल्बमको शीर्ष दशमा अवस्थित छ। सन् २०१२ मा यस एल्बम अमेरिकी पत्रिका रोलिङ स्टोनको महिला कलाकारको उत्कृष्ट एल्बमको रूपमा ४५अौँ स्थानमा पर्न सफल भएको थियो।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

स्विफ्टले सन् २००८ मा उनको दोस्रो साङ्गीतिक सङ्गालो सार्वजनिक गरेकी थिइन्।[५] यो एल्बमले बिलबोर्ड २०० एल्बम चार्टको शीर्ष स्थान ओगट्न सफल भएको थियो भने ११ हप्ता सम्म यो एल्बम शीर्ष स्थानमा रहेको थियो।[६] सन् २००९ मा यस एल्बमका सर्वाधिक प्रतिलिपी बिक्री भएका थिए भने यसले अमेरिकी रेकर्डिङ उद्योग सङ्घ द्वारा छैटौँ प्लेटिनम प्रमाणपत्र समेत प्राप्त गरेको थियो।[७] फियसलेस एल्बमका सबै गीतहरू बिलबोर्ड हट १०० को शीर्ष ५० मा समावेश थिए जसका कारण यस एल्बमका अधिकांश गीतहरू शीर्ष ५० मा पर्न सफल भएकोमा यसले कीर्तिमान बनाएको थियो।[८] फियरलेस एल्बमका पाँच गीतहरू सार्वजनिक भएका थिए। फियरलेस एल्बमको पहिलो एकल गीतको रूपमा लभ स्टोरी सार्वजनिक भएको थियो जुन अस्ट्रेलियाको एरिया साङ्गीतिक तालिकामा शीर्ष स्थानमा आउन सफल भएको थियो भने यसले अस्ट्रेलियाली रेकर्डिङ उद्योग सङ्घ द्वारा तेस्रो प्लेटिनम प्रमाणप्रत्र प्राप्त गरेको थियो। फियरलेसको तेस्रो एकल गीतको रूपमा "यु बिलङ विथ मी" गीत सार्वजनिक भएको थियो जुन बिलबोर्ड हट १०० चार्टको दोस्रो स्थानमा पर्न सफल भएको थियो भने यस गीतले पनि अमेरिकी रेकर्डिङ उद्योग सङ्घ द्वारा प्रमाणपत्र प्राप्त गरेको थियो। फियरलेस एल्बमको पाँचौँ एकल गीतको रूपमा फियरलेस शीर्षक भएको गीत सार भएको थियो जसले अमेरिकी रेकर्डिङ उद्योग सङ्घ द्वारा गोल्ड प्रमाणपत्र प्राप्त गरेको थियो। [९] स्विफ्टले सन् २००९ मा बिलबोर्ड सङ्गीत पुरस्कारमा वर्षको उत्कृष्ट कलाकारको विधामा पुरस्कार जितेकी थिइन्।[१०]

शीर्षक तथा रेकर्डिङ[सम्पादन गर्नुहोस्]

स्विफ्टले यस एल्बम सार्वजनिक हुन भन्दा दुई वर्ष अघि देखि यसका लागि काम गरेकी थिइन्।[११] स्विफ्ट यस एल्बमाा समावेश गरिएका सबै गीतहरू उप लेखकको सहयोगमा लेखेका थिए।[१२] जुलाई २०, २०१० मा एक प्रत्यक्ष जाल स्थलमा बोल्दै, उनले भनिन्, "मैले वास्तवमा यस रेकर्डका लागि सबै गीतहरू लेखेको थिएँ।[१३] यस एल्बमको रेकर्डिङ अमेरिकाका विभिन्न सहरहरूको रेकर्डिङ स्टुडियोमा भएको थियो जसमा एमिल्याण्ड स्टुडियो, ब्ल्याकबर्ड स्टुडियो र हलिउडमा रहेको क्यापिटल स्टुडियो, न्यासभिलमा रहेको पेन इन द आर्ट स्टुडियो, टेनेसीमा रहेको स्टारस्टक स्टुडियो समावेश छन् भने केही गीतहरू प्रत्यक्ष पनि कैद गरिएको थियो।[१४] बिग मेसिन रेकर्डसका अध्यक्ष स्कट बोरोसेटका अनुसार यस एल्बमको वास्तविक नाम इञ्चेण्टर थियो भने पछि यस एल्बमको नाम स्पिक नाउ राखिएको थियो।[१५][१६]

