हिमाली खैरो भालु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिमाली खैरो भालु
रसियाको पर्म चिडियाघरमा हिमाली खैरो भालु
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
उपप्रजाति:
U. a. isabellinus
त्रिपद नाम
Ursus arctos isabellinus
Horsfield, 1826
हिमाली खैरो भालुको वितरण क्षेत्र

हिमाली खैरो भालु अथवा रातो भालु हिमाली क्षेत्रमा पाइने खैरो भालुको प्रजाति हो । गाेर्खाका स्थानियले यसलाई "टिङटिङ" र "डियामे" नामले चिन्छन् भने माथिल्लो मुस्ताङका स्थानियले रातो भालुलाई "मिठे" भन्छन्। नेपालमा पाइने तीन भालुका प्रजातिहरू (काठे भालु,कालो भालु र रातो भालु)मध्य यो प्रजाति सबैभन्दा दुर्लभ र लोपनमुख छ। खैरो भालु प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घलद्वारा काम चासोमा वर्गीकृत गरिएपनि हिमाली खैरो भालु उपप्रजाति भने अत्यन्तै लोपन्मुख छ र यसको पनि जनसंख्या पनि घट्दै गएको छ। यस भालुलाई यतिको किम्बदन्तीको स्रोत मानिन्छ ।[१]

विवरण[सम्पादन गर्नुहोस्]

हिमाली खैरो भालुको भाले पोथीमा शारीरिक भिन्नता हुन्छ । यसको भालेको शरीर १.५ मिटर देखि २.२ मिटर (४ फिट ११ इन्च-७ फिट ३ इन्च) लामो हुन्छ भने पोथीको शरीर १.३७ मिटर देखि १.८३ मिटर (४.६ फिट-६ फिट) लामो हुन्छ । यो भालु हिमाली क्षेत्रमा पाइने जनावरहरू मध्ये सबैभन्दा ठुलो हुन्छ ।

वासस्थान[सम्पादन गर्नुहोस्]

हिमाली खैरो भालु नेपाल, चीनको तिब्बत र दक्षिणी प्रान्तहरू, उत्तरी भारतपाकिस्तान र मध्य एशियाका केही मुलुकहरूमा पाइन्छन । यसलाई भुटानबाट लोप भैसकेकाे मानिन्छ। नेपाल तथा तिब्बतमा पाइने रातो भालु र भारत तथा पाकिस्तानमा पाइने रातो भालुमा थाैरै भिन्नता देखिएको छ[२]। यसको जनसंख्या १००० कम मानिएको छ र पाकिस्तानमा १५०-२०० भालुमात्र हुनसक्ने हनुमान छ । नेपाल र चीनमा यसको जनसंख्याको कुनै तथ्याङ्क छैन। अध्धयन अनुसार आज यो भालुको पुरानो वासस्थानको २% भागमा मात्र पाइन्छन्।

नेपालमा रातो भालुको वितरण[सम्पादन गर्नुहोस्]

रातो भालु नेपालको हिमाली क्षेत्रका संरक्षण क्षेत्रहरूमा पाइन्छन्। ,मनास्लु संरक्षण क्षेत्रबाहिर अध्धयनको कमीका कारणले रातो भालु पाइन्छ कि पाइदैन भनेर ठ्याकै भन्न कठिन छ। रातो भालु मुख्यतया अन्नपुर्ण संरक्षण क्षेत्र,मनास्लु संरक्षण क्षेत्रशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पाइन्छ।[२] कालो भालु जस्तै यसको वासस्थान नेपालका पहाडी र हिमाली भेगमा व्यापक छैन। मनास्लु संरक्षण क्षेत्रमा कालो भालुको वासस्थान कुल क्षेत्रको १३.०३% तर खैरो भालुको वासस्थान कुल क्षेत्रको ५.३५% मात्र रहेको अध्धयनले देखाएको छ।[३] गृष्मयाममा तिब्बतबाट खैरो भालुकाे जनसङ्ख्या मनास्लु संरक्षण क्षेत्रमा आउने गरेकाे कुरा पनि यसै अध्ययनले देखाएकाे छ।[३]

आहारा[सम्पादन गर्नुहोस्]

हिमाली खैरो भालुहरू सर्वाहारी खालका हुन्छन । यिनीहरूले भेडाबाख्राजस्ता स्तनधारी जनावरका साथै घाँस, रुखका जरा तथा अन्य वनस्पति पनि खान्छन । वयस्क भालुले सुर्योदय भन्दा अगाडि र दिन ढले पछि मात्र खान्छन ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]