हरित परेवा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हरित परेवा
नेपालमा पहिलो पटक देखिएको हरित परेवा
वैज्ञानिक वर्गीकरण edit
जगत: जन्तु
सङ्घ: हाड भएका जीव
वर्ग: चरा
गण: ढुकुर
परिवार: ढुकुर
वंश: शाही परेवा
(लिनियस, सन् १७६६)
प्रजाति:
D. aenea
वैज्ञानिक नाम
Ducula aenea
(लिनियस, सन् १७६६)
पर्याय
  • 'कोलुम्बा एनिया' लिनियस, सन् १७६६
  • 'कार्पोफागा एनियाथोराक्स'
  • 'डुकुला एनियास' (लिनियस, सन् १७६६)

हरित परेवा (अङ्ग्रेजी: Green imperial pigeon, वैज्ञानिक नाम 'डुकुला एनिया') ठूलो आकारको एक जङ्गली परेवा हो। यो प्रजातिको परेवा नेपाल, दक्षिणी भारत, श्रीलङ्का लगायत दक्षिणी चिन, इन्डोनेसियाफिलिपिन्ससम्म फैलिएको छ।

वर्गीकरण[सम्पादन गर्ने]

सन् १७६० मा फ्रान्सेली प्राणीशास्त्री मथुरिन ज्याक्स ब्रिसनले आफ्नो पुस्तक 'ओर्निथोलोजी'को छैठौँ संस्करणमा हरित शाही परेवाको वर्णन सामेल गरेका थिए। उनले सो पुस्तकमा यो चराको फ्रान्सेली नाम 'ले पिजन रेमियर देस मोलुक्स' र ल्याटिन नाम 'पालुम्बस मोलुकेन्सिस' राखेका थिए।[२]यद्यपि ब्रिसनले यो चराको ल्याटिन नाम वैज्ञानिक नामकरण प्रणाली अनुरूप नभएको मन्तव्य राखे जसपश्चात प्राणी नामकरणको अन्तर्राष्ट्रिय आयोगमा यसलाई मान्यता दिइएन्।[३] सन् १७६६ मा स्विडेली प्रकृतिवादी कार्ल लिनियसले आफ्नो पुस्तक 'सिस्टुमा नाटुरा'को बाह्रौँ संस्करणमा २४० प्रजाति जोडेका थिए जसलाई पहिले नै ब्रिसनद्वारा वर्णित गरिएको थियो।[३] यसमध्ये एउटा हरित शाही परेवा थियो जसलाई उनले अन्य सबै परेवाहरूसँगै कोलम्बा वंशमा राखेका थिए। लिनियसले सङ्क्षिप्त विवरण सामेल गरि त्यसको वैज्ञानिक नाम 'कोलम्बा एनिया' राखे र ब्रिसनको कामलाई श्रेय दिएका थिए।[४] ब्रिसनको मान्यता अनुसार यो चराको नमूना मालुकु टापु समूहबाट आएको हुनुपर्ने थियो तर ती प्रजातिहरू त्यहाँ विकसित भएका थिएनन् र यी चराहरू सन् १९१८ मा इन्डोनेसियाको फ्लोर्स टापुको तटीय इलाकामा रहेको नामङ्कित गरिएको थियो।[५][६]यो चराको विशिष्ट नाम 'एनिया' ल्याटिन शब्द 'एनेनेस' बाट लिइएको हो जसको अर्थ 'कास्य रङ' वा 'कास्य' जस्तो हुन्छ।[७] यस प्रजातिलाई हाल डुकुला वंशभित्र राखिएको छ जसलाई सन् १८३६ मा अङ्ग्रेज प्रकृतिवादी ब्रायन ह्युटन हजसनले पेश गरेका थिए।[८][९]

नेपालमा स्थिति[सम्पादन गर्ने]

नेपालको पूर्वी भागमा रहेको झापा जिल्लाको मेचीनगर नगरपालिकाको सती घट्टामा वि.सं. २०७७ साल मङ्सिर ९ गते वन्यजन्तु फोटोग्राफर देवेन्द्रकुमार खरेलले यो चरालाई पहिलो पटक खोज्न सफल भएका थिए। उनले चराको तस्विर र भिडियो खिच्न सफल भएसँगै नेपालमा पाइने चराहरूको कुल सङ्ख्या ८८७ पुगेको छ।[१०][११][१२]

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. BirdLife International (२०१६), "Ducula aenea", The IUCN Red List of Threatened Species (IUCN) 2016: e.T२२७२५५८६A९४८९६६३६, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22725586A94896636.en, अन्तिम पहुँच १४ जनवरी २०१८ 
  2. Brisson, Mathurin Jacques (१७६०), Ornithologie, ou, Méthode contenant la division des oiseaux en ordres, sections, genres, especes & leurs variétés (French, Latinमा), Volume 1, Paris: Jean-Baptiste Bauche, पृ: 148–149, Plate 13 fig 2।  The two stars (**) at the start of the section indicates that Brisson based his description on the examination of a specimen.
  3. ३.० ३.१ Allen, J.A. (१९१०), "Collation of Brisson's genera of birds with those of Linnaeus", Bulletin of the American Museum of Natural History 28: 317–335। 
  4. Linnaeus, Carl (१७६६), Systema naturae : per regna tria natura, secundum classes, ordines, genera, species, cum characteribus, differentiis, synonymis, locis (Latinमा), Volume 1, Part 1 (12th संस्करण), Holmiae (Stockholm): Laurentii Salvii, पृ: २८३। 
  5. Hartert, Ernst; Goodson, Arthur Thomas (१९१८), "Notes on pigeons", Novitates Zoologicae 25: 346–358 [346], डिओआई:10.5962/bhl.part.29771 
  6. Peters, James Lee, सम्पादक (१९३७), Check-list of Birds of the World, Volume 3, Cambridge, Massachusetts: Harvard University Press, पृ: ४६। 
  7. Jobling, James A. (२०१०), The Helm Dictionary of Scientific Bird Names, London: Christopher Helm, पृ: ३३, आइएसबिएन 978-1-4081-2501-4 
  8. Hodgson, Brian Houghton (१८३६), "Notices of the ornithology of Nepal", Asiatic Researches, Or, Transactions of the Society Instituted in Bengal 19: 143–192 [160]। 
  9. Gill, Frank; Donsker, David; Rasmussen, Pamela, सम्पादकहरू (२०२०), "Pigeons", IOC World Bird List Version 10.1, International Ornithologists' Union, अन्तिम पहुँच १३ मार्च २०२० 
  10. "नेपालमा पहिलो पटक भेटियो ‘हरित परेवा’", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०१ 
  11. "झापाको मेचीनगरमा ‘हरित परेवा’ भेटियो", सञ्चार पाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०१ 
  12. "मेचीनगरमा भेटियो हरियाे परेवा, नेपालमा पहिलाेपटक भेटिएकाे दाबी", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०१ 

बाह्य कडीहरू[सम्पादन गर्ने]