सामग्रीमा जानुहोस्

राजीव गान्धी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजीव गान्धी
कार्यकाल
३१ अक्टोबर १९८४ – २ डिसेम्बर १९८९
पूर्वाधिकारीइन्दिरा गान्धी
उतराधिकारीविश्वनाथ प्रताप सिंह
व्यक्तिगत विवरण
जन्म२० अगस्ट, १९४४
मुम्बई, महाराष्ट्र
मृत्यु२१ मे, १९९१
राष्ट्रियताभारत
राजनीतिक दलकांग्रेस पार्टी


राजीव गान्धी (२० अगस्ट, १९४४ - २१ मे, १९९१), इन्दिरा गान्धीको पुत्र र जवाहरलाल नेहरूको नाति, भारतको छैठौं औँ प्रधान मन्त्री थिए।

१९८४ मा इन्दिरा गान्धीको हत्या पछि उनको छोरा राजीव गान्धी ठुलो बहुमतको साथ प्रधानमन्त्री बनेका थिए। त्यसपछि १९८९ को आम चुनावहरूमा कांग्रेसको हार भयो र पार्टी दुई वर्षसम्म विपक्षमा रहयो। १९९१ को आम चुनावको प्रचारको क्रममा तमिलनाडुको श्रीपेरंबदूरमा एउटा खतरनाक बम विस्फोटमा राजीव गान्धीको मृत्यु भएको थियो।

राजीव गान्धीको विवाह एन्टोनिया मैनोसँग भएको थियो जो त्यस बेला इटलीको नागरिक थिइन। विवाह पछि उनको पत्नीले नाम फेरेर सोनिया गान्धी बनाईन। भनिन्छ कि राजीव गान्धीसँग उनको भेटघाट त्यसबेला भयो जब राजीव कैम्ब्रिजमा पढनको लागि गएका थिए। उनको विवाह सन १९६८ मा भयो त्यसपछि उनी भारतमा बस्न थाले। राजीव र सोनियाको दुई सन्तान छन, छोरा राहुलको जन्म १९७० र पुत्री प्रियंकाको जन्म १९७१ मा भएको थियो।

राजनीतिक जीवन

[सम्पादन गर्नुहोस्]

शुरुमा राजीव गान्धीलाई राजनीतिमा कुनै रूचि थिएन र उनी एउटा एयरलाईन विमान चालकको नोकरी गर्दथिए। सङ्कटकाल लागेपछि जब इन्दिरा गान्धीले सत्ता छोडनु परेको थियो त्यसबेला केही समयको लागि राजीव गान्धी परिवारको साथ विदेशमा बस्न गएका थिए। तर १९८० मा आफ्नो दाजु सञ्जय गान्धीको एउटा विमान दुर्घटनामा असामयिक मृत्यु पछि आमा इन्दिरा गान्धीलाई सहयोग दिनको लागि १९८२ मा राजीव गान्धी राजनीतिमा प्रवेश गरे। उनी अमेठीबाट लोकसभाको चुनाव जितेर सांसद बने र ३१ अक्टूबर १९८४ मा सिख आतंकवादीहरूले द्वारा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरीए पछि त्यसै दिन राजीव गान्धी भारतको प्रधानमन्त्री बने र त्यसपछिको आम चुनावमा सबैभन्दा धेरै बहुत पाएर प्रधानमन्त्री बने। उनको प्रधानमन्त्रित्व कालमा भारतीय सेना द्वारा बोफोर्स तोपको खरीदमा लिएको किकबैक (कमीशन - घूस)को मुद्दा उठ्यो जसको मुख्य पात्र इटली का एक नागरिक, ओटावियो क्वाटोराची थियो जो सोनिया गान्धीको साथी थियो। त्यसपछिको चुनावमा कांग्रेसको हार भयो र राजीव गान्धीले प्रधानमन्त्री पदबाट हटनु पर्‍यो।

त्यसपछिको चुनावमा कांग्रेसले जित्ने र राजीव गान्धीले पुन: प्रधानमन्त्री बन्ने पूरा सम्भावना थियो तर २१ मे,१९९१ का दिन तमिल आतंकवादीहरूले एउटा बम विस्फोटमा राजीव गान्धीको हत्या गरीदिएका थिए

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]