सङ्गीत र शब्द[सम्पादन गर्नुहोस्]

यस एल्बमको पहिलो एकलको रूपमा "माइन" सार्वजनिक भएको थियो जुन स्विफ्टको प्रेम जीवनमा आधारित छ।[१७] सङ्गीत विश्लेषकहरूले यस गीतको प्रशंसा गरे यद्यपि कसै-कसैले यसलाई सूत्र र यसलाई उनको अघिल्लो कामको सम्झना गराउँदछन्।[१८] स्विफ्टले "स्पार्कस् फ्लाई" नामक गीत उन सोह्र वर्षको हुँदा लेखेकी थिइन् जुन यस एल्बममा समावेश गरिएको छ भने यो गीत सन् २००७ मा स्विफ्टले एक साङ्गीतिक कार्यक्रमन प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१९] यस गीतलाई थुप्रैपटक संसोधन गरियो र तात्कालिक समयमा यस गीतलाई कैद गरिँदा बेञ्जो बजाइएक‍ थियो जुन पछि हटाइयो। [२०][२१]

ब्याक टु डिसेम्बर गीत पनि स्पिक नाउका लागि रेकर्ड गराइएको थियो।[२२] एल्बमको पाँचौँ एकल रूपमा यो गीत ३१ अगस्ट २०१५ मा बिग मेसिन रेकर्ड्सरिपब्लिक रेकर्ड्स द्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टका अनुसार, "ब्याक टु डिसेम्बर" पहिलो गीत हो जसमा उनले गीत मार्फत कसैसँग माफी मागेकी थिइन्।[२३] ब्याक टु डिसेम्बर डिसेम्बर" एक कण्ट्रि पप सङ्गीत मानिन्छ र यस गीतका शब्दहरूले एक पूर्व प्रेमीसँग सम्बन्ध विच्छेदको लागि क्षमाको लागि माफी मागेको छ।[२४] यस एल्बमकै नाममा रहेको गीत यस एल्बमको पाँचौँ एकल रूपमा सार्वजनिक गरिएको थियो। उत्साहित कन्ट्री-पप गीत ध्वनिक गितनरमा निर्भर गर्दछ।[२५][२६]

"डियर जोन" यस साङ्गीतिक सङ्गालोको पाँचौँ एकल गीत थियो जुन ६ मिनेट ४० सेकेण्ड लामो छ भने यो गीत स्पिक नाउ साङ्गीतिक सङ्गालोको सबैभन्दा लामो गीत पनि बनेको थियो।[२७] यस गीतमा बास, ड्रम, पियानो र टम्बोरिन पछि गिटारको प्रयोग गरिएको छ।[२८] "डियर जोन" एक पूर्व प्रेमीलाई खुला पत्र हो जो जोन मेयर हो भन्ने अनुमान गरिएको छ भने स्विफ्ट जोनसँग सन् २००९ देखि सन् २०१० को शुरूवात सम्म प्रेम सम्बन्धमा रहेकी थिइन्।[२९] डियर जोन गीतले हेरफेर र प्रियजन द्वारा गरिएको विश्वासघात चर्चा गर्दछ। यस एल्बमको छैटौँ एकलको रूपमा मिन गीत सार्वजनिक गरिएको थियो जसले ग्र्यामी पुरस्कार जित्न सफल भएको थियो।[३०][३१] गीतको शब्दले ती व्यक्तिहरूलाई सम्बोधन गर्दछ जसले स्विफ्टको गाउने क्षमतामाथि प्रश्न खडा गर्दछ। स्विफ्टको पप गीत "द स्टोरी अफ अस" पनि यसै गीति सङ्गालोमा समावेश गरिएको थियो। [३२][३३]"नेभर ग्रो अप" एक ध्वनिक गितारमा आधारित गीत हो जुन गीतले एक सानो बच्चालाई सम्बोधन गरेको थियो र उनले आफ्नो पहिलो रात आफ्नै नयाँ कोठामा बिताएकी थिइन्।

साङ्गीतिक तालिका[सम्पादन गर्नुहोस्]

साप्ताहिक तालिका[सम्पादन गर्नुहोस्]

वर्ष समाप्ति तालिका[सम्पादन गर्नुहोस्]

