भियाडियो
व्यवसायको प्रकार | सार्वजनिक |
---|---|
साइटको प्रकार | व्यवसायीक सञ्जाल सेवा |
उपलब्ध भाषा | अङ्ग्रेजी, फ्रान्सेली, जर्मनेली, इटालीयाली, पोर्चुगाली, स्पेनी, रूसी |
संस्थापित | पेरिस, फ्रान्स |
सेवा क्षेत्र | विश्वव्यापी |
संस्थापक (हरू) | डान सर्फाटि, तियरी लुनाती |
आय | $४० मिलियन (सन् २००९) अनुमानित)[१] |
कर्मचारीहरू | ४०० |
युआरएल | आधिकारिक वेबसाइट |
अलेक्सा क्रम | ११,०११ मार्च १०१९[२] |
व्यवसायिक | हो |
दर्ता | चाहिन्छ |
भियाडियो एक वेब २.० व्यावसायिक सामाजिक सञ्जाल हो जसको सदस्यहरूमा व्यवसायी, उद्यमी र प्रबन्धकहरू समावेश छन्।[३] सन् २०१४ सम्ममा, साइटको ६ करोड ५० लाख सदस्यहरू रहेका थिए।[४]
कम्पनीको जानकारी
[सम्पादन गर्नुहोस्]भियाडियोको स्थापना यसको मूल नाम, भियाडुकका साथ मे २००४ मा डेन सर्फ्याटी, पेरिसको एचइसी व्यवस्थापन विश्वविद्यालयबाट स्नातक हासिल गरेका र इकोले सेण्ट्राले पेरिसबाट स्नातक हासिल गरेका विद्यार्थी थिअरी लुनाटिद्वारा संयुक्त रूपमा गरिएको थियो।[५] यसको नाम नोभेम्बर २००६ मा भायाडियोमा परिवर्तन गरिएको थियो।
नोभेम्बर २००६ देखि अगष्ट २००७ सम्म, भियाडियोले लगानीकर्ता एजिएफ प्राइभेट इक्विटी र भेण्टेकबाट दुई पटकको कोष सङ्कलनमा ५ मिलियन युरो उठाएको थियो।[६] त्यस वर्ष पछि, भियाडियोले टियाञ्जी डटकम, एक चिनियाँ व्यापार सामाजिक सञ्जालको अधिग्रहण गर्ने घोषणा गरेको थियो।
टियाञ्जी खरीद गरेको ६ महिना पछि, जुलाई २००८ मा भियाडियोले यसको स्पेनी प्रतिस्पर्धी आइसिटिनेटलाई अधिग्रहण गरेको थियो। सन् १९९५ मा सुरू गरिएको, आइसिटिनेटका ३,००,००० सदस्यहरू रहेका थिए भने यो दक्षिण अमेरिकामा लोकप्रिय थियो।[७]
सन् २००९ को सुरुमा, भियाडियोले, एक भारतीय व्यवसायीक सामाजिक सञ्जाल सेवाहरू, अपना सर्कलको पनि अधिग्रहण गरेको थियो।[८] अधिग्रहणको समयमा यसमा लगभग ३,००,००० सक्रिय सदस्यहरू रहेका थिए। आपना सर्कल योगेश बन्सलले स्थापना गरेका थिए र पछि हटमेलका सह-संस्थापक सबिर भाटिया विभागका सदस्यको रूपमा उनीसँग सहकार्य गरेका थिए।
१३ अक्टोबर २००९ मा, भायाडियोले एक क्यानडाली सम्पर्क व्यवस्थापन वेबसाइट, युनिक डटकमको अधिग्रहण गर्ने घोषणा गरेको थियो। त्यतिखेर, युनिकसँग विश्वभरि १ करोड ६० लाख सदस्यहरू रहेका थिए र यसले भियाडियोलाई कुल सदस्यताको आधारमा यसको मुख्य प्रतिस्पर्धी लिङ्क्डिनमा दोस्रो स्थानमा राखेको थियो।[९]
कम्पनीको प्रधान कार्यालय फ्रान्सको राजधानी पेरिसमा अवस्थित छ र यसमा हाल ४५० भन्दा बढि विश्वव्यापी कर्मचारीहरू कार्यरत छन्। यसका कार्यालयहरू लण्डन, म्याड्रिड, बार्सिलोना, मिलान, बेइजिङ, नयाँ दिल्ली , मेक्सिको सहर , मोण्ट्रियल र सान फ्रान्सिस्कोमा अवस्थित छन्।[१०][११] सन् २००९ मा, भायाडियोले, ४ करोड अमेरिकी डलरको वार्षिक कारोबार गरेको अनुमान गरिएको थियो। [१] सन् २००९ को अन्तिम त्रैमासिकदेखि यो पूर्ण रूपमा लाभदायक छ।[१०]
अगष्ट २०१५ मा, भायाडियोले उनीहरूले 'नयाँ दर्शन' लाई बढावा दिनका लागि फ्रान्समा विज्ञापन अभियानमा भाग लिएको र फ्रान्समा यसका प्रयोगकर्ताले १ करोड पार गरेको जनाएको थियो।[१२]
सन् २०१६ मा, अन्तर्राष्ट्रिय बजारहरू कब्जा गर्न असफल भएपछि, कम्पनीलाई लि फिगारोले ओगटेको थियो।[१३]
साझेदारीहरू
[सम्पादन गर्नुहोस्]- गुगल ओपन सोसल: सन् २००७ यसको सुरुवात लगत्तैको एक साझेदार हो।[१४]