तालिका (सन् २०१०) स्थान
अस्ट्रेलिया अस्ट्रेलियाली एल्बम तालिका[३४] १५
क्यानडा क्यानडेली एल्बम तालिका[३५] १५
न्युजिल्यान्ड न्युनिल्याण्ड एकल तालिका[३६] १५
संयुक्त अधिराज्य संयुक्त अधिराज्य एल्बम तालिका १६३
संयुक्त राज्य अमेरिका संयुक्त राज्य बिलबोर्ड २००[३७]
संयुक्त राज्य अमेरिका संयुक्त राज्यबिलबोर्ड टप कन्ट्रि एल्बम[३८]
तालिका (सन् २०११) स्थान
अस्ट्रेलिया अस्ट्रेलियाली एल्बम तालिका[३९] ५१
क्यानडा क्यानडेली एल्बम तालिका[४०]
चीन पश्चिम एल्बम तालिका
संयुक्त राज्य अमेरिका संयुक्त राज्य बिलबोर्ड २००[४१]
संयुक्त राज्य अमेरिका संयुक्त राज्यबिलबोर्ड टप कन्ट्रि एल्बम[४२]
तालिका (सन् २०१२) स्थान
संयुक्त राज्य अमेरिका संयुक्त राज्य बिलबोर्ड २०० ४५
तालिका (सन् २०१३) स्थान
संयुक्त राज्य अमेरिका संयुक्त राज्य क्याटलग एल्बम २५

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Powers, Ann (अक्टोबर २५, २०१०), "Album Review: Taylor Swift's 'Speak Now'", Los Angeles Times, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१९, "The musical range of Speak Now expands beyond country-pop to border both alternative rock and the dirty bubblegum pop" 
  2. J. Moser, John (अक्टोबर ३०, २०१०), "Maybe it wasn't time for Taylor Swift to 'Speak Now'", The Morning Call, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१९, "They're country/pop — emphasis on pop" 
  3. Horton, Matthew (अक्टोबर २५, २०१०), "Taylor Swift: Speak Now", BBC Music, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१९, "... Speak Now plugs a sturdy marker in the pop-rock soil" 
  4. K, Rudy (अक्टोबर २५, २०१०), "Speak Now Review", Sputnikmusic, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१९, "... the production is still a glossy pop-rock with only the faintest of country tinge to harken back to her roots" 
  5. Caulfield, Keith (फेब्रुअरी २५, २००९), "'Slumdog' Barks While Taylor Swift Nets 10th Week At No. 1", Billboard, Nielsen Business Media, अन्तिम पहुँच जनवरी ३, २०१० 
  6. Caulfield, Keith (जनवरी ६, २०१०), "Taylor Swift Edges Susan Boyle For 2009's Top-Selling Album", Billboard, Nielsen Business Media, अन्तिम पहुँच नोभेम्बर ५, २०१० 
  7. Pietroluongo, Silvio (नोभेम्बर १२, २००९), "Rihanna's 'Roulette' Lands In Hot 100's Top 10", Billboard, Nielsen Business Media, अन्तिम पहुँच जनवरी ३, २०१० 
  8. Pietroluongo, Silvio (जनवरी २७, २०१०), "Taylor Swift Swipes Female Download Record; Haiti Tracks Chart", Billboard, Nielsen Business Media, अन्तिम पहुँच जनवरी ३०, २०१० 
  9. "Best of 2009 – Artists of the Year", Billboard, Nielsen Business Media, मूलबाट जनवरी ४, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३, २०१० 
  10. Roland, Tom (डिसेम्बर १७, २००९), "Taylor Swift "Fearless"-ly Sets A New Precedent", Great American Country, Scripps Networks Interactive, अन्तिम पहुँच जनवरी ३, २०१० 
  11. John, Christopher (जुलाई २१, २०१०), "Taylor Swift Sets Release Date for New Album 'Speak Now' – Speakeasy — WSJ", The Wall Street Journal, अन्तिम पहुँच जुलाई २२, २०१० 
  12. Nancy Dunham, "Taylor Swift on New Album, New Home, Favorite Fan Moments", The Boot, अन्तिम पहुँच जुलाई २२, २०१० 
  13. Taylor Swift needs a gap year. The Oxonian Review. Retrieved November 2, 2010.
  14. Product Page: Speak Now. Muze. Retrieved November 3, 2010.
  15. Kreps, Daniel (जुलाई २१, २०१०), "Taylor Swift Announces Third Album, 'Speak Now'", Rolling Stone, अन्तिम पहुँच अगस्ट १, २०१० 
  16. Roland, Tom (अक्टोबर १५, २०१०), "Taylor Swift ready to Speak Now with third album", Reuters, अन्तिम पहुँच मार्च २७, २०११ 
  17. Love, Ryan (जुलाई २१, २०१०), "Taylor Swift confirms new single details", Digital Spy, अन्तिम पहुँच जनवरी १२, २०११ 
  18. Levine, Nick (अक्टोबर १८, २०१०), "Taylor Swift: 'Mine'", Digital Spy, अन्तिम पहुँच जनवरी १२, २०११ 
  19. Taylor Swift (सेप्टेम्बर १, २०११), "YouTube Presents Taylor Swift", YouTube, Google Inc., अन्तिम पहुँच सेप्टेम्बर ८, २०११ 
  20. "Taylor Swift – "Sparks Fly"", Bobby Peacock. Roughstock, अगस्ट ८, २०११, मूलबाट जनवरी १४, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ८, २०११ 
  21. "Taylor Swift, 'Sparks Fly' – Song Review", Taste of Country, Townsquare Media, जुलाई ४, २०११, अन्तिम पहुँच अगस्ट ११, २०११ 
  22. Randy Lewis (अक्टोबर २४, २०१०), "Taylor Swift: the next chapter", Los Angeles Times, मूलबाट डिसेम्बर ६, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २४, २०१० 
  23. "Taylor Swift apologizes (to Taylor Lautner?) in 'Back to December'", Entertainment Weekly, अक्टोबर १२, २०१०, मूलबाट डिसेम्बर ७, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २६, २०१० 
  24. "Countdown to Speak Now", iTunes Store, Apple, Inc, अन्तिम पहुँच अक्टोबर १४, २०१० 
  25. Caramanica, Jon (अक्टोबर २०, २०१०), "Taylor Swift Is Angry, Darn It", The New York Times, अन्तिम पहुँच अक्टोबर २३, २०१० 
  26. "Taylor Swift: Speak Now", MySpace.com, MySpace.com, जुन ६, २०१२, अन्तिम पहुँच जुन ६, २०१२ 
  27. Bill Lamb (अक्टोबर १९, २०१०), "Taylor Swift Calls Out the Haters On "Mean"", About.com, अन्तिम पहुँच डिसेम्बर १९, २०१० 
  28. Bierly, Mandi (अक्टोबर १९, २०१०), "Taylor Swift takes on a bully (and John Mayer?) on new album", EW.com, अन्तिम पहुँच नोभेम्बर २२, २०१० 
  29. "Taylor Swift Music and Lyrics", Taylorswift.com, मूलबाट अक्टोबर २८, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २५, २०११ 
  30. Caramanica, Jon (अक्टोबर २०, २०१०), "Taylor Swift Is Angry, Darn It", The New York Times, अन्तिम पहुँच मे ३१, २०११ 
  31. Scott Shetler (अप्रिल ५, २०११), "Taylor Swift, 'The Story of Us' — New Song", AOL LLC, अन्तिम पहुँच मे ३१, २०११ 
  32. "Never Grow Up by Taylor Swift" 
  33. "Never Grow Up", Genius.com 
  34. "ARIA Charts — End Of Year Charts — Top 100 Albums 2010", अन्तिम पहुँच डिसेम्बर १८, २०११ 
  35. "Best of 2010 Top Canadian Albums", Billboard, अन्तिम पहुँच डिसेम्बर १८, २०११ 
  36. "The Official New Zealand Music Chart", Rianz.org.nz, मूलबाट जुलाई २२, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २०, २०१२ 
  37. "Best of 2010 – Billboard Top 200", Billboard, Nielsen Business Media, Inc, अन्तिम पहुँच डिसेम्बर ३१, २०१० 
  38. "Best of 2010 – Top Country Albums", Billboard, Nielsen Business Media, Inc, अन्तिम पहुँच डिसेम्बर ३१, २०१० 
  39. "ARIA Top 100 Albums 2011", ARIA, अन्तिम पहुँच जनवरी १५, २०१५ 
  40. "Best of 2011 Top Canadian Albums", Billboard, अन्तिम पहुँच डिसेम्बर १८, २०११ 
  41. "Best of 2011 – Billboard Top 200", Billboard, Nielsen Business Media, Inc, अन्तिम पहुँच डिसेम्बर ९, २०११ 
  42. "Best of 2011 – Top Country Albums", Billboard, Nielsen Business Media, Inc, अन्तिम पहुँच डिसेम्बर ९, २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]