- आइबिएम लोटस नोट्स: भियाडियो आइबिएम लोटस नोट्स प्रयोग गर्ने व्यवसायीहरूका लागि उपलब्ध छ।[१५]
- माइक्रोसफ्ट आउटलुक कनेक्टर: भियाडियो आउटलुकमा उपलब्ध छ।[१६]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "फेसिर रिसर्च -भियाडियो: व्यवसायीक सञ्जाल", फेरिस रिसर्च, १६ डिसेम्बर २००९, अन्तिम पहुँच १० जुलाई २०१०। वेब्याक मेसिन अभिलेखिकरण १४ नोभेम्बर २०१० मिति
- ↑ "भियाडियो डटकम - वेबसाइटको जानकारी", अलेक्सा इण्टरनेट, अन्तिम पहुँच २०१९-०३-२४। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२७ मिति
- ↑ "Viadeo lève 32 millions de dollars pour étendre son réseau social professionnel en Chine, en Russie et au-delà", टेक क्रञ्च, अन्तिम पहुँच १७ जुलाई २०१२।
- ↑ "Viadeo poursuit sa croissance: 65 millions de membres dans le monde, dont 25 millions en Chine", भियाडियो एसए, ११ डिसेम्बर २०१४, अन्तिम पहुँच २४ फेब्रुअरी २०१५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१४ मिति
- ↑ "Réseaux sociaux: Viaduc devient Viadeo pour attaquer l'international," ZDnet.fr, 27 Nov. 2006
- ↑ "LinkedIn Competitor Viadeo Raises €5 Million", mashable.com, ३१ अगस्ट २००७, अन्तिम पहुँच १० जुलाई २०१०।
- ↑ "Viadeo acquiert le réseau social professionnel espagnol ICTnet" (फ्रान्सेलीमा), टेक क्रञ्च, १२ जुलाई २००८, मूलबाट ४ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जुलाई २०१०।
- ↑ "El sitio francés de redes comerciales Viadeo adquiere ApnaCircle", भिसी सर्कल, १४ फेब्रुअरी २००९, मूलबाट ४ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जुलाई २०१०। वेब्याक मेसिन अभिलेखिकरण १३ अक्टोबर २०१३ मिति
- ↑ "Viadeo buys Unyk, second only to LinkedIn", रेउटर्स, १३ अक्टोबर २००९, अन्तिम पहुँच १३ जुलाई २०१०।
- ↑ १०.० १०.१ "Viadeo looking for buys, opens U.S. office", रेउटर्स, १८ मे २०१०, अन्तिम पहुँच १० जुलाई २०१०।
- ↑ "Viadeo opens Asia/Pacific headquarters in San Francisco", भियाडियो, १९ मे २०१०, अन्तिम पहुँच १० जुलाई २०१०।[स्थायी मृत कडी]
- ↑ "भियाडियो: सन् २०१५ देखिको प्रतिवेदन", अन्तिम पहुँच २०१५-०९-११।
- ↑ "Figaro Classifieds, la filiale petites annonces du groupe de médias, reprend Viadeo", अन्तिम पहुँच २०१९-०३-२४।
- ↑ "Échec et mat? MySpace, Bebo et SixApart pour rejoindre Google OpenSocial (confirmé)", टेक क्रञ्च, १ नोभेम्बर २००७, अन्तिम पहुँच १६ जुलाई २०१०, "MySpace et Six Apart rejoignent Orkut, Salesforce, LinkedIn, Ning, Hi5, Plaxo, Friendster, Viadeo et Oracle, comme annoncé par Google."
- ↑ "Le réseau social B2B "Global-Yet-Local" de Viadeo s'intègre au logiciel IBM Lotus pour fournir des outils de collaboration aux professionnels", आइबिएम, अन्तिम पहुँच १६ जुलाई २०१०।
- ↑ "Viadeo signe un accord de partenariat avec Microsoft pour le lancement mondial d'Office 2010", भियाडियो, १३ मे २०१०, अन्तिम पहुँच १६ जुलाई २०१०।[स्थायी मृत कडी]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- भियाडियोको आधिकारिक वेबसाइट
- भियाडियो सहयोगी जालस्थल वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१७ मिति